परदेशी छोरालाई आमाको पत्र (भाग दुई )
-अनुकुल प्रकाश
झुठा हुन् सब् अशान्तिका, तिम्ले पाका खबर
चलिराछ विस्थापितका, गाऊँ फर्कने लहर !!
सुन्तलीलाइ लेखाउँदैछु, पत्र तिम्रो नाउँमा
माफ गर है मेरा राजा, मत फर्के गाऊँमा !!
जहाँ छौ जस्तो छौ, गर्छु दसैं कामना
धेरै-धेरै आषिशसँगै, दिन्छु शुभकामना !!
कोशी रुँदा मन रोयो, डोल्पा सँगै भोको
कतिन्जेल बोक्नुपर्ला, दु:खको यो डोको !!
भिडै भिड्मा एक्लो सधैं, हुन्थेँ बरोवर
पूरा हुने भयो मेरो, गाउँमै मर्ने रहर
आँगनिमा तिम्रा बच्पन, झल्झली देखेर
ढल्पल ढल्पल भयो आँखा, विरानी सम्झेर !!
देशको पनि सुस्त-सुस्त, मुहार फेरिंदैछ
सब्का मन्का खाडलहरु, छिट्टै भरिंदैछ !!
नयाँ साल्मै आउहै बावु, गाउँको खाका कोर्नुछ
बिकासका दुइचार मिठा, मिठा भाका फोर्नुछ !!
लौ है उठ जवानहरु (युवाहरु), रित्तो नबस
देश बिकास गर्न अब, आँफै कम्मर कस !!
आफ्नो भाषा आफ्नो भेष, आफ्नै परीवेश
छिट्टै फर्क परदेशी हो, सपार्नु छ देश !!
चितवन, संपर्क[email protected]
पहिलो भाग हेर्नकालागि यहाँ क्लिक गर्नुहोस ।