माधव नेपाल गणतन्त्र तिम्रो बाउको बिर्ता हो ?

पूर्व राजा ज्ञानेन्द्र सत्तामा हुँदा अहिलेका प्रधानमन्त्री माधव नेपाल ज्ञानेन्द्रको प्रधानमन्त्री बन्ने बिज्ञापनमा नाम दर्ता गर्न पुगेका थिए । म लायक छु भन्दै ज्ञा नेन्द्र समक्ष निबेदन हालेका उनले ज्ञाअनेन्द्रलाई शक्तिको सम्पूर्ण स्रोत मानेर दाम चढाउँदै ढोग्न पुगे । उनले दाम चढाएर ज्ञानेन्द्रको पाउ पर्दा जनताले राजतन्त्र फाल्न चाहेका थिए । तर उनलाई भने जनताको इच्छा र मत लाई कुल्चेर राजा बलियो बनाउने हतारो थियो ।

गणतन्त्र आएपछि संबिधान सभाको निर्वाचनमा उनी जनमतको परिक्षणमा पुगे । तर १० हजार जनतालेपनि रुचाएनन् । तरपनि चोर बाटोबाट प्रधानमन्त्री बने । जनताको मत र परिक्षणबाट पद पाएको भए पो । चोर बाटोबाट आएकालाइ जनताको अधिकारको के मतलव ? अहिले फेरी गणतन्त्र लगेर दरबार वा अन्य कुनै शक्तिसमक्ष बुझाउने प्रपञ्चमा उनी लागेका छन् ।

बुधबार बसेको प्रमुख पार्टीका शीर्ष नेताहरुको बैठकमा नेपालले कि रामचन्द्र पौडेललाई एक महिनाका लागि प्रधानमन्त्री बनाउनु पर्ने, कि त यही सरकारलाई माओवादीले बजेट ल्याउन दिनुपर्ने नत्र आफूले कार्यकारी अधिकार राष्ट्रपतिलाई सुम्पिने धम्की दिएर गणतन्त्र मास्ने मनशाय ब्यक्त गरे ।  बैठकमा पार्टीका प्रमुख नेताहरुकै अगाडि उनले भने- कि मलाई बजेट ल्याउन दिनोस्, कि बजेट ल्याउञ्जेलका लागि रामचन्द्रलाई प्रधानमन्त्री बनाउँ । होइनभने कार्यकारी अधिकार राष्ट्रपतिलाई सुम्पेर म पदबाट निस्कन्छु । मुलुकलाई यस्तो दुर्दशामा राखेर म एकछिन पनि पदमा बस्न सक्दिनँ ।

उनले त्यत्रा पार्टीका नेताहरुसित किन राखे प्रधानमन्त्रीको अधिकार राष्ट्रपतीलाई सुम्पिने भनाई ? शेर बहादुर देउवाले बहुदलिय प्रजातन्त्र लगेर पूर्व राजा ज्ञानेन्द्रलाई बुझाए झैं प्रधानमन्त्री नेपालले पनि गणतन्त्र लगेर दरबार वा कुनै शक्तिलाई बुझाउन खोज्दै छन् भन्ने प्रष्ट भएको छ ।

हाम्रो अन्तरिम संबिधानले प्रधानमन्त्रीको अधिकार लगेर राष्ट्रपतीलाई बुझाउने प्रवाधान गरेको छैन । न त राष्ट्रपतीलाई नै प्रधानमन्त्रीको संबैधानिक अधिकार लिने अधिकार दिएको छ । राष्ट्रपतीको जिम्मेवारी नेपालको संबिधानको पालना र संरक्षण गर्ने हो । संबिधानको पालना गने जिम्मेवारी बोकेको राष्ट्रपतीले संबैधानकै अनादार गरेर प्रधानमन्त्रीको अधिकार लिने प्रश्नै हुन्न ।

प्रधानमन्त्रीको अधिकार लगेर जबर्जस्ति राष्ट्रपतीलाई बुझाउनु वा लिनु दुबै गणतन्त्रमाथिको कु हो । जनताले रगत र पसिनाबाट बगाएर ल्याएको गणतन्त्रलाई के गर्ने ? कसरि संस्थागत गर्ने ? प्रधानमन्त्री कस्तो बनाउने ? कसलाई बनाउने ? यि अधिकार जनताका हुन् । माधव नेपाल कुर्सीबाट बाहिरिन सक्छन् । तर जनताको अधिकार, जनताको सम्पत्ती खोस्ने अधिकार बिदेशी आशिर्वाद पाएर प्रधानमन्त्री बनेका नेपाललाई छैन । उनले बकबास गर्दैमा जनताले प्रधानमन्त्रीको अधिकार राष्ट्रपतीमा सुम्पिन दिने छैनन् ।

राष्ट्रपतिलाई कार्यकारी अधिकार सुम्पिनु भनेको ०५८ सालमा त्यति बेलाका प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यकारी अधिकार तत्कालीन राजा ज्ञानेन्द्रलाई दिए जस्तै हो । गणतन्त्रमाथि यसरि गला रेट्ने, प्रतिगामी कदम चाल्ने अधिकार कसले दियो माधव नेपाललाई ? जनताले लडेर ल्याएको गणतन्त्र के माधव नेपालको बाउको बिर्ता हो र ? यो विषयमा सिंगो नेकपा एमाले पार्टी किन चुप ? कि माधव नेपालको प्रतिगामी सोच एमाले पार्टी तहबाटै आएको हो ?

तपाइँको प्रतिक्रिया