नेताज्यु हाम्रा सवालको जवाफ दिएर जानुस
-महेश थापा / बेल्जियम
नेता सभासाद तथा मंत्री मिनिन्द्र रिजाल लाइ हामी केही प्रश्न गर्ने तयारीमा थियौ र जन सर्म्पर्क समितीसंग मञ्चमा केही समय माग्यौ । तर उहाँहरुले समय दिन नसक्ने आसय व्यक्त गर्नुभएपछि हामीले यहाँवाट प्रश्न राखेका छौ । विशेषत वेल्जियम भ्रमणमा आउनु हुने जेा कोही सभासद मन्त्री नेताज्युहरुले हाम्रा प्रश्नका जवाफ वेल्जियमवासी नेपालीहरुलाई दिनु हुने छ भन्ने अपेक्षा गरी डा मिनेन्द्र रिजालवाट नै शुरु गरेका छौ ।
र्सव प्रथमत नेपाली नागरिक समाज केहो भन्ने खुल्दुली सवैलाई परेकोमा हामीले यसको वारेमा वताउन जरुरी छ । नागरिक समाज कुनै पद धारण गरिएको संस्था होइन । नेपालीको समाजिक राजनैतिक आर्थिक विचलनको अवस्थामा दवाव दिनका लागि सचेत नेपालीहरुको समुह नेपाली नागरिक समाज वेल्जियम को शुरुवात गरिएको हो र यहाँ स्वयमसेवकको रुपमा हामी कार्यरत रहेका छौ । देशको समाजिक राजनैतिक र आर्थिक अवस्था ध्वस्त भएको अवस्थामा जनआन्दोलनको मनोभावना अनुरुप देशको संविधान वनाउनपर्ने दायिन्व लिएर वसेका नेताहरुको जिम्मेवारी वोध गराउन स्वयम सेवकहरुमध्ये महेश थापाद्धारा अगुवाइ गरि अन्य देशमा जस्तै यहाँपनि नेपालको संविधान नवनेसम्म कुनै नेपाली नेता सभासद वा मन्त्रीलाई असहयोग गरौ भन्ने नाराका साथ नागरिक समाज वेल्जियम अहिले लागेको हो ।
नेपाली जनताको त्याग तपस्या र वलिदानवाट देशमा भएको जनआन्दोलनले लोकतन्त्र स्थापना गरि दुइ वर्षभित्र देशको संविधान वनाउन ६०१ सभासदलाई नेपाली जनताको रगत पसिनाको कमाइवाट उठाइएको करवाट भरण पोषण गरि राखिएको हो । तर नेपालको संविभान सभामा गएका माननियहरुवाट त्यो कार्य पुरा हुन नसके पछी देशको स्थितीलाई मनन गरी १ वर्ष समय थप गरिदा पनि केवल प्रधानमंत्रीको निवाचनका १४ श्रृखला नाटक राजनैतिक रंगमन्चमा देखा परिसकेको छ । देशको राजनैतिक समाजिक र आर्थिक अवस्था विल्कुल ध्वस्त भएको अवस्थामा पनि नेता सभासद तथा मंत्री संवेदनसिल छैनन । यर्सथ संविधान नवनेसम्म तपाईहरु कुन मुखले प्रवासी नेपालीहरुको विचमा कार्यक्रम गर्न आइपुग्नुहुन्छ हाम्रो प्रश्नको शुरुवात यहाँवाट हुन्छ ।
तपाईहरु यहाँ प्रवासी नेपाल नागरिकहरु संगको अन्तरकृया कार्यक्रममा सहभागी भई नेपालको विषयमा केही जानकारी हुन आउनु भएको हो भने माफ गर्नुहोस सुचना तथा संचारको विकासको कारण प्रवासमा वस्ने नेपालीहरुले के भन्न सक्छौ भने नेपालमा के भइरहेको छ भन्ने सायद तपाइलाइ भन्दा वढी प्रवासमा वस्ने नेपालीहरुलाई पहिला जानकारी हुन्छ भन्नु पर्दा अनुपयोक्ती नहोला । हामी ती मिडिया कर्मी साथीहरुहरुलाइ धन्यवाद दिन चाहन्छौ । नेपालका नेता तथा मन्त्रीज्युको मा सुचना पुग्न पूर्व प्रवासमा वसेका नेपाली समुदायले जानकारी पाईसक्नु हुन्छ । अव भन्नु होस तपाइसंग त्यस्ता नयाँ सुचना तथा विषय वस्तु के छ जसलाई अन्तरकृया मार्फत् हामीलाई बाँड्न चाहनुहुन्छ ?
त्यस्तै गरि प्रवासमा वस्ने नेपालीहरुको वेदनालाई तपाइले के गर्न सकनु हुन्छ र अवैधानिक लाई वैधानकि वैधानिकलाई सझम र विधार्थी लगायत अन्यका समस्याका वारेमा तपाइ ले केही गर्न सक्नु हुन्छ भने भन्नु होस । अन्यथा नेपालको राजनैतिक गफमात्रको लागि हो भने अव प्रवासमा वस्ते नेपाली सवै संवेदनशिल छन । कुनै नेताको आकोश भित्रका ‘सुकिला मुकिला ‘ वा एक ब्यंग्यकारको ‘झोले खोले वा नवोले’ भित्र प्रवासी नेपाली पर्दैनन । अवको अवस्था हामीले तपाईलाई यी विषयमा जानकारी दिलाउनु नै पर्छ की तपाईको अर्ति उपदेश भन्दा पनि आफ्नो नैतिक अवस्थालई उच्च पार्नुहोस र देशको निम्ती केही गर्छु भनेर आफुले जाहेर गरेको आफ्नो प्रतिवद्धतालाई पुरा गर्नुहोस ।
यो विषय डा रिजालको लागि विशेष रुपमा लिएका छौ किनकी विशेषत जन संमपर्क समिती वेल्जियमले गैर आवाससिय नेपाली तथा दोहोरो नगारिकताको वारेमा अन्तरकृया राखेको र्सर्ंदभमा हाम्रो प्रश्न वर्तमान अवस्थामा डा रिजाललाई के छ भने देशको ठुलो आर्थिक टेवा रेमिटान्सवाट दिलाउने प्रवासी नेपालीलाई वर्तमान मंत्री तथा नेताको हैसियतले ती नेपालीको समस्यालाई अहिले सम्म के गर्नु भयो ? अर्को तर्फ तपाइको सम्भवाव्य उत्तरलाई मनन गर्दै दोहरो नागरिकताको सवालमा नेपाली कंग्रेसले गएको अधिवेशनमा विदेशी नागरिकता लिएका नेपाली नागरिकलाइपनि अधिवेशनमा सहभागी गर्राई सुरुवात गरेको भनि भन्नु भएमा हामी तपाइ नेपाली कंग्रेसको विधानको कुन भागमा विदेशमा नागरिक लिएकालाई सहभागी गराउन सक्नु हुन्छ भनि प्रत्रि्रश्न गर्नेछौ । यस अर्थ तपाई आफुलाई विधी सम्मत परिपालक भनि कसरी भन्न सक्नुहुन्छ ? । यही सन्दर्भमा तपाइलाई हामी के भन्छौ भने एन आर एनका नेताहरु डा उपेन्द्र महतो, देवमान हिराचन, राम थापा लगाएतका अग्रजहरु संगको ठुला होटलमा गरिएको भोजमा नेपालका नेताले गर्नु भएको प्रतिवद्धतालाई प्रवासी नेपालीलाई जानकारी छ ।
अर्को विषय भनेको समग्र नेता सभासद तथा मंत्रीले म व्यक्तीगत भ्रमणको रुपमा आएको हो भनि भन्ने गर्नु हुन्छ । हामी भन्छौ ठिकै छ तपाइ भन्नुस कुन रंगको पासपोर्टमा भिषा लागाउनु भयो हरिको कि रातो ? अनि कसरी तपाई भ्रमण ब्यक्तिगत भयो ?
अन्तत के भन्छौ भने प्रवासमा वस्ने नेपाली विविध कारण प्रवासमा वसेका छन । तर नेता सभासद तथा मन्त्री असंख्य नेपालीलाई आश्वासन दिँदै केहि गर्छु भनि प्रतिवद्धता गरी मात्रभुमीमा रहनु भएको छ । यर्सथ हामी संग तपाइलाई प्रश्न छ- के तपाइको माता आइसियुमा हुनुहुँदा तपाई व्यक्तीगत भ्रमणको लागि प्रवासमामा आउनु कति स्वभाविक हुन सक्छ ?
अन्तत जनआन्दोलनको मनोभावना अनुरुप देशको संविधान नवनेसम्म प्रवासमा आउने नेता, सभासद तथा मन्त्रीज्युहरुलाई हामीले के भनेका छौ भने देशको संविधान नवनेसम्म प्रवासमा आउने कष्ट नगर्नु होला ।
मन्त्री रिजाललाई मात्र नभई बेल्जियम भ्रमणमा आउन चाहने सम्पूर्ण समपुर्ण नेता सभासाद तथा मंत्रीलाई नेपाली नागारिक समाज वेलिजयमले उठाउने छ ।
(यो लेख नमस्ते यूरोप डक कमबाट साभार गरिएको हो । थापा यसका प्रमुख हुन् ।)




