संबिधान नबनाउने नेतालाइ बिदेशबाट लघारिने
देशमा संबिधान बनेन भनेर साँच्चै निकै चासो र चिन्ता रहेछ बिदेशमा रहेका नेपालीलाई । नेपालका मन्त्री, सबै राजनीतिक पार्टी र नेताहरु प्रति आक्रोशपनि उत्तिकै रहेछ । संबिधान बनाउने दुई वर्षे अवधि सकिएर थपेको एक वर्ष मध्येपनि आधा बित्न लाग्दासम्म संबिधान बनाउनतिर नेता केन्द्रित हुन सकेनन् । तर गरिब मुलुक भत्ता अस्विकार गर्ने सभासद भने देखिएनन् । त्यसता नालायक नेताहरुलाई किन स्वागत गर्ने ? के भनेर श्रद्दा गर्ने ?नेपाल र नेपालीको चाहना, भविष्य र आकंक्षालाइ लत्याउने नेतालाई बिदेशमा किन स्वागत गर्ने ?
यस्ता लाज नभएका नकच्च रा नेताहरुलाई स्वागत गर्ने होइन बिदेशबाट लखेट्नु पर्छ । तिनका फोस्रा आदर्श र फजुल भ्रमणलाई अस्विकार गर्नुपर्छ भन्ने निर्णयमा पेरिसवासी नेपालीहरु पुगेका छन् । हिजो पेरिसमा आयोजना गरिएको नागरिक समाजको छलफलमापनि एकमतले त्यहि निर्णय गरे । यसलाई अभियानको रुपमा अझ अगाडि बढाउनुपर्छ भन्ने साझा समझदारीपनि बनाए ।
यो निर्णय अघिल्ला छलफलमापनि भएको हो । तर साह्रै थोरै थिए सहभागि । यसपटक उत्साहप्रदरुपमा बढ्यो । सम्पर्कको अभावले पेरिसवासी नेपालीहरु धेरैले चाल पाउन नसकेकाले अझै यसलाई ब्रिहद प्रचारप्रसार गरेर लैजानुपर्छ भन्ने निर्णय गरियो । त्यसैले ब्यापक प्रचार प्रसार गरेर यूरोपभरि अभियानकै रुपमा लैजाने प्रयास गर्नुपर्छ भन्ने निचोडमा पुगियो । आगामी नोभेम्बर १४ आइतवारका दिन दिउँसो २ देखि ६ बजेसम्म काठमाण्डु रेस्टुरेन्टमा ब्रिहद छलफल गर्ने निचोड निकालियो ।
आज मूलभूतरुपमा उठेका तर्कहरु सर्सर्ती हेर्नुस है त ?
० कुनैपनि नेता अहिले नेपाललाई राम्रो बनाउन, यहाँको विकास गर्न, औद्योगिक प्रविधी सिकेर, सामाजिक संरचना बुझेर नेपालमा लागू गराउँला भनेर आउने होइनन् । ति रमझम गर्न, यहाँ कार्यकर्ता बढाएर र चन्दा मागेर आफ्नो पार्टीलाई बलियो बनाउन आउने हुन् । बिदेश बस्ने नेपालीले कत्रो मान सम्मान गरे बह्नेर बिदेश भ्रमणको तस्बिर देखाएर आफ्नो सान र मान अनि हैकम बढाउन आउने हुन् । त्यसैले तिनलाई बहिस्कर गर्नु पर्छ ।
० देशलाई खाडलतिर धकलेर युवाहरुलाई बिदेश आउन बाध्य बनाइराख्ने यिनै नेता हुन् । त्यसैले यिनलाई अस्विकार गर्नुपर्छ । अनि हामी नेपालीले अर्काको देशमा आउनुपर्ने वातावरण स्वदेशमै बनाउन प्रयत्न गर्नुपर्छ । त्यसको लागि देशमा संबिधान बनेर आर्थिक र सामाजिक विकास हुनु पर्छ । त्यसैले देशमा संबिधान बनाउन छोडेर बिदेशतिर बरालिन आउने नेतालाई लखेट्नुपर्छ ।
० नीजि भ्रमण भनेर आएपनि कुनैपनि नेपालीले स्वागत गर्ने र घरमा राख्न् गर्नुहुन्न । किनभने निजि भ्रमणमा आउने नेता कति छन् आफ्नो सम्पत्ती खर्च गरेर ? ति निजि भ्रमण भने राष्ट्रको कुनै न कुनै नाम बेचेर, कुनै न कुनै कार्यक्रम देखाएर राष्ट्रकै खर्चमा आउने हुन् । यता आएर नेपालीको घर वा दुतावास निवासमा बस्छन्, खान्छन् । उता बाहिर बसेको खाएको बिल बनाएर पैसा लिन्छन् । तिनले बिदेश भ्रमणको बेला भत्ता पाउने गरि आउँछन् ।निजि पाउनाको रुपमा आउँदैनन् ।
० स्वदेशबाट ढाका टोपी र कोट ढल्काउँदै आएका नेतालाई जुन देशमा गएपनि नेपालीले स्वागत गर्छन् । ज्यु हजुरी ट्क्र्याउँछन् । निकट बन्न खोज्छन् । अनावश्यक मान सम्मान टक्र्याउँछन् । दुतावासले रात्री भोज दिन्छ । नेतालाई अहिले लघार्न सकियो भने कम्तिमा त्यस्तो आसा गर्दै बिदेश आउने सोच बदलिन्छ । लौ है नेपालीले त अस्विकार गर्छन् भनेर नेताले चेत्छन् ।
० अहिले फलानो देश मजान पाउनुपर्छ । अब यो देश जाने पालो मेरो भनेर अहिले पार्टीमा नेताहरुको हानथाप पर्छ । हामी नेपालीहरुले अनावश्यक सेवा, महत्व र चाकरी दिने गर्नाले हो त्यस्तो भएको । कम्तिमा संबिधान नबनाएसम्म हामीले बिदेश आउने नेतालाई अस्विकार गर्यौं, इज्जत दिएनौं भने ‘यो देश त म जान्न है त्यहाँ त बेइज्जत गर्छन्, हाम्रो कुनै इज्जत नै छैन’ भनेर सन्देश त जान्छ ।
० कुनैपनि बिदेशी संघ संस्था, राजनितिक पार्टी र बिदेशी नेतासित हाम्रा नेतालाई अस्विकार गर्न आग्रह नगरौं । किनभने अहिलेनै भारतीय लगायत अन्य बिदेशी हस्तक्षेप छ । बिदेशीले हाम्रो आन्तरिक मामिलामा बढि चलखेल गरे भन्ने आवाज र गुनासो उठिरहेको छ । हामीले नेपाल र नेपालीसित संबन्धित संघ संस्थालाई मात्रै यो अभियानमा लाग्न अभियानमा आव्हान गरौं । नेपालीकै सञ्जाल मात्रै प्रयोग गरौं । बिदेशीसित हाम्रा कुरा लगेर दबाब दिन नलगाउँ ।
० संबिधान कस्तो बनाउनुपर्छ भन्ने हाम्रो धारणा र मत छैन । किनभने नेपालमा कस्तो संबिधान बनाउने ? कसरि बनाउने ? के के समेट्ने भन्ने सबै राजनितिक पार्टीले आ आफ्ना दस्ताबेजमा प्रतिबद्यता जाहेर गरेका छन् । संबिधान बनाउनकालागि बिभिन्न समितिहरु गठन गरिएका छन् । संबिधान मस्यौता समिति छ । त्यहि आधारमा जनताको पक्षमा लोकतान्त्रिक संबिधान बनाउन् ।
० नागरिक आन्दोलन भनेकै सानो तहबाट शुरु हुन्छ । यो एउटा अभियान हो । असल कामलाइ अभियानका रुपमा अगाडि बढाउन सकियो भने यसमा मानिसको साथ, सहयोग र समर्थन थपिँदै जान्छ । थोपा थोपा बाटै समुद्र बन्ने हो ।
० नागरिक समाजको यो अभियानलाई असफल पार्न र बिभाजन ल्याउन खोज्नेहरुपनि छन् । नेता बहिस्कारको यो कार्यक्रम जसले जहाँबाट गरेपनि सहमती गर्नुपर्छ । बिभाजित हुन दिनुहुन्न । पद र कुर्सीकालागि बढि हानथाप पर्ने हुनाले हामीले सबै समान रहने गरि कुनै पद भागबण्डा नगरि सिंगो नागरिक समाजका रुपमा जाउँ । यसमा सहभागि सबै नागरिक समाज, सबै सदस्य, सबै सचेत भन्ने बुझेर सहकार्य गरौं । आफ्नो देश र जनताको लागि बरु अन्य साझा कार्यक्रम पनि बनाएर साझा रुपमै जाने कोसिस गरौं ।
[यो कार्यक्रमको भिडियो ब्लगपनि राखिँदै छ । हेर्दै गर्नुहोला ।]







