उपप्रधानमन्त्री, मन्त्री र कांग्रेसी नेता नै तस्करका मतियार
देशमा बेथिति, अन्यौल, असुरक्षा र अन्याय भयो भने न्याय कसले दिन्छ ? प्रहरी । मन्त्री, सांसद, जनताको लागि राजनीति गर्ने पार्टीले होइन ? सुरक्षा निकायलाई जनताको जिउधनको सुरक्षा गर्न कसिकसाउ गरेर लगाउनुपर्ने मन्त्रीहरुले नै होइन ? तर सुरक्षा निकाय र मन्त्री, उपप्रधानमन्त्रीनै लुटाहा, फटाहा र अपहरणकारीसित मिलेपछि के हुन्छ ? जनताले कोबाट साथ र सहयोग पाउने ? प्रहरी निकायको एआइजि नै लुटपाट र अपहरणकारीसित मिल्ने र त्यसलाई आड भरोसा दिने काम मन्त्री र नेताले नै गरेपछि जनताको सुरक्षा के होला ? नेपालमा अहिले त्यस्तै भएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) कल्याणकुमार तिमल्सिना अपहरण र लुटपाट जस्ता गम्भीर अपराधमा संलग्न भएको आरोप लाग्यो । उनी माथिको आरोप के हो बुझ्न गृह मन्त्रालयले छानबिन समिति गठन गर्यो । समितिले सिफारिसमा एआइजी तिमिल्सिनालाई बरखास्त गर्न प्रस्ताव गरेको छ । तर सायद एआइजिले अपहरण र लुटपाट गरेर कमाएको सम्पत्तिमा साझेदारी गरेकाले होला उपप्रधानमन्त्री विजयकुमार गच्छदार, कांग्रेसका मन्त्री बाल क्रिष्ण खाँड र प्रकाश शरण महतले कारबाही हुन दिएनन् ।
सरकार खिचडी छ । काँग्रेस र गच्छदारको फोरमले थर्काउनासाथ प्रधानमन्त्री माधवकुमार नेपालका नौ नाडी गल्छन् । अनि कसरी गर्ने कारबाही ? ग्रिहले बर्खास्त गर्न सिफारिस गर्दा पनि लुटपाट र अपहरणमा संलग्न सुरक्षाकर्मीलाई प्रधानमन्त्रीले कारबाही गर्न निर्देशन दिन सकेका छैनन् । अरुलाई बिभिन्न राजनितिक उपदेश दिने प्रधानमन्त्री नेपाल जनताको जिउ धन लुटपाट गर्नेलाई कारवाही गर्न नसकेर आफैं लाचार सावित भएका छन् ।
उनलाई कारवाही गर्न कुनै आलटाल गर्नुपर्ने कारण र जोखिमपनि प्रधानमन्त्रीकालागि छैन रहेछ । किनभने महानगरीय प्रहरी आयुक्तको कार्यालय-प्रमुख थिए उनी । उनको जिम्मेवारी त्यत्रो महानगरपालीकाका जनताको सुरक्षा गर्नु थियो । तर उनले पदको दुरुपयोग गरे । जुन चिज निर्मूल गर्नुपर्ने हो त्यसैलाई सुरक्षा दिए । जनताको हुर्मत लिएर अपहरणकारीसित मिले । असुरक्षा मच्चाए । जनतालाई तर्साए । अपहरणकारीसित मिलेर ब्यापारीहरु तर्साए । लुटपाट गरेर सम्पत्ती कमाए ।
तिम्सिनामाथि त्यो आरोप कुनै दल, पार्टीका नेता र संघ संगठनले लहडका भरमा लगाएका होइनन् । उनैको संस्था ग्रिह मन्त्रालय अन्तर्गतको प्रहरी प्रधान कार्यालयले गत माघमा अपराध अनुसन्धान विभागका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) राजेन्द्रसिंह भण्डारीको संयोजकत्वमा समिति नै गठन गरी छानबिन गरेछ । समितिले तिमिल्सिना लुटपाट र अपहरणको घटनामा संलग्न भएको किटान गरेर कारवाहीको सिफारिससहितको प्रतिवेदन महानिरीक्षक रमेश चन्दलाई बुझाएको रहेछ ।
त्यो सिफारिस ग्रिहमा पठाएपछि ग्रिह मन्त्रालयले फेरी अन्तिम छानबिन गर्न मन्त्रालयका सहसचिव रुद्रकुमार श्रेष्ठको संयोजकत्वमा अनुसन्धान विभागका डिएसपी गणेश अधिकारी र मन्त्रालयका कानुन उपसचिव खिमानन्द भुसाल सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गर्यो । त्यो समितिले पनि तिमिल्सिना दोषी नै भएको किटान गर्यो । त्यसपछि ग्रिहले उनलाई कारवही गर्नुपर्ने निर्णय गरेको रहेछ ।
समितिले छानबिन गर्दा एआइजी तिमिल्सिनाले प्रहरीहरू रामकुमार श्रेष्ठ र अर्का एक प्रहरीलाई प्रयोग गरी चिनियाँ व्यापारी सोनामसँग तीन लाख डलर लुटेको तथ्य फेला पारेको रहेछ । त्यो डलर लुटीवरी गायव पारेछन् । अब उनमाथि छानबिन भएर कारवाहीको सिफारिस हुँदापनि कारवाही नगर्न दबाब दिनेहरु उनैका मतियार रहेछन् भन्ने बुझ्ने कि नबुझ्ने ? खाँड र प्रकाश शरण महतको हालत र छवी फटाहा पाराको हो नै । तर स्वच्छ छवीका रुपमा चिनिने कांग्रेस नेता डा म्रिगेन्द्र रिजालसमेत लागेछन् अपहरण, लुटपाट र तस्करीमा संलग्न ए आ इजीलाई बचाउन । हेर्नुस् त देश, जनता, राष्ट्रिय हित र सुरक्षाको भाषण ठोक्ने कांग्रेसका नेता कति सम्म लुटपाटमा संलग्न हुने रहेछन् । कति सम्म तस्करका मतियार रहेछन् !
यस संबन्धि ब्रिस्तित समाचार तल हेर्नुस्–




