संसदिय गणतन्त्र त्यागे माओवादीले
नेकपा माओवादीहरुले अब आन्तरिक रुपमा संसदिय गणतन्त्र त्यागेका छन । उनीहरुले शौधबुँदे लगायतका बिभिन्न सहमतीहरु सरकार सञ्चालन र बिभिन्न दलहरुसित गरेपनि त्यो रणनितिक मात्रै रहेछ भन्ने अब स्पष्ठ भएको छ । भर्खरै समाप्त भएको माओवादीको केन्द्रिय समितिको बैठकले अब देशलाई जनगणतन्त्रमा लैजाने निर्णय गरेपछि संसदिय गणतन्त्र माओवादीको रणनितिक कार्यदिशा मात्रै रहेछ भनेर अब स्पष्ठ भएको छ । हो, माओवादीको केन्द्रिय समितिको बैठकले अब देशलाई जन गणतन्त्रमा लैजानुपर्ने निर्णय गरेको छ । यहि संसदिय गणतन्त्रमा मात्रै सिमित रहे देश र जनताका समस्या समस्या समाधान नहुने बरु पार्टी संसदिय भासमा फस्न खस्ने खतरा रहेको भन्दै अब बिस्तारै जनगणतन्त्र तर्फ उन्मुख हुनु पर्ने रणनिती माओवादीहरुले बनाएका हुन ।
माओवादी पार्टीले आफुहरु शान्तिवार्तामा आएपछि हालसम्म केहि कमि कमजिरी रहेपनि आफ्नो पार्टी हालसम्म आफ्ना रणनिति र योजनामा सफल भएकाले जनगणतन्त्र स्थापनामापनि सफल हुने निचोड निकालेको छ । त्यति मात्रै होइन, अहिलेकै संसदिय गणतन्त्रमा सिमित रहनु देश, जनता, पार्टी कार्यकर्ताप्रतिपनि धोका हुने निस्कर्ष समेत उनीहरुले निकालेका छन । तर त्यो जनगणतन्त्र कसरि र कुन रणनितिका आधारमा जाने भनेर निर्क्योल भने गरिसकेका छैनन । त्यसकालागि दशैं र तिहारपछि रणनिति तयार गर्ने माओवादी नेताहरुले बताएका छन ।




