प्रधानमन्त्रीको चुनाबी नाटक युद्द निम्त्याउने प्रपंच

-राजन भट्टराई / फ्रान्स

अब त  नेपाली समाचारका विधुतिय संचार माध्यमहरु लग अन गर्न  पनि मन लाग्न  छाडिसक्यो I इन्टरनेट  मेरो घनिष्ठ  साथी बनिरहेको  छ यो बखत ।  जे भए  पनि जन्म भूमिबाट टाढा  बस्नु पर्दा  मन अलि  बढी  नै  भाबुक  हुँदोरहेछ  । साथीहरु संग प्राय इन्टरनेटमा सम्पर्क भइ नै रहन्छ । नेपालमा रहेका  संचार  माध्यमका  साथीहरुसमेत देशमा  पेशा   असुरक्षित बन्दैगएको  सुनाउँछन्  I देशमा भबिस्य अन्धकार  देखिरहेका छन् उनीहरु  । मिडिया मालिकहरुको  श्रम शोसन  र राजनीति  अस्थिरता   नै  पेसागत असुरक्षाको   प्रमुख  कारण बनिरहेको छ  । अरु सामान्य   नेपाली के  सोच्दा हुन्  सहजै  अनुमान गर्न सकिन्छ  । फ़ेसबुकमा   राखिने   पोस्टहरुमा  हेर्यो  देशकै  चिन्ता छ साथीहरुलाई  । वाक्क र दिक्क लाग्दो  नेपाली राजनीति  देखेर निराश  मात्र बनाउँछ  । अब त  अति नै भयो । नेपालीको  महान भनिने पर्वहरु एक  पछी अर्को  गरि आइरहेका छन्  तर जनतामा खुसि छैन । भोलि के  हुने हो निश्चितता छैन ।

हामी  प्रवासीहरुलाई नेपाल बारे जान्न बुझ्न   देशी-बिदेशी संचारका  साधनहरुले  राम्रो  गुण लगाईरहेका छन् । दिनप्रतिदिन  संचालनमा आइरहेका पुराना – नया अनलाइन समाचार  अझ सहज  बनाइदिएको छ । त्यसैले नेपाल बारे उति बेखबर  बन्नु पर्दैन । मीडियाहरुले प्रबासी  नेपालीहरुलाई  जीवन्त  बनाइ रहेकाछन् । अधिकांश नेपाली जनता  देशको  गृह अवस्था  देखी वाक्क र दिक्क भएकाछन् । अशान्ति  र अनिश्चितताको   भबिस्यले  आकुल ब्याकुल  बनाही रहेको छ। तत्काल यो दुराबस्थाबाट  नेपाल र नेपाली मुक्त हुने आबस्थामा छैनन् । राजनीतिक  ठेकेदारहरुप्रति अनगिन्ति  प्रश्नहरु सोझीएकाछन्  । नेपाली माटोमा  धेरै रगत बगी सकेको छ  ।  बाह्रवर्षे कहाली लाग्दो  जनयुद  के को लागि  ? हजारौको बलिदानी आखिर किन ? बेपत्ता र गुमनाम  जीवन   के का लागि  ? क्षत बिक्षत भौतिक  बिनास  किन गरियो ?  म्रित्युको पर्बाह  नगरी लाखौको  जनसागरले  २०६२/६३ को  आन्दोलन मार्फत  निरंकुश  राजतन्त्रको  अन्त्य गरेर के पाए  ? के नयाँ शामान्ति लठैतहरु  र प्रतिक्रियावादी दलालहरुको आश्रय स्य्थल बनाउनलाई  गणतन्त्र को  नाटक मन्चन  गरिएको हो ? प्रश्न स्वभाविक हुन्  । समयमा संबिधान नबनिदिंदा र देशमा  स्थिर सरकार नहुँदा जनतामा आशंका  हुनु  स्वभाविक  हो ।

   
जनतामा  अब ता  शान्ति  हुन्छ भन्ने आशा  थियो  । तत्कालिन नेकपा ( माओवादी ) ले संचालन गरेको भयानक जनयुदको  अन्त्य भयो  । नेपालको  हित बिपरित रहेको  सहेंनकाडा  जस्तो राजतन्त्रको पराजय भयो । दैनिक हत्या र प्रतिहत्याका  समाचारहरु  सुन्नुपर्ने  छैन  भन्ने लागेको थियो  । तर तपाई हामीले सोचेजस्तो  नेपाल भैदिएन, उडायो सपना सारा हुरीले …………नारायण गोपालको गीत जस्तै  !

यतिखेर विभिन्न रुप र रंगमा फासिवादी सस्कृति  हाबी बन्दै गहिरहेको छ । बैदेशिक हस्तक्षेप  अझ  गम्भीर  ढङ्गले  जटिल रुपमा  देखा परिरहेको छ । नेपाल  अन्तरास्ट्रिय माफियाहरुको ट्रान्जिट पोइन्ट  त छँदैथियो , अझ  मजबुत ढङ्गले प्रतिक्रियाबदिहरुको क्रिडास्थल  बन्दैछ  । बिश्वमा  दादागिरी माच्चाही रहेको  उग्र आतंककारी अमेरिकाले  दक्षिण एशिया  कब्जा  गर्ने सामरिक रणनीति अनुसार अफ्गानिस्तानतिर  सैन्य  विस्तार  तिब्र बनाउँदै छ । उसले भारतलाई  रिमोट कन्ट्रोल  थमाएर नेपालको काधमा आड  बनाएर चीनतिर  सोझ्याउँदै  छ ।  बास्तममा  नै अमेरिकाले  दक्षिण एशियामा  शान्ति होइन  साइलेन्स किलर बन्न नेपाल लगायत पुरै दक्षिण एशियास्तरमा  आफ्ना इमान्दार  कठपुतलीहरु निर्माण गर्न अभियान छेड्दैछ । अमेरिकी साम्राज्यवादले अस्थिर राजनीतिको फाइदा उठाउँदै नेपालमा आफ्ना सुराकीहरु परिचालन  गरेर अफ्गानिस्तान र इराकमा  जस्तै  चीनमा  अपराध  गर्ने  सपना देखिरहेको छ ।

सायद  उसले बिगत बिर्सियो होला । दोस्रो बिश्वयुद्दताका  भियतनामीहरुले अमेरिकी जल्लादहरुलाई खरानी बनाएर  क्रान्तिकारी  पैतालाहरुले  कुल्चिएको ।  आलो छ घटना , नेपाली जनमुक्ति सेनाहरुले  जनयुद कालमा अमेरिकी तालिम प्राप्त  शाहीसेना र अमेरिकी अत्याधुनिक हतियारहरुलाई निमेस भरमा ध्वस्त बनाइदिएको । यति जान्दा र बुझ्दापनि मुर्ख  प्रतिक्रियाबाद  स्वतन्त्रताप्रेमीहरु माथि  षडयन्त्र र चलखेल गर्न  खोज्दैछन । आजका  एक्काइसौं  शताब्दिकको क्रान्तिकारी बिचारले लैस  भएका  जनतामाथि  प्रहार गर्न खोज्दा दुनियाबाट सर्बनास  हुनुपर्ला  भन्ने  चेत किन नआएको  होला प्रतिक्रियाबादी  षडयन्त्रकारी  र यसका दलालहरुलाई । यसैका मतियारहरूका कारण आज  नेपाल यो अस्त ब्यस्त बनेको हो ।  यिनै प्रतिक्रियाबादी दलालहरु  यसका  भागीदार हुन् । नेपालको नुन पानी खाएर  भारतीय र अमेरिकी  स्वार्थ  पुरा गर्न  तछाड -मछाड  गर्ने नेपाली दलालहरु आफ्नै राष्ट्र बिरुद्ध  अपराध गर्दै  गरिरहेकाछन् । निर्लज्जहरुको अगाडी मुकदर्शक भएर बस्न बिबश  छौ हामी । सहनुको पानी त  सिमा हुन्छ  नि ! जति हामी सहिरहन्छौं हामीमाथि कठपुतलीहरुले  बलात्कार गरिरहनेछन् । 

निश्चितरुपमा नेपाली युवावर्गहरुको जुझारुपनमा  ह्रास आउँदै गएकोछ । तर  आम नेपाली जनता  आफ्नो मुलुक र आफ्ना अधिकारप्रति  धेरै सचेत  छन्। आमरुपले राजनीतिप्रति  घ्रिणा होइन  घीनलाग्दो राजनीति गर्ने तपाई नेताहरुप्रति  मात्र हो ।   तपाई स्विकार्नुस्  या  नस्विकार्नुस्  तपाई नेताहरु नेपालमा जति बदनाम हुनुहुन्छ  त्यतिनै बदनाम बिदेशी  सामु  भैरहनु भएकोछ । माधब नेपाल सरकारका  बनमन्त्री  दिपक बोहोराले अमेरिकामा जसरि बदनामी कमाए  त्यस्तै गरि  एमाले  नेता  के .पी . ओली फ्रान्स र बेल्जिममा अपमानित हुनुपर्यो । यो त सामान्य  उदाहरण मात्र हो । फ्रान्समा रहेका प्रवासी नेपालीहरुले नेपालमा संबिधान  नबनाएसम्म नेपाली नेताहरुलाई बहिस्कार गर्ने जुन कठोर निर्णय गरेकाछन्  सम्भवत यहि निर्णय अरु देशका प्रवासी नेपालीहरुले  नगर्लान भन्न सकिन्न ।

नेपालको राजनीति त्यति सहज छैन । साँच्चिनै  नेपाल कम्बोडिया र अफ्गानिस्तान बन्न लागि सक्यो । अब अमेरिकालाई युद्द भड्काउने  बहाना मात्र चाहिएको छ । विश्वको राजनीतिक इतिहासमा नै लज्जास्पद  बन्न पुगेको प्रधानमंत्रीको चुनाबी नाटक -मन्चन  यो युद्द निम्ताउने प्रपंच हो । जसरी गलत सूचना प्रवाह गरेर तेलमाथि साम्राज्य कायम गर्न इराकमाथि अमेरिकी  आक्रमण भयो त्यसैगरि नेपालमापनि लाखौ निर्दोष इराकी र अफ्गानीहरुको निर्मम हत्या गरे जस्तै नेपाली क्रान्तिकारी मुक्तिकामी जनताहरुको  कत्लेआम गरेर नेपाल र पुरै दक्षिण एशियामा हैकमबादी उपनिवेश  बनाउन खोज्दैछ ।

काँग्रेस एमाले लगायतका संसदवादी राजनीति पार्टीहरुको दलाली  मानसिकता  र एकीकृत नेकपा (माओबादी ) को अस्थिर राजनीतिक अडानका कारण मुलुक भड्खारोमा  जाकिएको हो । अमेरिकी कृपामा हमिद कारजाई अफगानी राष्ट्रपति भएजस्तै नेपाली कारजाई बन्ने रहर छ कि क्या हो  ? एउटा कठपुतली माकुने सरकारको यो कन्तबिजोक र बद्नामी देख्दादेख्दै  बुद्धि  किन नआएको होला  बुझिनसक्नु छ । सत्ता स्वार्थमा किन जे पायो तेही बोल्दै हिडेका होलान  । केहि स्वार्थी मान्छेहरुलाई किन माओबादी सत्ता कब्जाको भुत लागेको होला यो पानी बुझिनसक्नु  छ ।  करिब २०० बर्षे निरंकुश  राजतन्त्रको त नेपाली जनताले  सर्बनास गरे भने   अब फेरी अर्को कुनै नामको एकदलीय  तानाशाहीशासन  स्वीकार गर्लान् नेपालीले  ?

बिगत करिब पचास बर्षे प्रजातन्त्रकालमा  संसदवादीहरु कै कारण देशले पंचायती निरंकुशता  र भयानक  कहालीलाग्दो गृहयुदको  पिडा सहनुपर्यो । इमान्दारीपुर्बक  भन्ने हो भने  एकीकृत नेकपा (माओबादी ) को नेपाली राजनीतिमा  परिक्षण  हुन बाँकी नै छ । माओबादी नीति र कार्यक्रम नेपाली धर्तीमा  प्रयोग  हुननै  नदिकन उसको  मुल्यांकन गर्नु  कमजोर मानसिकता हो । कि त  विकल्प  दिनु पर्यो  । प्रचण्ड ,किरण, बाबुराम, प्रकाशहरु निरंकुश तानाशाह बन्ने  यति मुर्ख नहोलान् । तिनलाई पनि धेरै थोरै बिश्व राजनीति इतिहासको  ज्ञान होला !

आदरणीय नेता गण , आफ्नो देशको शासन सम्हाल्न अमेरिका र भारत को आशिर्बाद लिहिरहनु पर्दैन । सत्ताको लागि किन नाटक मन्चन गरेर समय बर्बाद गरिरहनु पर्यो । आखिर संबिधानसभा  निर्बाचनमा जनताले दिएको हैसियत अनुसार आआफ्नो दाबी गरे भैहाल्छ नी । किन दुनियाँ हँसाउने ? जनतालाई किन सास्ती दिने ?अपराध यति मात्र हो नेपाली जनताको तपाईहरुलाई  मत दिएर गल्ति गरे । देशमा शान्ति हुन्छ र उन्नति हुन्छ भनेर  राजनीति पार्टीहरुलाई विश्वास गरेका हुन्  । कम्तिमा आफैमाथि निर्मम बनेर आफ्नो हैसियतअनुसार नेताहरु चलिदिए यो गन्जागोलबाट मुलुकले त्राण पाउने थियो कि ? अबत अति भयो । राजनीतिक  स्थिरता भएर विकास र प्रगतिको समाचारहरु स्वदेशी -बिदेशी संचारमाध्यमहरुमा प्रकाशन प्रसारण भएको हेर्न , सुन्न र देख्न पाए कति आनन्द हुन्थियो होला  !

तपाइँको प्रतिक्रिया