सुदलाइ जुत्ता हान्नेहरु हो स्यावास !
लातोंका भूत बातों से नहि मान्ते है ! भन्ने उखान खुब साँच्चै हो रहेछ । सारा कूटनीतिक मर्यादा नाघेर नेपालमा नांगो नाच देखाउँदै आएका भारतीय राजदूत राकेश सुदमाथि सोलुमा जुत्ता प्रहार गरेका छन् नेपालीहरुले । उनले आफ्नो देशको कूटनीतिक सारा मर्यादालाई नाघेर, लत्याएर नेपालमा हस्तक्षेप गर्दै आएका थिए । हाम्रो नीजि मामिलामा आफ्नै देशको मन्त्रीले झैं सार्वजनिक भाषण दिने, बिना सूचना र अनुमती हाम्रो देशका ठाउँ ठाउँ पुगेर सार्वजनिक बक्तब्य दिने गर्दै आएका थिए । त्यसो नगर्न हाम्रा नागरिक समाजका ब्यक्तित्व, राजनीतिक पार्टीका केहि नेता र प्रेसले आग्रह र सचेत गर्दै आएको हो । तर उनलाई त्यस्तो आग्रहले छोएन । किनभने उनी बातोंका भूत थिएनन् । उनलाई लात्ताले हानेर चेत खुवाउनु पर्ने थियो । अति भएपछि खती हुन्छ भने झैं भयो उनमाथि पनि । पटक पटक बातले सचेत पार्दा नामनेका उनमाथि सोलु बिमानस्थलमा आठ जोर जुत्ता प्रहार गरियो ।
चिनले लामो समयदेखि नेपालको सिमा जोडिएका क्षेत्रमा निःशुल्क खाद्यान्न वितरण गर्दै आएको रहेछ । यदि दुखिको सेवा गर्ने उद्देश्य थियो सुदको, भारतको भने भारतसित सिमा जोडिएकै जिल्लामा हाम्रा नेपाली झाडा पखालाको औषधी नपाएर मरिरहेका छन् । त्यहाँ किन राहत बितरण गर्दैन भारतले ? किन उल्टो हाम्रो भूमी मिच्ने काम मात्रै गर्छ ?
सुद त्यसरि हिमाली क्षेत्रमा गएर खाद्यान्न बाँड्नुको कारण हिमाली जिल्लामा प्रभाव बढाउनकै लागि हो । चिनलाइ टक्कर दिएर पौँठेजोरी
खेल्न । र झन् अहिले चिनियाँ राजदूत छिउ गुहोङ माथिल्लो मुस्ताङमा भएकै अवसर पारेर सुदपनि किन जानु परेको थियो ? चीनले तिब्बतसँग सीमा जोडिएका नेपालका विभिन्न २० गाविसलाई सहयोग गर्ने औपचारिक घोषणा गत वर्ष नै गरिसकेकोले भारतले अनेक नाममा त्यहाँ चिन बिरोधी गतिबिधी सञ्चालन गर्न खोजेको प्रष्टै देखिन्छ ।
बुधबार सुदलाइ ताकेर प्रहार गरिएको जुत्ताको मर्म नेपालीमाथिको भारतीय हस्तक्षेप हो । भारतप्रतिको नेपालीको घ्रिणा, आक्रोस, रिस, आवेग र नेपाली राष्ट्रियता प्रतिको सचेतता । भारतलाई चेतावनी हो त्यो । ठूलो छु, बलियो छु, धनी छु र सम्पन्न छु भन्दै सधैं हेपेर बस्न पाइँदैन भन्ने एउटा सन्देशपनि ।
मान र सम्मान पाउन, आदर र उदाहरणीय बन्न त अरुको सम्मानपनि गर्न सक्नुपर्छ । सुदले त्यो सबै धरातल बिर्सिएका थिए । सोलुका नेपाली युवाहरुले त्यसको पाठ पठाउने कोसिस गरे । सुदलाई मात्रै होइन यो नेपाली आक्रोशले भारतीय सरकारलाईपनि पाठ पढाउनुपर्छ कि दुई देशको संबन्ध राम्रो बनाउन, असल छिमेकीको नाता बलियो पार्न, छिमेकीहरुबिच विश्वास र सद्भाव बढाउन त्यो बुझ्ने दूत पठाउनुपर्छ । अन्यथा त्यसले आफ्नै देशको प्रतिष्ठामाथि आँच पुर्याउँछ । सर्वजनिक पद बहाल गरेको कुनैपनि ब्यक्तिमाथि यसरि नेपालमा पहिलो पटक जुत्ता प्रहार हुनु समग्र भारतमाथिकै जुत्ता प्रहार हो । नेपालीका आग्रह, भावना र सम्मानलाई वर्षौंदेखि लत्याउँदै आएका सुदमाथि जुत्ता प्रहार गर्ने युवाहरु हो स्वायास ! स्वायास ! स्वायास !
–ब्रिस्तित समाचार नयाँ पत्रीकाको तलको लिंकमा हेर्नुस्-
राकेश सुदलाई ८ जोर जुत्ता प्रहार
तस्बिर साभार-नयाँ पत्रीका




