आत्मालोचना गरे ज्ञानेन्द्र र पारसपनि माओवादी पार्टीमा ?

रायमाझी आयोगका दोषीहरुलाई कारवाही गर्नुपर्छ भनेर सबैभन्दा चर्को माग उठाउने एकिक्रित नेकपा माओवादी हो । रायमाझी आयोगका दोषीहरुको सूचीमा रहेका पूर्व सेना प्रमुख रुक्मांगत कटुवाल लगायतलाई राति कार्पेट ओछ्याएर पदोन्नति गर्ने काम नेपाली कांग्रेस र एमालेले त गर्दै आएक थिए नै । ति बाहेक त्यो सूचीका निकै पदोन्नती भए । माओवादीले त्यसको चर्को बिरोध गर्‍यो । हरेक सडक आन्दोलनमा रायमाझी आयोगका दोषीलाई कारवाहीको माग एक प्रमुख माग र मुद्दाका रुपमा उठाउँथे । रायमाझी आयोगको सूचीमा पूर्व एमाले नेता राधा क्रिष्ण मैनाली समेत थिए । उनले राजा ज्ञानेन्द्रको तानाशाहीकरणलाई साथ र सहयोग दिएका मात्रै थिएनन् त्यो बेला कम्युनिष्ट शासनको धुरन्धर बिरोध पनि गरेका थिए । विश्वबाट कम्युनिष्ट शासन पतन भएको र राजतन्त्रात्मक व्यवस्थाको बिकल्प नभएको दाबी गर्दै उनी तानाशाह ज्ञानेन्द्रको टाङमुनी छिरेका थिए । अहिले त्यहि राधाक्रिष्ण मैनाली धुरन्धर माओवादी नेताका रुपमा परिणय भएछन् ।

ज्ञानेन्द्रको शासनलाई चुनति दिँदै सडकमा उत्रिएका बेला मैनाली त्यहि शासनबिना देश चल्दैन भन्दै ज्ञानेन्द्रको जयजयकार गरेर शिक्षा मन्त्रीको पद हत्याउन पुगेका थिए । उनले ज्ञानेन्द्र तानाशाहको शासन बचाउन जनताको छातीमा हतियार सोझ्याउन सहयोग गरे । कुर्सीको लोभमा लाखौं जनता बिरुद्द उत्रिए । उनलाई देश, जनता, प्रजातन्त्र प्यारो थिएन त्यो बेला । तानाशाहको कुर्सी प्यारो थियो । वर्षौं वर्ष रगत र पसिना आफैंले खर्चेर लगानी गरेको कम्युनिष्ट ब्यवस्था समेत उनको शिक्षामन्त्री पदको लागि कसिंगर सावित भएको थियो । आज त्यहि मान्छे कसरि कट्टर कम्युनिष्ट बन्यो ? माओवादीले एमालेलाई सर्वनाक गाली गर्छन् कम्युनिष्ट नामधारी दक्षिणपन्थी भन्दै । उसो भए चरम दक्षिणपन्थी एमालेमा समेत अटाउन नसकेका मैनाली कसरि ‘एकमात्र असली कम्युनिष्ट’ माओवादीमा अटाए ?

हिजो रायमाझी आयोगले तयार पारेको सूचीका सबैलाई कारवाही गर्नुपर्ने माग राखेर सडक जाम गर्ने माओवादीले केका आधारमा मैनालीलाई चोख्यायो ? के रायमाझी आयोगका दोषीहरु माथि कारवाही भैसकेको हो ? के मैनालीलाई राज्यको कुनै न्यायिक निकायले निर्दोष सावित गरिसकेको हो ? जनताको अदालयबाट उनी निर्दोष साबित भएका हुन् ? कि भन्नुपर्छ माओवादीले, रायमाझी आयोगको रिपोर्ट अब हाम्रा लागि खोस्तो समान हो ।

जनताका दुष्मनहरुलाई आफ्नो पार्टीमा हुल्न पाए माओवादीका लागि त्यत्तिकै चोखा बन्छन् ? आफ्नो पार्टीमा ल्याउन पाए सबै चोखिने बाहिर रहेका मात्रै दोषी ? माओवादीका नेताले मैनालीले आत्मआलोचना गरेकाले आफ्नो पार्टीमा भित्र्याएको बताएका छन् । उसो भए दरबार हत्याकाण्डका नायक ज्ञानेन्द्र र पारस शाहले पनि आत्म आलोचना गरे भने के माओवादीले रातो अबिर धसेर भित्र्याउने हो ? माओवादीका लागि आत्मालोचना भन्ने शब्द मात्रै प्रमुख हो ?

जन आन्दोलनका वैरी मैनालीले आत्मआलोचना गरेकै भरमा ‘सबै भन्दा ठुलो र एक मात्र क्रान्तिकारी पार्टी’ मा प्रवेश पाउने भए यहि देशका नागरिक पूर्व राजा ज्ञानेन्द्र र पारश शाहले किन नपाउने ?

तर हेक्का राखे हुन्छ माओवादीले कि तिमीहरुले चोख्याउँदैमा तानाशाह ज्ञानेन्द्रका चाटुकार, जनताका वैरी, प्रजातन्त्रका दुस्मन राधाक्रिष्ण मैनालीहरु जनताका मन र आत्ममा चोखिएका छैनन् । तिमीहरुले तिम्रा पार्टीमा हुल्दैमा जनताको ह्रिदयमा ति हुलिएका छैनन् । माओवादीले भित्र्याउँदैमा जनता त्यस्ता दुस्मनलाई आफ्नो मनमा भित्र्याउन तयार छैनन् । जनता बलिया भएका बेला, जनताको न्यायिक शक्तिको बिजय भएका बेला, जनताले जितेका बेला बरु माओवादीलाई सोध्ने छन्- माओवादी हो राजा ज्ञानेन्द्र र पारशलेपनि आत्म आलोचना गरे तिनलाई चोख्याउन तयार छौ ?

तपाइँको प्रतिक्रिया