सुगौली सन्धि पुरावलोकन गर्न भारत राजि
आँटेर कुरा राखे हुने रहेछ त । वर्षौं वर्षदेखि नेपालीको पुरै हित बिपरित अझ राष्ट्रघाती भनिदै आइएको हो । तरपनि जति प्रधानमन्त्री वा परराष्ट्रमन्त्री भए तिनको काम भारत भक्ति गर्दै बितेको थियो । भारतले मान्ने वा नमान्ने कुरा अलग थियो तर हाम्रा नेपाली नेताहरु भारतिय नेताका अगाडि त्यस्तो प्रस्ताब राख्न त के तिनका अगाडि लम्पसार परेर आउने गरेका थिए । पहिलो पटक केहि सन्धिहरु पुनरावलोकन गर्नु पर्छ भनेर प्रधानमन्त्री मनमोहन अधिकारीले राखेका थिए तर उनले दह्रोसित उठाएन सकेनन । अहिले प्रधानमन्त्री प्रचण्डले भारतिय नेताहरुसित सुगौली सन्धि पुनरावलिकन गरि दुई देशको हित अनूकुल हुनुपर्छ भन्ने अडान राखेको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन । (सुगौली सन्धिमा के के छ हेर्नकालागि यहाँ क्लिक गर्नुहोस) उक्त सन्धिका कुन कुन बुँदाहरु सच्याउनु पर्ने हो र के कसरि गरिनुपर्ने त्यसको टुंगो लगाउन दुई देशबिच एउटा उच्च समीति निर्माण गर्न भारत सरकार राजि भएको तिनले उल्लेख गरेका छन ।
यदि नेपालको यो अडानलाई कायम राखि सन १९५० (सुगौलि सन्धि) को सन्धिलाई नेपालको हित अनुकूल बनाउन सक्ने हो भने ठुलो उपलब्धि हुने छ यो सरकारको । तर यसैमा ठुलै केहि भइहाल्यो भनिहाल्नु पर्ने कुरा त केहि छैन नै । तैपनि यो एक सकारात्मक शुरुवात भन्ने पक्कै हो । फेरि नेपालका नेताहरुले भित्र जे गर्छन् त्यो भन्दैनन । अनि पर्दा पछाडिका सहमतिहरु बिस्तारै पछि मात्रै थाह हुने गरेका छन नेपालमा । आशा गरौं प्रचण्डले त्यसो गरेका छैनन । कम्सेकम त्यस्तो स्थिति हो भने छिट्टै पर्दाफास भइनै हाल्छ किनभने त्यहाँ एमाले, सद्भावना र मधेसीजनअधिकार फोरमका नेता पनि छन । त्यसैगरि प्रचण्डले भारतिय कमजोरीका कारणले कोशी बाँध फुट्न गएको र त्यसको मर्मत तथा कोशी पिडितहरुलाई राहतको प्याकेजपनि भारतलेनै दिनुपर्ने शर्त राखेपछि भारतले राहतको तुरुन्तै घोषणागर्ने तयारी गरेकोपनि सञ्चार माध्यमहरुले उल्लेख गरेका छन । प्रचण्डले देशका धेरै ठाउँमा सिमा सम्स्या रहेको र त्यसको बैज्ञानिक ढंगले समाधान गरिनुपर्ने शर्तपनि राखेका थिए । अर्को चाख लाग्दो कुरा के भने प्रचण्डले भारतिय नेताहरुसित प्रम्परागत कम्युनिष्ट प्रणाली र संसदिय प्रणाली दुबै असफल भएको धारणा राखेछन । उनले ति दुबै प्रणाली असफल भएकाले तिनमा सुधार गर्नुपर्ने तर्क गरेका छन । भारतिय समाचार माध्यमाहरुले उनको यो भनाइलाई माओवादी नेताले नै माओवाद त्यागे, जेकोलागि बिद्रोह गरेको त्यहि छोडे यस्तै यस्तै शिर्षक राखेर समाचारहरु संप्रेषण गरेका छन । भारतिय कम्युनिष्टहरुकालागि यो एउटा सफल उदाहरण हुन सक्ने उल्लेख गरेका छन । फोटो साभार-कान्तिपुर दैनिकयो पनि हेर्नुहोस–
सुगौली सन्धि पुरावलोकन गर्न भारत राजि
१९५० को सन्धि प्रतिस्थापन गरिने
सन् १९५० मा नेपाल र भारतबीचको सन्धि पुनरावलोकन गर्न दुई देशबीच संयुक्त कार्यदल बनाइने