प्रधानमन्त्री भन्दा अगाडिनै कांग्रेसी नेता भारत पुगे किन ?
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण हुन अझै तिन दिन बाँकि छ । प्रधानमन्त्रीले त्यहाँ उठाउने विषयवस्तु बारेपनि अन्तिम टुंगो लागिसकेको छैन । प्रधानमन्त्रीले भारतसँग के के विषय उठाउनुपर्ने हो एउटा प्रतिपक्षीका हिसाबले नेपाली कांग्रेसले केहिपनि सुझाव दिएको छैन । तर प्रधानमन्त्रीको भारत भ्रमणका विषवस्तुको टुंगोपनि नलाग्दै नेपाली काग्रेसका केहि नेता भने पहिल्यै भारत पुगिसकेका छन । किन ? अहिले नेपाली कांग्रेसका नेता चक्र वास्तोला र शेखर कोइराला भारतपुगिसकेका छन । उनीहरु प्रधानमन्त्री प्रचण्डको भ्रमणलाई प्रभावित गराउन पहिलेनै त्यहाँ पुगेको श्रोतहरुले उल्लेख गरेका छन । शेखर कोइराला पूर्व प्रधानमन्त्री गिरिजाका भतिज हुन । शेखर कोइराला र चक्र वास्तोला दुबै भारतिय नेताहरुसँग निकट सम्पर्क भएका नेताका रुपमा चिनिन्छन । यि दुबै नेता गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र पनि हुन ।
उनीहरु त्यहाँ पहिल्यै जानुको कारण भारतिय नेताहरुसँग सम्पर्क गरेर असमान सन्धि संझौताबारे प्रचण्डले उठाउने मुद्दा र अन्य द्विपक्षिय हितका बारेमा प्रभावित गर्नु हो । अर्थात अहिलेको सरकारलाई असहयोग गर्नु । प्रधानमन्त्रीको भ्रमणलाई विवादमा ल्याउने र भारतिय नेताहरुलाई उचालेर नेपालको हितमा कुनै निर्णय नगर्न अनुरोध गर्न उनीहरु त्यहाँ पुगेकोपनि श्रोतहरुले उल्लेख गरेका छन । त्यसैगरि वर्तमान सरकार ढालेर नेपाली कांग्रेस नेत्रित्वको सरकार गठन गराउन अनुरोधगर्ने योजनापनि उनीहरुको छ । त्यहि योजना मिलाउन अहिले कोइरालाले आफ्ना निकटका ब्यक्तिहरुलाई दिल्ली पठाएका हुन ।
यादगर्नुस, पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त्यसको संकेत गरिसकेका छन । केहि दिनअघि कोइरालाले यो सरकार केहि दिनमै ढल्ने सार्वजनिकरुपमा बताइसकेका हुन । र उनले माओवादी लगायतका दलले सहमतिको राजनीति तोडेको बताएका थिए । उनले सहमतिको राजनिति भन्न खोजेको आफ्नै प्रधानमन्त्रीत्वमा सरकार गठन लगायत रक्षा, ग्रिह र अर्थ जस्ता महत्वपूर्ण मन्त्रालय आफ्नै पार्टीले पाउनुपर्ने थियो । प्रधानमन्त्री प्रचण्ड चिन गएका बेलापनि नेपाली कांग्रेसका केहि नेताहरुले भारतलाई चिढ्याएको अभिब्यक्ति दिँदै हिँडेका थिए । प्रचण्ड चिनबाट फर्के लगत्तै कांग्रेसका केहि नेता चिन भ्रमणमा गएका थिए ।
(अन्य वेभ साइट, ब्लग वा पत्रपत्रिकामा प्रकाशित भइसकेका कविता, गित वा अन्य लेख रचना स्रोत उल्लेखनगरि र स्पष्ठ नपारिकन बिभिन्न ठाउँमा प्रकाशित गराउन खोज्नु वा फरक फरक ठाउँमा पठाउनु लेखकिय मान्यता बिरुद हो । नेपालप्लसकालागि त्यस्ता रचनाको खाँचो छैन। जानाजानी त्यसरि पठाउनेहरुको रचना त के पाठक प्रतिक्रियामापनि बन्देज गरिनेछ । नयाँ, छोटा र समय सान्दर्भिक लेख, रचना र कविताहरुकालागि स्वागत छ । लेखकको तस्बिर र ठेगाना खुल्ने रचनालाई प्राथमिकता दिइनेछ । सन्दर्भ पुरानो नहुने खालका रचना प्रकाशित हुन दुइ हप्तासम्म लाग्न सक्छ । तपाइँले पठाएका प्रतिक्रिया नहेरिकन प्रकाशित नहुने भएकोले केही समय लाग्छ । दोहोर्याएर पठाउनु जरुरी छैन । आफुले लेखेको प्रतिक्रिया धेरैले पढुन् भन्ने चाहनुहुन्छ भने प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस। ब्यक्तिगत गाली गलौजमा उत्रनुभन्दा संबन्धित लेख, रचनामा आफ्ना धारणा राखेर साझेदारी गर्नुहोस । अरुको धारणामा गाली गरेर होइन कि आफुले चित्त बुझ्दो तर्क दिएरनै अरुलाई आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने नभुल्नुहोस-नेपालप्लस) ।




