प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण: चुनौति र अवसर दुबै

” प्रचण्ड अब भारतलाई कुनै पनि हालतमा चिढाउन चाहँदैनन् चाहे पार्टीभित्रैबाट जतिसुकै विरोधको सामना नै गर्न किन नपरोस्

-सङ्गीत आयाम

 

जीवनको अधिकांश समय प्रधानमन्त्री हुनुभन्दा पहिला भारतलाई विस्तारवादी साम्राज्यवादी भनेर विरोध गर्ने प्रचण्ड प्रधानमन्त्री भएपछि भने उनको भाषामा आएको रूपान्तरण सबैका लागि निकै चाखलाग्दो विषय हुनपुगेको अचानक यस्तो रूपान्तरणको प्रक्रियामा सामेल हुनुमा भारत भ्रमणले सिर्जना गरेको दबाब हो या प्रधानमन्त्रीको कुर्सीमा आसीन भैसकेपछि विचार पुर्‍याएर बोल्नुपर्ने मर्यादाको कारणले हो त्यो भने आगामी दिनहरूमा प्रकट हुने नै छन् उनको भारतप्रतिको दृष्टिकोणमा आएको परिवर्तनले के सङ्केत गरेको भने उनी अब भारतलाई कुनै पनि हालतमा चिढाउन चाहँदैनन् चाहे पार्टीभित्रैबाट जतिसुकै विरोधको सामना नै गर्न किन नपरोस् हिजोका बिद्रोही नेता आज सत्तामा पुग्ने वित्तिकै भाषामा देखिएको यस्तो लचकताले उनको भारत भ्रमण रोचकताले भरिने भने निश्चितप्राय नै

 

प्रधानमन्त्री प्रचण्डले यही भदौ २९ गतेबाट भारतको भ्रमण गर्दैछन् उनी भारतसँग कति झुक्ने हुन् कति ठाउँमा चुक्ने हुन् भनेर नेपाली जनता आशङ्कितको मुद्रामा छन् भन्दा अन्यथा हुँदैन विगतका प्रायः जम्मै प्रधानमन्त्री भारतको हातका कठपुतली भएको सर्न्दर्भलाई दृष्टिगत गर्दा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण चुनौतीपूर्ण नभएको होइन उनले हिजो जनतासँग गरेका प्रतिबद्धताहरू यही भारत भ्रमणको दौरानमा स्वाभिमानपूर्वक राख्न सक्छन् कि सक्दैनन् भन्ने आजको मूलभूत प्रश्न पनि हो भारतलाई सधैं विस्तारवादीको रूपमामात्र देख्ने प्रचण्डले यो भ्रमणमा नेपालमाथि सधैं अतिक्रमण गर्ने भारतको हेपाहा प्रवृतिका बारेमा के भन्लान्, त्यो जान्न अब धेरै दिन पर्खनुपर्ने छैन

 

भारत कहिल्यै पनि चाहँदैन कि प्रचण्डको प्रधानमन्त्रित्वकाल पहिलाका अरू प्रधानमन्त्रीको कालभन्दा फरक होस् प्रचण्ड ओलम्पिक समापन समारोहका लागि चीन गएको कुराबाट पनि यो सत्य उजागार भएकै थियो एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्रको प्रधानमन्त्रीलाई विश्वका कुनै पनि देशमा जान पाउने अधिकार सुरक्षित नै हुन्छ एउटा स्वतन्त्र देशको प्रधानमन्त्री अर्को छिमेकी देशमा जाँदैमा भारत किन त्यतिसाह्रो रिसायो ? प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा यो कुरा पनि प्रष्ट हुनुपर्दछ ताकि आगामी दिनमा भारतले एउटा स्वतन्त्र देशको आन्तरिक मामलामा हस्तक्षेप गर्ने कोशिश नगरोस्  

 

प्रधानमन्त्री हुने बित्तिकै चीनको भ्रमणमा निक्लेका प्रचण्डमाथि भारतले  आफ्ना विभिन्न सूत्रहरूमार्फत दबाव बनाएको पनि थियो नेपालमा चलिरहेको परम्परालाई तोड्दै प्रचण्ड एक्कासि ओलम्पिक समापनको बहानामा चीन पुगेका पनि थिए उनले त्यहाँ भेटेका चीनका राष्ट्रपति, प्रधानमन्त्री कम्युनिष्ट पार्टीका पदाधिकारीहरूसँगको भेटका कारणले पनि भारतलाई सशंकित बनाउने कुरामा उर्जाको काम नै गरेको थियो

 

विशेष गरेर आफ्नो राजनीतिलाई सुरुदेखिनै अमेरिका भारतको विरोध गरेरनै अघि बढाएका प्रचण्डले सत्ताको बागडोर समातेपछि भाषामा मात्र नियन्त्रण गरेनन् भारतलाई खुशी पार्न पनि कुनै ठाउँ छोडेनन् भन्ने सर्न्दर्भ पनि आफ्नो ठाउँमा नभएको होइन नत्र किन चीनबाट फर्किने वित्तिकै उनले भारतलाई स्पष्टीकरण दिनुपर्‍यो ? ओलम्पिक समापन समारोहमा जानु मेरो बाध्यता थियो, मेरो पहिलो राजनीतिक भ्रमण भने भारतबाट नै प्रारभ्भ हुनेछ भनेर भन्ने प्रचण्डले आफ्नो भारत भ्रमणमा के कति सफलता हासिल गर्लान्, त्यो भने प्रतीक्षाकै विषय भएको प्रश्न उठ्छ, के प्रचण्डले आफ्नो पहिलाको राजनीतिक धारलाई अब नयाँ धारमा परिवर्तित गरेका हुन् ? कि यो प्रधानमन्त्रीजस्तो सर्वोच्च पदमा पुगेपछि गरिने कूटनीतिक भाषा हो ?

 

राजनीतिमा विरोधनीतिभन्दा कूटनीतिक कायदाले नै बढी सफलता हासिल गरेको विश्वइतिहास साक्षी हुन बाहिर बसेर विरोध गर्न जति सजिलो त्यति सत्ताको बागडोर सम्हाल्दा हुँदैन नै कुनै पनि गरिब देशलाई सञ्चालन गर्ने प्रक्रियामा विदेशी हस्तक्षेपको सर्न्दर्भ नौलो पनि होइन एक नेपाल विदेशी ऋण अनुदानको भरमा निर्भर भने उसमाथि यहाँका अधिकांश नेताहरूको राजनीतिक शिक्षादीक्षा विदेशीको हातमा नै नियन्त्रित रहँदै आएको अवस्था पनि आजसम्म यहाँ त्यस्तै परम्पराको नै निर्वाह हुँदै आएको जसलाई प्रधानमन्त्री प्रचण्डले पनि अनुसरण गरे भने अनौठो लाग्ने छैन

 

नेपालको राजनीतिमा धेरै प्रधानमन्त्रीहरू आए गए तर स्वाभिमानका साथमा भारतसँग आफ्ना कुराहरू प्रष्टसँग राख्ने प्रधानमन्त्री सायदै कुनै थिए यस्तो गर्छु र उस्तो गर्छु भनेर नेपालका कुनै पनि प्रधानमन्त्री जब भारतको भूमिमा प्रवेश गर्दथ्यो तव स्वत भारतीय अधिकारीहरूका सामुन्यमा निरीह हुन्थ्यो

 

प्रधानमन्त्री भएपछि प्रचण्डका लागि ठूलो परीक्षणको घडी पनि हो यो भारत भ्रमण उनी पहिलाका प्रधानमन्त्रीभन्दा के कति कुरामा फरक छन् भन्ने सत्य तथ्यलाई यसपल्ट नेपाली जनताले राम्रोसँग परीक्षण गर्ने अवसर पनि पाएका छन् प्रधानमन्त्री प्रचण्ड नेपाली जनताका आँखामा नायक बन्ने हो कि खलनायक बन्ने हो, उनको भारत भ्रमणले केही हदसम्म यो कुरालाई पनि प्रमाणित गर्नेछ

प्रधानमन्त्री प्रचण्डका अगाडि धेरै मुद्दाहरू छन् भारत भ्रमणताका उठाउनु पर्ने चाहे त्यो बारम्बार नेपाली भूमि अतिक्रमणमा परेको मुद्दा होस् या भारतसँग विभिन्न समयमा गरिएका जलस्रोत सम्बन्धी असमान सन्धिहरूका बारेमा होस् भारतबाट पेट्रोलियम पदार्थ सहजरूपमा आपूर्ति हुन नसकेको सन्दर्भ एकातिर भने अर्कोतिर भारतले जबरजस्ती सीमाको ५०० मिटरभित्र ठूला ठूला विकास निर्माणका कामलाई एकपक्षीय ढङ्गले अगि बढाइरहेको यथार्थ पनि प्रकट भैरहेकै नेपाली मालसामान निर्बाधरूपमा भारतमा निर्यात गर्ने पाउने अधिकार एकातिर कुण्ठित अवस्थामा भने अर्कोतिर भारतमा काम गर्ने लाखौं नेपालीहरूको अवस्था अत्यन्तै दयनीय हालतमा नेपाली चेलीबेटीहरू अहिले पनि भारतमा हजारौंको सङ्ख्यामा बिक्री वितरण हुन्छन् यी यस्ता केही मुद्दाहरू हुन् जसलाई नेपाली जनताको नाममा शपथ खाने प्रधानमन्त्री प्रचण्डले शसक्तरूपमा आफ्नो भारत भ्रमणमा उठाउनुपर्नेछ     

 

प्रधानमन्त्री प्रचण्डको लागि यो भारत भ्रमण अवसरका साथसाथै  चुनौती पनि हो अवसर यस अर्थमा कि उनले परम्परादेखि चल्दै आएको संस्कारलाई तोड्न सके भने प्रधानमन्त्रीका रूपमा उनलाई हेर्ने दृष्टिकोण नै बदलिन सक्छ चुनौती यस अर्थमा कि प्रचण्डका सामु नेपाली हक हितका कुरा प्रष्टसँग विदेशी प्रमुख शक्ति भएर उदाउँदै गरेको भारतसँग प्रस्तुत गर्न सजिलो भने छैन किनकि भारतको सदावहाररूपमा रहेको साना देशहरूप्रतिको हेपाहा प्रवृत्तिलाई उनले यस भ्रमणकालमा कष्टसाथ झेल्नु पनि पर्नेछ यति हुँदाहुँदैपनि प्रधानमन्त्रीको भारत भ्रमणले नेपाललाई दिगोरूपमा हित हुने गरेर कुनै ठोस निर्णय गर्न सक्यो भने त्यो नेपाली जनताका लागि कुनै ठूलो उपलब्धिभन्दा कम हुने छैन

 

[email protected]

(अन्य वेभ साइट, ब्लग वा पत्रपत्रिकामा प्रकाशित भइसकेका कविता, गित वा अन्य लेख रचना स्रोत उल्लेखनगरि र स्पष्ठ नपारिकन बिभिन्न ठाउँमा प्रकाशित गराउन खोज्नु वा फरक फरक ठाउँमा पठाउनु लेखकिय मान्यता बिरुद हो । नेपालप्लसकालागि त्यस्ता रचनाको खाँचो छैन।  जानाजानी त्यसरि पठाउनेहरुको रचना त के पाठक प्रतिक्रियामापनि  बन्देज गरिनेछ । नयाँ, छोटा र समय सान्दर्भिक लेख, रचना र कविताहरुकालागि स्वागत छ  । लेखकको तस्बिर र ठेगाना खुल्ने रचनालाई प्राथमिकता दिइनेछ । सन्दर्भ पुरानो नहुने खालका रचना प्रकाशित हुन दुइ हप्तासम्म लाग्न सक्छ । तपाइँले पठाएका प्रतिक्रिया नहेरिकन प्रकाशित नहुने भएकोले केही समय लाग्छ । दोहोर्‍याएर पठाउनु जरुरी छैन । आफुले लेखेको प्रतिक्रिया धेरैले पढुन् भन्ने चाहनुहुन्छ भने प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस। ब्यक्तिगत गाली गलौजमा उत्रनु भन्दा संबन्धित लेख, रचनामा आफ्ना धारणा राखेर साझेदारी गर्नुहोस । अरुको धारणामा गाली गरेर होइन कि आफुले चित्त बुझ्दो तर्क दिएरनै अरुलाई आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने नभुल्नुहोस-नेपालप्लस)

 

 

तपाइँको प्रतिक्रिया