राष्ट्रघाती सन्धिकै पक्षमा एमाले

madhav-nepal.jpgचौध वर्ष भन्दा लामो समय नेकपा एमालेको नेत्रित्व लिएका पूर्व महासचिव माधव कुमार नेपालले आज एक्कासि महाकाली सन्धि नेपालको हितमा रहेको अभिब्यक्ति दिएर जनतालाई ढांट्ने काम गरेका छन । आज नेपालले महाकाली सन्धि राष्ट्रघाती होइन भन्ने कुरा आफुले दशौं पटक भन्दै आएको काठमाडौंमा बताएका छन । उनले यदि महाकाली सन्धि राष्ट्रघाती भए राष्ट्रवादी सन्धि गरेर देखाउनु भनेर नेकपा (माओवादी) लाई चुनौतिसमेत दिएका छन । उनले महाकाली सन्धिलाई राष्ट्रघाती भन्ने पार्टीका अध्यक्ष प्रचण्ड भारत भ्रमणमा जान लागेकाले राष्ट्रहितकारी, राष्ट्रप्रेमी र नेपालको पक्षमा अर्को सन्धि गरेर आएर देखाउनु भन्दै चुनौति दिए । 

वास्तबमा नेपाली जनतालाई महाकाली सन्धि गरेर फाइदै फाइदा हुन्छ भन्दै ढाँटेर २०५३ असोज ४ गते शुक्रबार मध्यराति संसद्बाट अनुमोदन गरिएको थियो महाकालि सन्धि । यो सन्धिको त्यतिबेला हजारौं लाखौं जनताद्वारा बिरोध गर्दागर्दै जबर्जस्ति गरिएको थियो । त्यो सन्धि त्यतिबेलाको सत्तारुढ दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सद्भावना पार्टी र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मिलेर भारतलाई सुम्पेका थिए । त्यहि सन्धि गर्दा बोराका बोरा भारतिय शासकहरुबाट पैसा लिएर राष्ट्रघातीले महाकाली बेचे, त्यस्ता देशघातीसँग बस्न सकिँदैन भन्दै नेकपा (एमाले) फुटेको थियो । महाकाली सन्धिमा हस्ताक्षर नगर्नेहरुको नेत्रित्व वामदेव गौतमले गरेका थिए  जसमा सहाना प्रधान, राजेन्द्र श्रेष्ठ, सीपी मैनाली लगायतका नेताहरुले नेकपा माले गठन गरे । पछि वामदेव लगायतका मालेका धेरै त्यहि “राष्ट्रघाती”हरु समक्ष फर्किएपनि सीली मैनाली लगायतका नेताहरु अझै मालेमै छन ।

हामीलेपनि त्यो सन्धि राष्ट्रघातीनै हो भन्ने बुझ्दै आएका हौं । र नेपालका जलश्रोतबिज्ञ लगायत सन्धि संझौताविदहरुलेपनि नेपाल भन्दै आएका छन । तर अहिले आएर नेकपा एमालेका नेता माधव नेपालले त्यो सन्धि राष्ट्रघाती होइन भन्नु को अर्थ के ? नेकपा माओवादीले नेपालको हित बिपरित रहेका सन्धि संझौता पुनरावलोकन वा खारेजि गर्नुपर्छ भनिरहेको बेला त्यसो भन्नु अर्थ आफुलाई भारतमुखि देखाएर चाकरि गर्न ?  कि नेपालको हित अनूकुन सन्धि संझौता नहोस भनेर भारतलाई उचाल्न ?

 महाकाली सन्धि संबन्धि तलका समाचार र लेख पनि हेर्नुहोस । तिनमध्ये कुनैमा पनि नेपालको हित भयो महकाली सन्धिमा भनेर लेखिएको छैन । प्रचण्डको भारत भ्रमण हुनु ठिक अघि त्यसरि भारतिय हितका बारेमा माधव कुमार नेपाल कुर्लनुको कारण के होला ?

अन्तरिम संविधानमा सन्धि-सम्झौता

राष्ट्रघातीहरु राष्ट्रवादी भए कसरी ?

 शुक्रबार मध्यराति यसरी बेचियो महाकाली 

महाकाली सन्धिको खोजीनीति गर 

(अन्य वेभ साइट, ब्लग वा पत्रपत्रिकामा प्रकाशित भइसकेका कविता, गित वा अन्य लेख रचना स्रोत उल्लेखनगरि र स्पष्ठ नपारिकन बिभिन्न ठाउँमा प्रकाशित गराउन खोज्नु वा फरक फरक ठाउँमा पठाउनु लेखकिय मान्यता बिरुद हो । नेपालप्लसकालागि त्यस्ता रचनाको खाँचो छैन।  जानाजानी त्यसरि पठाउनेहरुको रचना त के पाठक प्रतिक्रियामापनि  बन्देज गरिनेछ । नयाँ, छोटा र समय सान्दर्भिक लेख, रचना र कविताहरुकालागि स्वागत छ  । लेखकको तस्बिर र ठेगाना खुल्ने रचनालाई प्राथमिकता दिइनेछ । सन्दर्भ पुरानो नहुने खालका रचना प्रकाशित हुन दुइ हप्तासम्म लाग्न सक्छ । तपाइँले पठाएका प्रतिक्रिया नहेरिकन प्रकाशित नहुने भएकोले केही समय लाग्छ । दोहोर्‍याएर पठाउनु जरुरी छैन । आफुले लेखेको प्रतिक्रिया धेरैले पढुन् भन्ने चाहनुहुन्छ भने प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस। ब्यक्तिगत गाली गलौजमा उत्रनु भन्दा संबन्धित लेख, रचनामा आफ्ना धारणा राखेर साझेदारी गर्नुहोस । अरुको धारणामा गाली गरेर होइन कि आफुले चित्त बुझ्दो तर्क दिएरनै अरुलाई आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने नभुल्नुहोस-नेपालप्लस) ।



 

तपाइँको प्रतिक्रिया