फ्रान्समा बस्ने यूवाहरुले नेपालको दूर्गम भागमा सहयोग गर्ने

 (एकता समाजको वार्षिक भेलाको विवरण सहित)

फ्रान्समा बसेका नेपाली युवाहरूको संस्था नेपाली एकता समाज । यी यहीँ बस्छन् । यहीँ रमाउँछन् । यतै आइपुगेका नेपालीलाई मात्रै हेर्छन् । सम्पन्नशाली देशमा सुखी जीवन बिताउने ध्येय छ यीनको भनेर यदाकदा चर्चा हुने गर्थ्यो । अब ती सबै गानगुन, चर्चा र गुनासालाई चिर्दै यी यूवाहरुले नेपालका ग्रामीण भेगको सानोतिनो दुखमा साथ दिने निर्णय निर्णय गरेका छन् ।

संस्था गठन भएर सक्रिए भएकै जम्मा एक वर्ष भयो । दोस्रो वर्षमै अर्थात् आगामी सन् २०११ सालदेखि नै नेपालका दूर्गम तथा बिकट भागमा रहेका गरिव विद्यार्थीहरूको सहयोग र त्यस्तो क्षेत्रमा खानेपानीको टड्कारो समस्या भए सहयोग गर्ने । अन्य कुनै राहत सामाग्री पुर्‍याउने उद्देश्य राखेका छन् । त्यसको लागि केही युवाहरूले मासिक रूपमा निश्चित रकम दिन तयारपनि भैसकेका रहेछन् । एकता समाजले त्यसको लागि छुट्टै समितिनै खोल्न लागेको छ । नेपालको लागि केही गर्दैनन् भनेर गुनासो गर्ने, नेपालका लागि सहयोग गर्नुपर्छ भनेर आवाज उठाउने, गरिव नेपाली वस्तीमा केही सहयोग गर्न पाए अघि सर्थें भन्नेहरूको लागि यो एउटा अवसर हुन सक्छ । इच्क्षा हुनेहरूलाई त्यो समितिमै बसेर सामाजिक काम गर्न एकता समाजले आग्रह गरेको छ ।

एकता समाजले यही १८ तारिख आफ्नो दोस्रो वार्षिक कार्यक्रमपनि विविध गतिविधिका साथ मनाउँदै छ । त्यसमा फ्रान्सका लागि हाम्रा नयाँ राजदूत मोहनक्रिष्ण श्रेष्ठकोपनि उपस्थिति हुने जनाइएको छ । पेरिसमा बस्दै आएका केही नयाँ कलाकारहरूले सांस्क्रितिक कार्यक्रम देखाउने छन् ।

कार्यक्रमको विवरण तल हेर्नुस्—

मिती-          आईतवार १८ जुलाई, २०१०

कार्यक्रम हुने स्थान- 1 rue du 8 mai 1945

                                    94700 Maison Alfort

 मेट्रो-                 Maison Alfort stade (लाईन-८)

समय-              १२ : ३०  बाट नेपाली भोजन शुरु

                         १४ बजेबाट मन्तब्य राख्ने क्रमसँगै कार्यक्रम शुरु

                         १५ : ३० बाट सांस्क्रितिक कार्यक्रम

                         १७: ३० मा समापन

 सम्पर्क-        तप्त भण्डारी / फोन-०६ ८५ ७८ ६० ५७ (मोबाईल)

०१ ५८ ८९ ११ ७७ (घर)

सुक गुरुङ– ०६ १७ ०८ १३ ८६ (मोबाईल)

ईमेल-           [email protected]

प्रवेश शुल्क- प्रतिब्यक्ति १० यूरो (दश वर्ष मुनीकालाई निशुल्क) ।

तपाइँको प्रतिक्रिया