राजनीतिक तानातानमा कोशी पिडित

भोकले छट्पटाएको बाघका अगाडि खुट्टा भाँचिएको म्रिग ।  दुख नगरि अँठ्याउन पाइने । अहिले त्यस्तै भएका छन कोशी पिडितहरु। चुनावको बेला भए राजनीतिक दलहरु झण्डा र झल्लर, माइक र गाडि, पोष्टर र पम्प्लेटको खात लगाएर गाउँगाउँ कार्यकर्ता खटाउँथे नेताका भाषण सुनाउन । जनताले टेर पुच्छर लगाउँदैनथे । शहर शहर, गाउँ गाउँ डुल्नुपर्थ्यो । गाली र हप्कि सहनु पर्थ्यो । के गर्‍यौ यतिका वर्ष साइँदुवा हो भन्थे । चाहिँदैन तिम्रा आश्वासन भन्ने आँट आउँथ्यो । तर जनता अहिले निरिह छन । सास छउन्जेल आश भने झैं  टाउको माथि समस्याको पहाड, ह्रिदयमा बेदनाको भारि र आँखाभरि आँशुका नदी बगाएर बसेका बेला नेताका भाषण एकपछि अर्को गर्दै सुन्न बाध्य छन । कोही गाडीमा गएका छन । कसैको हेलिकोप्टर तिनको टाउकैमाथिबाट नाच्दै पुग्छ । एनजिओहरुको फलिफाप भएको छ । यसो गर्नुपर्छ र उसो गर्नुपर्छ भन्दै ति योजनाका ढड्डा बोकेर दौडिएका छन । नत्र के त्यत्रा नेता हरेक दिन गएर भाषण ठोक्नु पर्छ ? उहि विषय, तिनै जनता, एकै सरकार, त्यहि ठाउँमा हरेक दिन भिन्न भिन्न नेता गएर किन भाष ठोक्दै आश्वास बाँड्ने ? एउटै पार्टीका भिन्न भिन्न नेता गएर उहि कुरा दोहोर्‍याई तेर्‍याइ त्यहि फुक्छ ।

 हो, बिपत्तिमा परेका जनतालाई ढाडस दिनु पर्छ । सान्त्वनामात्रैको पनि जरुरी छ अहिले । निरीक्षणपनि गर्नुपर्छ । तर के नेताको अर्को काम छैन ? भन्ने अन्य विषय छैनन ? जुनपनि नेता जाने अनि यसो गर्छु र उसो गर्छु भनेर आश्वास दिने । एकै दिन एउटै विषयका बारेमा बोल्नपनि किन नेताहरुको पालैपालो घुइँचो लाग्ने ? सद्भावनाकि शिक्षामन्त्री रेणु यादव गइन र शिक्षाको तुरुन्त ब्यवस्था गर्छु भनिन । त्यसै दिन फेरि हुर्रिँदै स्वास्थ्य मन्त्री गिरिराजमणी पोख्रेलपुगे । स्वास्थ्यका बारेमा मात्रै बोले त हुन्थ्यो । उनले त कोशी संझौता, त्यो क्षेत्रमा संकटकाल लगाउने आदि इत्यादिदेखि बजेटको फेहरिस्तसम्म सुनाएर आए । भूतलमा कतै फेला नपर्ने आफ्नो पार्टीको प्रभाव बढाउन सकिन्छ कि यहि मौका छोपेर भन्ने होला उनलाई बरा ।

प्रधानमन्त्री त पुग्नै पर्थ्यो पुगे। त्यो त सामान्य नै भयो । अनि कृषि तथा सहकारीमन्त्री जयप्रकाशप्रसाद गुप्ताले गुप्ता पुगेर त्यहि कुरा कुरा दोहोर्‍याएनन मात्रै आम जनताको सुविधाका लागि सुनसरीको भन्टाबारीदेखि लौकहीसम्म आवतजावतका लागि निःशुल्क मोटरबोट सञ्चालन गरिने आश्वास दिए । अनि ट्याक्क पुगे ग्रिह मन्त्री वामदेव गौतम । उनले त झन यस्तो चटकि भाषण ठोके कि बाढीको बिपत्तिमा परेकामाथिनै लुटपाट भइरहेको खबर आइरहेका बेला बाढीग्रस्त ठाउँमै नपुगि एमालेका कार्यकर्ता जम्मा पारेर अब केहि दिनबाट शान्ति र सुरक्षा बलियो बन्ने भाषण ठोकेर आए ।  त्यसबाहेक प्रधानमन्त्री प्रचण्डसँगै मधेसी जनाधिकार फोरमका संयोजक तथा सभासद् उपेन्द्र यादव, नेकपा (एमाले) का नेता भरतमोहन अधिकारी, सभासद् नारायणकाजी श्रेष्ठपनि पुगेका हुन । उनीहरुलेपनि छोड्ने कुरा भएन नै ।

अहिले जुन राजनीतिक दलको त्यहाँ प्रभाव थिएन तिनलाई अनेक आश्वासन देखाएर राजनीतिक प्रभाव बढाउने केन्द्र बनेका छन कोशी पिडित । जसको बलियो प्रभाव छ उसलाई अरुले आश्वान बाँडेर खोस्लान भन्ने चिन्ता । उसले त्यसलाई कायम राख्ने र नहुनेले प्रभाव बढि हुनेको तोड्ने । सरकारमै नहुने नेपाली  कांग्रेसले सरकारलाइ आरोपलगाउने । सरकारमा हुनेले बिगतको सरकारको भन्दै सत्तो सराप गरेर जनताका अगाडि ति नराम्रा भनेर देखाउने ।तिनले नहेरेर बाँध फुट्यो । बाँधको लागि आएको पैसा भ्रष्टाचार गरे भन्दै आरोप प्रत्यारोप सुनाइरहेका छन बिचरा पिडितहरुका अगाडि गएर । तपाइहरुलाई केहि गरेनन भनेर उचाल्नेहरुपनि यहि बेला पुगेका छन ।

कोशी क्षेत्रमा भएको मन्त्रीहरुको भिडम भिड र आश्वास देख्दा त देशमा गर्नु पर्ने अन्य विषयनै छैनन जस्तै लाग्छ । नेताहरुले तत्कालका लागि भोटको राजनीति र तानातान नगरेहुने थियो । तर यहिँनिर सकारात्मक कुरालाईपनि प्रशंसा गर्नै पर्छ है । यति ठुलो क्षति भारत र नेपाल दुबै तर्फ हुँदा नेपाली पक्ष धेरै अगाडि देखिएको छ । कमजोरीहरु त छन नै तर अहिलेको सरकार र आम नेपालीहरु उद्दार र ब्यवस्थापनमा भारतियहरु भन्दा निकै अगाडि देखिएका छन । यो बेला नेपाली सेनाले पनि अतिनै प्रशंसनिय काम गरेको छ । यहि बेला बाढी पिडितलाई सहयोग गर्न देशैभरि वाइसियल परिचालनगरेको अर्को सकारात्मक समाचारपनि सुन्न पाइएको छ ।

भारतिय बाढी पिडितहरुको अवस्था जान्न चाहनुहुन्छ भने तलको फोटो फिचर र समाचार हेर्नुहोस हिन्दी भाषामा—-

  तस्वीरों में: अररिया के बाढ़ पीड़ितों के शिविर से

‘अब भगवान भरोसे हैं, जिएं या मरें…’

राहत शिविरों में लोग हैं परेशान

‘जाएँ तो जाएँ कहाँ?’

(अन्य वेभ साइट, ब्लग वा पत्रपत्रिकामा प्रकाशित भइसकेका कविता, गित वा अन्य लेख रचना स्रोत उल्लेखनगरि र स्पष्ठ नपारिकन बिभिन्न ठाउँमा प्रकाशित गराउन खोज्नु वा फरक फरक ठाउँमा पठाउनु लेखकिय मान्यता बिरुद हो । नेपालप्लसकालागि त्यस्ता रचनाको खाँचो छैन।  जानाजानी त्यसरि पठाउनेहरुको रचना त के पाठक प्रतिक्रियामापनि  बन्देज गरिनेछ । नयाँ, छोटा र समय सान्दर्भिक लेख, रचना र कविताहरुकालागि स्वागत छ  । लेखकको तस्बिर र ठेगाना खुल्ने रचनालाई प्राथमिकता दिइनेछ । सन्दर्भ पुरानो नहुने खालका रचना प्रकाशित हुन दुइ हप्तासम्म लाग्न सक्छ । तपाइँले पठाएका प्रतिक्रिया नहेरिकन प्रकाशित नहुने भएकोले केही समय लाग्छ । दोहोर्‍याएर पठाउनु जरुरी छैन । आफुले लेखेको प्रतिक्रिया धेरैले पढुन् भन्ने चाहनुहुन्छ भने प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस। ब्यक्तिगत गाली गलौजमा उत्रनु भन्दा संबन्धित लेख, रचनामा आफ्ना धारणा राखेर साझेदारी गर्नुहोस । अरुको धारणामा गाली गरेर होइन कि आफुले चित्त बुझ्दो तर्क दिएरनै अरुलाई आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने नभुल्नुहोस-नेपालप्लस) ।

 

तपाइँको प्रतिक्रिया