स्खलनको पथमा प्रचन्डपथ

-सौरभ क्षेत्री 

कुनैबेला प्रचण्डपथ भन्नासाथ आहै आहै थियो धेरै गरिखाने मानिसकालागि । दिन दुखिहरुकालागि ।  त्यसो त, दलाल र चुसाहा, पिडक र शामान्तहरुकालागि खतराको घण्टिपनि । प्रचण्डपथ भन्नासाथ थरर हुन्थे चुसेर खान पल्केकाहरु। यो यति भयंकर हौवा थियो कि अन्य वामपन्थि दलहरु पहिले प्रचण्डपथ बिघटन गरिनुपर्छ भन्थे वाम एकताकालागि । प्रचण्डपथ रहुन्जेल prachanda.jpgडाइनोसर झै आफ्नो अस्तित्व बिलुप्त हुन्छ भन्ने भन्ने भय उनिहरुमा थियो। माओवादीले वाम एकताको प्रस्ताबगर्दा एमालेले पहिलो शर्त नै यहि राखेको थियो । तर हेर्नुस त यो प्रचण्डपथ आज कहाँ गयो ?  शहरी बिदोहबाटै राज्यसत्ता कब्जा गर्न सकिन्छ भन्दै होमियो माओवादी शान्तिपूर्ण आन्दोलनमा । संसदलाई उपयोग गरेर जनताका न्युनतम आवश्यकता पुरा गर्न सकिन्छ भन्दै संसदिय निर्वाचनमा ओर्लियो । र उसले प्रचण्डपथका मार्गदर्शक प्रचण्डलाई कार्यकारी अधिकारसहितको राष्ट्रपति प्रस्ताब गरेर संबिधान सभा निर्वाचनमा हेलियो । भित्ते राष्ट्रपतीको उपाधी पाएपनि जनताले सबै भन्दा ठुलो जिम्मेवारी दिए। यहाँसम्म त ठिकै थियो । तर निर्वाचनमा जितेको त्यो शक्ति आफ्नो अडानमा अडिग रहन सकेन र उसले नेपाली कांग्रेस जस्तो माओवादी आफैंले भन्ने गरेको नवसामान्तवादहरुको पार्टी” का अगाडि झुक्यो। अनि कार्यकारी अधिकार सहितको राष्ट्रपतिबाट बिचलित भयो । उ राष्ट्रपति पदलाई सेरेमोनियल बनाउन राजी भयो । त्यहि राष्ट्रपति पदकालागिपनि उसले अफ्नो पार्टीमा कुनै खास देन नदिएको ब्यक्ति रामराजाप्रसाद सिंहलाई प्रस्ताब गर्‍यो। नेपाली कांग्रेसले माओवादीलाई एक पछि अर्को शर्तमा बाध्य पार्दै लग्यो । त्यहि प्रचण्डपथ अन्तर्गत हुने खाने वर्ग र सामान्तको हात बाट खोसेर गरिब जनतालाई बाँडेको जग्गाजमिन फिर्ता गर्छौ भनेर कबुलियति गर्‍यो । उसले आम सर्वहारा जनताको लडाइ र रगतबाट प्राप्त साधनलाई फेरी सामान्तकै हातमा फिर्ता गर्ने बचन बद्दत्ता गरेर आफ्नै मार्ग भुल्यो ।  प्रचण्ड पथ बिचलन त्यतिमा मात्रै भएन । उसले त पुँजीवादी राज्य व्यवस्था अनुसारनैपनि निर्वाचनमा सबै भन्दा बढि मत ल्याउने दलले सरकार बनाउन पाउनुपर्ने प्रचलनलाईपनि कायम गर्न सकेन । बरु नेपाली कांग्रेसले उसलाइ सरकार बनाउन नदिने षड्यन्त्रले तेर्स्याएका शर्तमा राजि हुँदै गयो । र प्रचण्डले एक दिन नेपाली कांग्रेस सितको बैठकमा सिधै भने-तपाइँहरुका शर्त के के हुन लिखित ल्याउनुस म सहि गरिदिन्छु। सामान्तिहरुका अगाडि घुँडा टेकेर जुनसुकैपनि शर्तमा संसदिय सरकारमा जाने यहि यो प्रचण्ड पथ ?  संसदिय भासमा गएर सरकार बनाउनकालागि के सम्म गरेन पचण्डपथले ? देश टुक्य्राउनकालागि बिदेशी बिस्तारवादी र धार्मिक प्रिथकतावादीसम्मको आड लिएर आन्दोलनरत मधेशी जन अधिकार फोरमलाई बुइमा चढाएर उ सरकारमा गयो अपराधीहरुको समूह भनेर आफैंले परिभाषित गरेको त्यो समूह कसरि प्रचण्डपथसँग मिलेर सरकार बनाउने बेलामा चोखियो ? हुँद हुँदा त प्रचण्डपथ यति सम्म झुक्न थाल्यो कि राष्ट्रपति हामी हारेकलाई बनाउँदैनौ भनेर लिएको अडानको मसी सुक्न नपाउँदै उसले त्यहि निर्वाचनमा हारेको अर्को पात्रलाई उपप्रधानमन्त्री पद दिन सहमत भयो । त्यसमापनि प्रचण्डपथले फेरी एमालेका अगाडि घुँडा टेकेर दोस्रो बरियताक्रममा त्यहि हरुवालाई राख्न सहमत भयो ।  यो भन्दा अगाडि प्रचण्डपथले सरकारमा जानेहरुले जनमुक्ति सेनाबाट हट्नुपर्छ बन्ने नवधनाढ्य सामान्तहरुकै इशारामा एमाले, नेपाली कांग्रेस र फोरमले राखेका शर्तलाई सिरोधार गरिसकेको थियो। आफ्ना जनसेनालाई शिबिरमा भोकै र नांगै राखेर आफु सरकारमा पुग्नासाथ जुन सामान्ति सेना भनिदै आएको थियो त्यसैको सुरक्षा घेरामा बस्न प्रचण्डपथ राजि भयो । के यो जनसेनालाई अपहेलना गरिएको होइन ? हिजोको “सामान्ति सेना” को घेरामा आफु सुबिधा सम्पन्न ठाउँमा बस्न सुहाउँथ्यो जनसेनाका सर्बोच्च कमाण्डर जनसेनालाई राष्ट्रिय सेनामा समायोजन नगरि ? कोही शिबिरमा भोकै, नांगै र रोगले ग्रस्त भएर बस्ने तर जन सेनाका कमाण्डर भने सामान्ति सेनाको सुरक्षामा सामान्ति राज्यसत्ताले बनाएको सुबिधा सम्पन्न ठाउँमा बस्ने ? कहा गयो त खोइ प्रचण्डपथको समानता ? के यो प्रचण्डपथको बिचलन होइन ?  

सामान्तिहरुका हरेक स्वार्थ, शर्त र शड्यन्त्रहरुलाई असफल बनाउन सफल प्रचण्डपथ असफल हुँदै गएको छ । चिन भ्रमण लगत्तै पहिलो राजनितिक भ्रमण भारतबाट शुरु हुन्छ भनेर भारतलाई रिजाउन वा भारतदेखि डाराएर दिएको अभिब्यक्ति प्रचण्डपथको पहिलो कूटनितिक स्खलन हो । राजनीतिक दलहरुसँगको बैठकमा सहमति गर्ने अनि पछि तिनै नेताहरुसित सहमति पालना नगर्ने । “साथीहरुले मान्नु भएन, मलाई अप्ठेरो पर्‍यो, हाम्रो बाध्यता बुझिदिनुस” भन्दै तिनै दलहरुसित रोइ कराइ गर्ने । के यहि यति फितलो रहेछ प्रचण्डपथ ? सरकार राम्ररीपनि गठन नहुँदै र संबिधान सभाको चुनाव भएको ६ महिनापनि नबित्दै प्रचण्डपथ यति धेरै स्खलन भएको छ कि यस्तै पाराले उ स्खलित हुँदै गयो भने उसले माओवादी पार्टीलाईनै जनता परिषद बनाउने छ र आफुपनि मोदनाथ प्रश्रीत, मोहन बिक्रम सिं,  सिपी मैनाली मार्काका कम्युनिष्ट भन्दापनि स्खलित हुनेछ । (यो लेखमा नेपाल प्लसको पूर्ण सहमति र बिमति दुबै छैन । इमेलबाट लेखकले पटक पटक आग्रह गरेर पठाएको यो लेख बहसकालागि राखिएको हो-नेपालप्लस) ।

(अन्य वेभ साइट, ब्लग वा पत्रपत्रिकामा प्रकाशित भइसकेका कविता, गित वा अन्य लेख रचना स्रोत उल्लेख नगरि पठाउनु, झुक्याएर बिभिन्न ठाउँमा प्रकाशित गराउन खोज्नु र स्पष्ठ नपारिकन एउटै रचना बिभिन्न ठाउँमा पठाउनु लेखकिय मान्यता बिरुद हो । नेपालप्लसकालागि त्यस्ता रचना मान्य छैनन ।  जानाजानी त्यसरि पठाउनेहरुको रचना त के पाठक प्रतिक्रियामापनि  बन्देज गरिनेछ । नयाँ, छोटा र समय सान्दर्भिक लेख, रचना र कविताहरुका लागि स्वागत छ  । लेखकको तस्बिर र ठेगाना खुल्ने रचनालाई प्राथमिकता दिइनेछ । सन्दर्भ पुरानो नहुने खालका रचना प्रकाशित हुन दुइ हप्तासम्म लाग्न सक्छ । तपाइँले पठाएका प्रतिक्रिया नहेरिकन प्रकाशित नहुने भएकोले केही समय लाग्छ । दोहोर्‍याएर पठाउनु जरुरी छैन । आफुले लेखेको प्रतिक्रिया धेरैले पढुन् भन्ने चाहनुहुन्छ भने प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस। ब्यक्तिगत गाली गलौजमा उत्रनु भन्दा संबन्धित लेख, रचनामा आफ्ना धारणा राखेर साझेदारी गर्नुहोस । अरुको धारणामा गाली गरेर होइन कि आफुले चित्त बुझ्दो तर्क दिएरनै अरुलाई आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने नभुल्नुहोस-नेपालप्लस) ।

तपाइँको प्रतिक्रिया