बोली फेर्दैछन् मन्त्रीहरू

सत्ता भनेको कस्तो चीज रहेछ ! चार दिन अघिसम्म सरकारलाई कसैले हल्लाउन सक्दैन, यो सरकारको विकल्प छैन भन्ने मन्त्रीहरू नै अहिले बोली फेर्न थालेका छन् । जबसम्म प्रधानमन्त्रीले कुनैपनि शर्त र धाक धम्कीका अगाडि झुक्दिन, राजीनामा ज्यान जाला दिन्न भन्दै थिए त्यो बेला सम्म सरकार भनेको पेवा झैं गरेर मन्त्रीहरू कुर्लिरहेका थिए यो सरकार संविधान नबनाई हट्दैन भन्दै । जब प्रधानमन्त्री लर्बराउन थाले, गले अनि तीनै मन्त्रीहरूले सहमतिय राष्ट्रिय सरकार चाहिन्छ भन्दै बोली फेर्दै छन् ।

शान्ति संझौता नै भंग होस सरकारका प्रवक्ता र सूचना तथा संचार मन्त्री शंकर पोखरेल त्यसैगरी कुर्लिँदै थिए अस्ति सम्म । उनी कुनैपनि हालतमा यो सरकार परिवर्तन हुन्न भन्दै थिए । तागत भए बहुमत देखाएर सरकार बनाउनुपर्छ भन्ने गर्थे । संविधान यही सरकारले बनाउँछ, शान्ति संझौतालाई टुंगोमा पुर्‍याउने यही सरकार हो, यो बहुमतीय सरकारको विकल्प नै छैन भन्दै थिए । त्यही ड्याङमा स्वर मिलाउने थिए ग्रिहमन्त्री भिम रावलपनि । आन्दोलन गरे तह लगाइन्छ भन्थे ।

तर अहिले यीनै मन्त्रीहरूले एक्कासि ९० डिग्री को कोणमा स्वर बदलेर राष्ट्रिय सरकारको वकालत गर्न थालेका छन् हिजोदेखि । माओवादी नागरिक पार्टी नभएसम्म ,सरकार नछोड्ने, शान्ति वार्ता टुंगोमा पुग्ने र संविधान बन्ने निश्चित नभएसम्म सरकार बदलिन्न भनिरहेका यी दुबै मन्त्रीहरूले हिजो बोली फेरेर जेठ १४ गरेको सहमति कार्यान्वयन नभएकोले समस्या परेको बताए । शंकर पोखरेलले त सरकार ती तिन बुँदे सहमति कार्यान्वयन गराउन सरकारले सहयोग गर्ने समेत भन्न भ्याए । शान्ति र संझौतालाई टुंगोमा पुर्‍याउन सहमतीय राष्ट्रिय सरकारको आवश्यकता भएको भन्दै बोली फेरेका छन् ।

के संकेत गर्छ मन्त्रीहरूको यो बोली फेराइले ? अहिलेसम्म ढाँटेका झूटा कुरा लाई सच्याउने, जनताका अगाडि सहमतिको प्रयास थालेको सन्देश दिने ? कि अब माओवादीसित मिलेर अर्को सरकार बनाउने अवस्था आउन सक्छ, नेपाली काँग्रेसलाई धोका दिनुपर्ने अवस्था आउन सक्छ भनेर त्यसैको तयारीका लागि ?

तपाइँको प्रतिक्रिया