आफ्नै वालकको हत्या नगर माओवादी

प्रधानमन्त्री माधवकुमार नेपालले भनिसके- संबिधान सभा माओवादीको वच्चा हो । उसैलाई यसको माया छ भने छ, छैन भने हामीलाई छैन । सारा बुद्दीजिवी, लेखक, पत्रकार, नागरिक समाजका अधिकांश ब्यक्तित्वहरुले भनिरहेका छन्- संबिधान सभा माओवादीकै मेहनत, कर बल र नीतिले जन्माएको वालक हो । माओवादीले त झन शुरुमै दाबी गरेकै हो । अहिले सारा नेपाली जनताको प्रसव पिडा, छटपटी, आशु र आशाबाट जन्मिएको त्यो वालक घिटिर घिटिर भैरहेको छ । यो बेला माओवादी पार्टी भित्रै गम्भिर मतभेद छ- त्यो संबिधान सभा नामको वालकलाई बचाउने कि मर्न दिने ।

त्यो वालकलाई जिवन दिने वा मर्न दिने भन्नेमा माओवादीले सत्ताको मागलाई प्राथमिकता दिएको देखिन्छ । यद्दपी त्यो वालकको भविष्य सरकार परिवर्तनसँग संबन्धित रहोस । वालक मर्नु नै छ एक दिन भने ढिला किन गर्नु भन्ने ओवादी भित्रै केहिको भनाई देखिन्छ । तर माओवादीले सोच्नु पर्ने के छ भने त्यो वालक अधिकांश नेपाली जनताको आशा, विश्वास, भरोसा र जिवन मार्गको केन्द्र हो । त्यसैका लागि बिगत ६ दशक भन्दा लामो समय देखि संघर्ष गर्दै आएका थिए नेपाली जनताले । त्यत्रो लामो संघर्ष, त्याग, तपस्या र बलिदानबाट प्राप्त त्यो अधिकार जनताले त्यसै मर्न दिन चाहेका छैनन् । अहिले त्यो वालकलाई बचाउन सके भविष्यमा त्यो संबिधान सभा नामको वालकले धेरै प्राजातान्त्रिक उपलब्धिहरु दिन सक्छ ।त्यसको लागि आसाको त्यान्द्रो माओवादीतिर आँखा फालिरहेका छन् ।

संबिधान सभा नामको वालकको गर्भ हामीलेनै बोकेको, जन्माएर हुर्काएको भन्ने दाबी पनि माओवादीले गर्दै आएका छन् । जसले गर्भ बोक्यो, प्रसव पीडाले जन्मायो त्यसको पिडा र माया दुबै उसैलाई हुनुपर्छ । त्यसैले आफ्नै दाबीलाई सिद्द गर्नपनि संबिधान सभा जोगाउने, हुर्काउने पहिलो जिम्मा उसैको हो । उसैलाई हुनुपर्छ त्यसको बढि माया । यदि अहिले संबिधान सभाको म्याद थपिएन भने त्यो वालकको हत्या तत्कालै हुनेछ र त्यसको दोष माओवादीलाई जानेछ । किनभने त्यो संबिधान सभा नामको वालकलाई जिवन दिने वा नदिने भन्नेमा माओवादीको मत नै निर्णायक छ ।

यदि माओवादीहरुले त्यसलाई बचाए भने तत्कालका लागि बिदेशी हस्तक्षेप, सैनिक शासनको हौवा, राष्ट्रपतीलाई सक्रिय गराएर एकतन्त्रिय सासन सबैको अन्त्य हुनेछ । त्यसले कम्तिमा ६ महिना सम्मलाई प्रजातान्त्रिक मार्गबाट उपायहरु खोज्न समयपनि दिनेछ । यसो गर्दा माओवादीको साख, प्राण, प्रतिष्ठा र गरिमा घट्दैन । बरु बढ्छ । किनभने अहिले माओवादी माथि सरकारको घुम्ने कुर्सीमा बस्न संबिधान सभालाई मोलमोलाईको शर्त बनाएको आरोप लागिरहेको छ । यदि माओवादीले सरकारको चाबी आफ्नो हातमा नपाएपनि संबिधान सभाको म्याद थपेमा ति आरोपहरु बिरोधीतिरै सोझिनेछन् । अनि जनताको आशा, हरोसा, विश्वास र मत माओवादीतिरै एकोहोरिने छ ।

संबिधान सभाको म्याद ६ महिना थप्दापनि सरकार संबिधान बनाउन सफल भएन, सरकार परिवर्तनपनि भएन भने माओवादीलाई आम जनताको समर्थन अझ बढ्ने छ । त्यस्तो समर्थनले माओवादीले गर्ने जुनसुकैपनि खालको आन्दोलनलाई साथ र सहयोग त दिने छ नै, औचित्यपनि प्रस्ट्याउने छ । त्यसैले छनौट माओवादीकै – आफैंले जन्माएको वालकको हत्या गरेर आम जनता समक्ष हत्याको पगरी गुथ्ने की अझ धेरै जनताको प्रिय बन्ने !

तपाइँको प्रतिक्रिया