कांग्रेस र एमाले चाहिँ कसरि नागरिक पार्टी ?
सरकार परिवर्तनको बहस चलिरहेको छ । यति बेला माओवादीले प्रधानमन्त्री माधवकुमार नेपालले तु राजिनामा दिएर सर्वदलिय राष्ट्रिय सरकार गठनको बाटो खोल्नुपर्ने शर्त राखेको छ । माओवादीले आम हड्ताल फिर्ता लिए नयाँ सरकारका बारेमा बाटो खोल्न सकिने अभिब्यक्ति दिएका कांग्रेस एमालेले भने नयाँ नयाँ शर्त तेर्स्याइरहेका छन् । उनीहरुको एउटा शर्त छ- माओवादी सरकारमा जानु पहिले वा सरकारको नेत्रित्व गर्नु पहिले उ नागरिक पार्टी बन्नुपर्छ ।
कांग्रेस र एमालेले भनेको नागरिक पार्टी कस्तो हो ? संबिधान सभाबाट जनताको मत लिएर
आएको पार्टी माओवादी नागरिक पार्टी नहुने । कांग्रेस र एमाले चाहिँ नागरिक पार्टी हुने ? के अवगुण छन् माओवादीका नागरिक पार्टी हुन नसक्नुमा ? के के गुणले युक्त छन् एमाले र कांग्रेस अनि मधेशी जनअधिकार फोरम (प्रजातान्त्रिक) नागरिक पार्टी हुनुमा ? के एमाले र कांग्रेस साँच्चै नागरिक पार्टी हुन् त ?
नेकपा माओवादीका बारेमा त यहाँ बहस गर्नै परेन । २०४६ सालको परिवर्तन पछि सबैभन्दा लामो समय सत्तामा बस्यो नेपाली कांग्रेस । त्यसपछि एमाले । कांग्रेसले सत्तामा बस्दा नेपाली जनतालाई दियो के ? देश कंगाल बनाएको कसले हो ? भ्रष्टाचार, घुसखोरी, सांसद किनबेचको संस्क्रिति भित्र्याउने कांग्रेस र एमाले हुन् कि होइनन् ? टनकपुर संझौता भन्दै सन्धि गरेर देश बेच्ने काम कांग्रेसले गरेको हो कि होइन ? नाताबाद र क्रिपाबादको संस्क्रिति भित्र्याउने कांग्रेसको सरकार हो कि होइन ?
भ्रष्टाचारीहरुलाई आम माफी दिने, जनताको हत्या गर्ने, आफ्नै पार्टीको सरकार छँदा छँदै मध्यावधी चुनाब घोषणा गरेर प्रजातान्त्रिक संस्कारलाई चुनौती दिने, देशको सम्पत्ती स्वाहा पार्ने काम कांग्रेसले गरेको हो कि होइन ? प्रहरी र प्रशासनलाई आफुखुशि प्रयोग गरेर खत्तम बनाउने काम कांग्रेस र एमालेले गरे कि गरेनन् ?
अनेक अनेक नाममा ऐन र कानुन बनाएर जनताको हत्या गर्ने काम कम्युनिष्ट नामको एमालेले गर्यो कि गरेन ? वर्षै पिच्छे महँगी बढाएर जनतालाई चुस्ने काम एमालेले गर्यो कि गरेन ? चप्पल लगाउन नपाउने नागरिकलाई नांगै राखेर करोड पर्ने पजेरो चढ्ने एमालेका नेता हुन् कि अरु कुनै दलका ? महाकाली शन्धी गरेर भारतसित बोराका बोरा पैसा (यो मलाई एमालेका हालका ग्रिहमन्त्री भिम रावलले खुदै भनेका हुन् पेरिस आएका बेला, केहि नेपालीकाबिचमा) लिने काम एमालेले गरेको कहाँ गयो ? भोजपुरबाट चप्पल पड्काउँदै राजधानी छिरेका प्रदीप नेपालको राजधानीमा करोडौ पर्ने गगनचुम्बी घर बनाउने पैसो पनि नागरिकलेनै दिएका हुन् की ?
झापा आन्दोलन हुँदा बस्ने ठाउँ सम्म नभएर अर्काको घरमा कोच्चिएका केपी ओलीको आलिशान महल कसरि ठडियो राजधानीमा ? सूदूर पश्चिमबाट नांगो खुट्टा राजधानी छिरेका भिम रावलले कसरि जोडे करोडौको सम्पत्ती ? सांसद बन्नु अघि गोरखामा खुर्सानी बेच्दै हिँड्नाले खुर्सानी माईला नाम पाएका कांग्रेस नेता चिरन्जिबी वाग्लेको अरब नाघ्ने सम्पत्तीको स्रोत के हो ?
नागरिक पार्टी हुन के हुनु पर्छ ? के हुन् नागरिक पार्टीका सिमा ? नागरिकले ल्याएका अधिकारलाई हिन्दू राज्य बनाउँछौं भन्दै भारतसित गुहार माग्ने बिजय गच्छेदार शैली ? कि कांग्रेस नेता खुमबहादुर खड्काको हुंकार ? नागरिकले के चाहन्छन् नेता र पार्टीबाट ? के एमाले, कांग्रेस, सद्भावना, माले पार्टीले नागरिकका चाहना अनुसार काम गरेका छन् ? के यिनले जनताका पिर मर्का बुझेका छन् ? नागरिकले चाहे अनुसार देश चलाएका छन् ?
नागरिकको मन र मस्तिस्कमा बसेका हुँदा हुन् त किन यि पार्टीको साख किन गिर्दो छ ? आम नागरिकले नचाहेर, मिल्काएकाहरुले सरकारको ताला चाबी लिनु नागरिक पार्टी हुनु हो ? के नागरिकहरु हरुवाले देश चलाओस् भन्ने चाहन्छन् ? पासपोर्ट काण्ड, चिनी काण्ड, मल र मट्टीतेल साराका सारामा कमिसन खाएर सरकार चलाउनु नागरिक पार्टी हुनु ? कांग्रेस, फोरम, एमाले, माले यि सारा पार्टीले के चाहिँ गतिलो काम गरेका छन् नागरिक चाहना अनुसार ? नागरिकको भावना अनुसार ? यि कसरि हुन्छन् नागरिक पार्टी ? वर्षौंदेखि नागरिकलाई ढाँट्दै, छल्दै, लुट्दै, दुख दिँदै, ठग्दै र निचोर्दै आउनेहरुनै नागरिक पार्टी ?
अहिले आम नागरिक के चाहन्छन् ? देशको पूनर्संरचना होस् । देश अग्रगमनतिर लागोस । गणतान्त्रिक संबिधान बनोस् । दलहरुमा प्रजातान्त्रिक संस्कारको बिकास होस् । दलहरु मिलुन् । देशका जनताका समस्या हल हुने गरि दिर्घकालिन शान्ति होस् । जनताले रुचाएकाहरुले सरकार चलाउन् । अब आर्थिक क्रान्ति होस देशमा ।
तर के हाम्रा दलहरुले त्यसै गरिरहेका छन् ? सबै आआफ्नो स्वार्थमा चलिरहेका छन् । नागरिकको मनोभावना बुझ्न नसक्ने पार्टी नागरिक पार्टी हुन्छ ? आम नागरिकका चाहना, आम नागरिकको मतलाई कुल्चिएर शासन गर्ने पार्टी नागरिक पार्टी हुन सक्छन् ? त्यसैले अहिले संसदमा कुनैपनि पार्टी चोखा छैनन् । कोहि नागरिक पार्टी बन्न सकेका छैनन् । लौ त नागरिक पार्टी हुँ भनेर दाबी गर्नेले उदाहरण दिउन् त ति कसरि नागरिक पार्टी भए ?




