भट्टराई प्रधानमन्त्री बने सबै समस्या हल होलान ?

माओवादीले आम हड्ताल फिर्ता लिएपछि अहिले प्रधानमन्त्री माधव नेपालले राजिनामा दिनुपर्छ नै । ढिलो चाँडो देलान । उनको राजिनामा र नयाँ सरकार गठनसँगै अबको प्रधानमन्त्री को हुने भन्ने चर्चा ब्यापक छ । धेरैले प्रधानमन्त्रीका रुपमा एकिक्रित नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईलाई उभ्याएका छन् । बिभिन्न तर्क बितर्क हेर्दा धेरैमा भट्टराई प्रधानमन्त्री भए अहिलेको राजनितिक संकट समाधान हुन्छ भन्ने खालको सोच देखिन्छ । कतिपयमा भने उनले मन्त्री मण्डल राम्रोसित हाँक्छन् भन्ने विश्वास देखिन्छ त कोहि उनले  देशकै अवस्था फेर्छन् भनेर विश्वास गर्नेपनि छन् । तर त्यो भ्रम हो कि वास्तबिकता ?

माओवादी नेत्रित्वको अघिल्लो सरकारमा अर्थमन्त्री बनेका भट्टराई सबै भन्दा सफल थिए उनको मन्त्री मण्डलमै । उनले कसैले पत्याउन नसकेको र शुरुमै निकै आलोचित बनेको स्वयं कर घोषणा गरेर सफल बनाए । निकै प्रसिद्दी कमाए । साना किसानहरुले क्रिषी बिकास बैंकबाट लिएको न्युन स्तरको ऋण माफी गरे । त्यसो त, उनी नेपालमै सबैभन्दा बढि जनस्तरबाट इछ्याइएका सभासदपनि हुन् । गोरखा जिल्लाबाट बिजयी उनले सबैभन्दा बढि मत पाएका थिए । त्यसैलेपनि सबैभन्दा बढि जनमत जितेका भट्टराईलाई प्रधानमन्त्री बनाउनु जनमतको कदर ठहरिन्छ । उनी माओवादीमै पनि सबैभन्दा बढि बौद्दिक ब्यक्तित्वका रुपमा समेत चिनिन्छन् ।

बाबुराम भट्टराई प्रधानमन्त्री भने भारतसितको संबन्ध सुधार गर्नसक्छन् कि भन्नेहरुपनि निकै छन् । किनभने सैन्य क्षेत्रमा विश्वका पाँच शक्तिशाली मुलुक मध्येकै एक भारतसित मुड्की उचालेर, जोरी खोजेर र सुरुङ युद्द लड्छु भनेर कहिल्यै नेपालले जित्न सक्दैन । उ सित समानताका आधारमा चलाखिपूर्ण कूटनितिक विकास गरेर भरपुर फाईदा लिने र विश्वास जित्ने कोसिस गर्नुनै नेपालको हितमा हुन्छ । भट्टराई सधैं यहि पक्षमा रहँदै आएका छन् । उनको प्रधानमन्त्रीत्वले नेपाल-भारत संबन्धमा सकारात्मक प्रभाव पार्न सक्छ । तर फेरीपनि उनको पार्टीको नीतिमै भर पर्छ उनले कति गर्न सक्छन् नेपालका पक्षमा भन्ने कुरा।

औपचारिक पढाइमा समेत सधैं  प्रथम उनैको नितिगत पार्टी लाईनमा अहिले माओवादी हिँडेको बताइन्छ । यसरी बाबुराम भट्टराई सफल छन् आफ्नो काम, योजना र नितिमै। तर फेरि पनि प्रश्न उठ्छ, के उनी प्रधानमन्त्री हुँदैमा अहिलेको संकट टर्ला ? एक त उनी प्रधानमन्त्री हुँदैमा उनको नीजी सोच र योजना अनुसार चलाउन पाउने छैनन् । किनभने उनी नेकपा एकिक्रित माओवादीको तर्फबाट प्रधानमन्त्री हुनेछन् । माओवादी पार्टीले जस्तो नीति बनाउँछ, जस्तो निर्देशन दिन्छ त्यहि पालना उनले गर्नुपर्ने छ । उनी पार्टीमा बलिया देखिएपनि कार्यकर्ताको तल्लो पंक्तिसम्म पकड भएका नेता होइनन् जसले गर्दा भोली आफ्ना मतहरुलाई पार्टीको तल्लो निकायसम्म पुर्‍याएर पास गराउन सकुन् । उनले प्राय बौद्दिक तहकै काम गरिरहे । लामो समय प्रवासमा रहे पार्टी काम र अध्ययनका लागि । अनि लामो समयदेकि जनबर्गिय संगठनको नेत्र्त्व गर्दै शहर केन्द्रित भए।

अर्को पक्ष के छ भने राष्ट्रिय सरकारमा सबै दल सहभागि हुन्छन् । ति सबै दलका आआफ्नै नीति, आफ्नै उद्येश्य, आफ्नै लाईन, आफ्नै स्वार्थ हुन्छन् । फरक फरक पार्टीका विविध ब्यक्तिको उद्येश्य, काम गर्ने शैली र स्वार्थ फरक हुनु स्वभाबिक पनि हो । तिनले आफ्नो स्वार्थ र नीति अनुकुल काम गर्न खोज्ने छन्, त्यहि अनुसार मन्त्रालय चलाउन खोज्ने छन् । त्यसैले बाबुराम भट्टराई एक्लो जति असल, निष्पक्ष र क्षमतावान भएपनि उनी एक्लैले देशका यावत समस्या हल गर्ने गरि काम गर्न संभव हुँदैन । २२ औं दल सम्मिलित सरकारका मन्त्रीहरुले उनलाई सहयोग गरेनन् भने उनीपनि असफल हुनेछन् बरु ।

माओवादी पार्टीलेनै भट्टराईलाई स्वतन्त्रतापूर्वक काम गर्न देला भन्नेपनि कुनै निर्क्यौल छैन । किभने त्यहिँपनि नेत्रित्वबिच टकाराब छ । उनले राम्रोसित नेत्रित्व गरे भने त्यहिँबाटपनि उनलाई असफल खेल शुरु हुन्न भन्न सकिन्न । आफ्ना मतहरुलाई पार्टीभित्र सदर गराउन सक्ने अवस्था उनको नहुन सक्छ । किनभने पार्टीमा उनी नत बहुमत समूहको पक्षमा छन् नत बलियो फरक धारकै नेत्रित्व गर्छन् । बचनका पक्का, भ्रष्ट्राचार र अनियमिततामा नफसेका, स्पष्ठ नीति र योजना भएका भट्टराईलाइ प्रधानमन्त्री बनाउनु जति उपयुक्त छ । जति आशा गरिन्छ उनको प्रधानमन्त्रीत्वबाट, त्यति उपलब्धि हासिल हुन्छ भन्ने कुनै निश्चित र ठोकुवा गर्न भने सकिन्न ।

तपाइँको प्रतिक्रिया