गाउँ र जिल्ला तताउने रणनीति

अकस्मात आम हड्ताल फिर्ता लियो माओवादीले । खासगरि बिदेशी कूटनितिज्ञहरुको दबाब पछि उनीहरुले फिर्ता लिए । उनीहरुले दाबी गरे- यो आम हडताल फिर्ता लिएपनि पुरै आन्दोलन फिर्ता लिएको भने होइन । आम हडताल फिर्ता लिएपनि देशभरि जुलुस र प्रदर्शनी भने कायम राखे । आम मानिसहरुमा जिज्ञासा उठ्यो- शान्तिपूर्ण आन्दोलनले सरकार वर्ष दिनसम्म गलेन । आम हडताल गर्दा त गलेन भने त्यो छोडेर अब फेरी उहि शान्तिपूर्ण प्रदर्शनी र बिरोधले सरकार गल्ला ? तर माओवादीको अहिले घोषित बिरोधका कार्यक्रम हेर्दा रणनीति भने भिन्न देखिन्छ ।

हिजो माओवादीले ठाउँ ठाउँमै बिरोधका कार्यक्रम गर्‍यो । ति सबैजसो ठाउँमा उनीहरु सरकारका बिरुद्द कडा रुपमा प्रस्तुत भए। उनीहरुले हाकै भने-आन्दोलन छोडेको छैन । सरकारसित वार्तामा पनि गलेर गईन्न । काठमाडौंमा त सरकार, प्रेस र सम्भ्रान्त वर्ग बिरुद्द कडा रुपमा प्रस्तुत भएका प्रचण्डले संबिधान बन्ने सिमा तोकिएको जेठ १४ आगडिनै आफुहरुले चमत्कार गर्ने चेतावनी दिएका छन् । सरकारले बेलैमा सोचेर आफ्ना मागहरु पुरा नगरे फेरी चमत्कारिक आन्दोलन गर्ने उनको चेतावनी थियो ।

माओवादीहरुको अहिले रणनीति हेर्दा के बुझिन्छ भने अब उनीहरु गाउँ गाउँ तताउन चाहन्छन् । स्थानिय स्तरबाट माओवादी आम हडताल बिरुद्द जनस्तरबाट बिरोध हुन थालेपछि उनीहरुले जनयुद्दकालमा जमाएको प्रभाव शान्तिवार्तामा आएपछि खस्केको मूल्यांकन गरेका होलान् । किनभने जनयुद्द कालमा फटाहा, सुराकी, शामान्त, जनताका बिरोधी भनिएकाहरुलाई उनीहरुले लेखेटेका थिए र एकछत्र उनीहरुको प्रभाव थियो । ब्रिहद शान्तिवार्ता पछि ति सबै फर्किएर  फेरी माओवादी बिरुद्द सांगठनिक भए । जनतालाई माओवादी बिरुद्द प्रयोग गर्ने, भड्काउने गर्न खोजे । जनयुद्दकालमा जे जस्तो कार्यक्रम गर्थे सफल हुन्थ्यो, त्यहाँ कुनै बिरोध हुँदैनथ्यो । एकाध त्यस्ता घटना हुँदा उनीहरुले तह लगाउँथे ।

अहिलेको आम हडतालबाट उनीहरुले गाउँ गाउँमा ‘जनताका दुस्मन’ हरु सक्रिय भएको, घुसपैठ भएको मूल्यांकन गरेको देखिन्छ । त्यसैले माओवादीहरुले अब गाउँ गाउँबाटै जनतालाई पुन एकिक्रित गर्ने । जेठ १४ अगाडिनै संगठित गर्ने । संभावित जेठ १४ पछिको परिस्थितिका बारेमा प्रष्ठ पार्ने र त्यसकाबिरुद्द गाउँ गाउँ र जिल्ला बाटै शसक्त आन्दोलन उठाउन खोजेका छन् । त्यसरी देशभरिबाटै आन्दोलन गर्दा सरकारलाई गलाउन सजिलो हुन्छ र प्रतिकारका नाममा निस्कनेहरुलाई तहपनि गाउँ गाउँ बाटै लगाउन सकिन्छ । देशभरिका जिल्ला जिल्लाबाट जनतालाई आन्दोलित बनाएर फेरी जेठ १४ पछि आम हडताल वा त्यो भन्दापनि अझ सशक्त कार्यक्रम ल्याउने नीति माओवादीले बनाउन खोजेको देखिन्छ ।

तपाइँको प्रतिक्रिया