रक्षा माओवादीलाई दिनुभन्दा एमालेको सरकार स्विकार्य-नेपाली कांग्रेस
नेपाली कांग्रेसले रक्षा मन्त्रालय छोड्नुपरे बरु एमालेको नेत्रित्वमा सरकार बनाउने तर माओवादीलाइ नछोड्ने दाबी दोहोर्याएको छ । शक्ति सन्तुलनका लागिपनि रक्षा मन्त्रालय नेपाली कांग्रेससितै रहनुपर्ने आज फेरि नेपाली कांग्रेसका नेताहरुले दोहोर्याएका छन । तर आज फेरी सहमति कायमगर्न रक्षा मन्त्रालय माओवादी बाहेक अन्य पार्टीलाई दिन खोजिएको थियो। बरु त्यसको बदलामा नेपाली कांग्रेसलाई दुइ वटा मन्त्रालय दिन खोजिएको थियो । तैपनि नेपाली कांग्रेसले मानेन । उसले कुनैपनि हालतमा रक्षा मन्त्रालय नछोड्ने ढिपी लियो । त्यसको अर्थ, एमालेको प्रधानमन्त्रित्वमा सरकार गठन गरेर भएपनि रक्षा आफैंले लिने कांग्रेसको दाउ छ । तर रक्षा एमालेले पनि छोड्न नचाहे क गर्ने होला कांग्रेसले ? यो चाहिँ सोचेको देखिँदैन । अहिले नेपाली कांग्रेसका नेताहरुले बरु एमालेको नेत्रित्वमा सरकार बनाउने र माओवादीलाइअलग्याउने प्रस्ताब लिएर एमालेलाई फकाइरहेका छन । एमालेले अब के गर्छ हेर्न बाँकिनै छ । एमालेले आज बिहान सम्मपनि नेपाली कांग्रेस र माओवादीलाइ सहमतीमा ल्याउन खोजेको थियो । प्रयास जारी रहेको बिभिन्न रिपोर्टहरुमा जनाइएको छ तर सहमति निकै टाढा रहेको बताइन्छ । आजै प्रधानमन्त्रिको निर्वाचनकालागि शुक्रबारको मीति तोकिएको छ । तर सहमतिका प्रयासहरुपनि जारी छन ।
प्रधानमन्त्रि को हुने हो, कुन मन्त्रालय कसकोमा पर्ने हो, सरकार कसको हुने हो भन्ने सबै अन्यौल नै छ । निर्वाचन नै हुने अवस्था भयो भने फोरम, नेपाली कांग्रेस र एमालेको सरकार बन्न बेर छैन । उनीहरुले एक त राष्ट्रपतिको निर्वाचनमा एकता गरेका थिए र त्यो सहमतिको प्रयास सरकार बनाउनकलागिपनि जारि थियो । अर्को कुरा बिदेशीहरुको इच्छापनि माओवादीलाई सरकार बनाउन नदिने नै देखियो । बिदेशीहरुको आड भरोसा र आशिर्वाद पाएको कुरा त गिरिजा प्रसद कोइरालाले स्पष्ठै बताएका थिए कांग्रेसको बैठकमा। उनले भनेका थिए “हाम्रो सिट संख्या तुलनात्मक रुपमा कम भएपनि हामीलाई अन्तर्राष्ट्रिय जगतको समर्थन बलियो छ” । यो भनेको भारत, अमेरिका र बेलायतको समर्थन हो भनेर जसलेपनि सजिलै बुझ्छ ।




