प्रधानमन्त्री र प्रचण्ड दुबै आरोप प्रत्यारोपमै सिमित
सरकारले आरोप लगाएको भन्दा निकै संयम र शान्तिपूर्ण रुपले माओवादीले आजको प्रदर्शन सम्पन्न गरेको छ । अहिलेसम्म देशका कुनैपनि ठाउँमा हिंसात्मक भएको खबर छैन । सरकारले भने माओवादीको आजको प्रदर्शनी हिंसात्मक हुने दाबी गर्दै आएको थियो । आजको प्रदर्शनी सकारात्म देखिएपनि भोली देखिको अवस्था भने सामान्य हुने देखिन्न । अब कुनैपनि खाले समझदारी माओवादी र सरकारबिच नहुने र भोली देखि आम हड्ताल हुने पक्का जस्तै देखिएको छ । किनभने आज खुलामञ्चमा माओवादी अध्यक्ष प्रचण्डको भाषण र राष्ट्रका नाममा प्रधानमन्त्रीको संबोधन आआफ्ना अडानलाई पुष्टि गर्ने, एउटाले दमन गर्ने अर्कोले प्रतिकार गर्ने खालको थियो । दुबैले आआफ्ना औचित्य जनताका अगाडि पुष्टि गर्न मात्रै संबोधन गरेको देखियो । अन्तिम अवस्थामा सहमती र समझदारी होइन कि प्रचण्ड र प्रधानमन्त्री नेपाल एक अर्कालाई आरोप लगाउनमै ब्यस्त भए ।
अहिले साँझ तिन प्रमुख दलबिच अन्तिम वार्ता भनिएपनि आज खुला मञ्चमा प्रचण्डले दिएको मन्तब्यबाट बुझिन्थ्यो- दुबै पक्ष आआफ्ना अडान र तयारिमा छन् भित्र भित्रै । तर वार्ता वार्ता चाहिँ जनतालाई देखाउन मात्रै भनिरहेका छन् । प्रचण्डले आज जनतालाई यो अन्तिम लडाई भएको स्पष्ठै बताएर यसमा साथ दिन आव्हान गरे। उनले यसलाई बिगतमा झैं अबैधानिक सरकार, कठपुतली सरकार, लुटेराको, डकैतहरुको, जनताका हत्याराहरुको सरकार भने । बिदेशीको ईशारामा बनेको सरकारको आरोप लगाए। यो सरकारलाई उनले जनताको बलमा बिस्थापित गरेरै छाड्ने अड्डि कसे। अब कुनैपनि हालतमा जनताको बिजय नभै आम हड्ताल नटुंगिने विश्वासनै दिलाए। बिगतमा लगाउँदै आएका आरोपहरु सबै आज दोहोर्याए । सरकारलाई जनता बिरोधी, वार्ता बिरोधी भने।
उता प्रधानमन्त्री माधवकुमार नेपालको राष्ट्रका नाममा संबोधन माओवादीको खुला मञ्चको कार्यक्रमलाई खण्डन गर्नका लागि जस्तै देखियो । प्रधानमन्त्रीले आज कुनै नयाँ सन्देश, नयाँ कुरा, नयाँ आशा दिन सकेनन् । उनै पुराना कुराहरु दोहोर्याए । सहमती हुन सक्ने वातावरण उनको संबोधनले दिएन बरु दुई पक्षबिच को भन्दा को कम जस्तो देखियो । उनले माओवादीलाई जबर्जस्ति सत्ता कब्जा गर्न खोज्ने, लोकतान्त्रिक मान्यता बिरोधी आरोप लगाए । अहिलेको प्रदर्शन जनतालाई तर्साउन, सताउन आयोजना गरिएको उल्लेख गरे। उनले माओवादीले हत्या र हिंसालाई बढावा दिएको, मानवअधिकार र जन अधिकारको उपेक्षा गरेको आरोपपनि लगाए।
शान्ति प्रक्रियालाई ठोस निष्कर्षमा पुर्याउन आफुले शुरुदेखिनै हर संभव कोसिस गर्दापनि माओवादीले हदैसम्म असहयोग गरेको आरोप लगाए। आफुले नेपालको राष्ट्रिय हित र स्वाभिमानका लागि अन्तरा्ष्ट्रिय जगतसँग सम्बन्ध स्थापित गरेपनि त्यसलाई माओवादीले निरन्तर दुस्प्रचार गर्ने प्रयत्न गरिरहेको दाबी गरे। प्रचण्डले चाहिँ आफ्नो भाषणमा अहिलेको सरकारले शान्ति संझौता भंग गराएर फेरी देशलाई द्वन्दमा फसाउन चाहेको आरोप लगाएका थिए ।
नेपालले संबिधान् जारी गर्ने मीति नजिकिँदै गर्दा संबिधान सभालाई छोडेर सडकबाट संबिधान बनाउने धम्कि माओवादीले दिन्छ भने को रहेछ त संबिधान बिरोधी भनेर प्रश्न गरे । अहिलेको आम हडताल जनतालाई दुख दिन घोषणा गरिएको र त्यसले लोकतन्त्रलाई बलियो नबनाउने संबोधन मार्फत बताएका थिए। माओवादी अध्यक्षले भने आफुहरुले एक वर्षभन्दा अघिदेखि बैधानिक माध्यम बाटै आन्दोलन गर्दै आएपनि कठपुतली सरकारले नसुनेकोले अहिले आम हडताल बध्यताबस गर्नु परेको र यो जनता र राष्ट्रलाई स्वतन्त्र र स्वाभिमानी बनाउने आन्दोलन भएको दाबी गरेका थिए ।
नेपालले मुलुकलाई कुनैपनि सरकारले अस्त ब्यस्ततामा छोड्न नमिल्ने बाताउँदै राजिनामा नदिने र पछि नहट्ने दाबी गरे । माओवादी अध्यक्षले भने अहिलेको सरकारले मुलुकलाई अस्त ब्यस्त पारेको र यो सरकारलाई सडकबाटै हटाइने उद्घोष गरेका थिए । वास्तबमा प्रधानमन्त्रीको संबोधन माओवादीले खुलामञ्चबाट दिने सरकार बिरोधी मन्तब्यलाई खण्डन र प्रतिवाद गर्नाका लागि जस्तो थियो । आज दुबै नेताका दाबी आआफ्ना अडानलाई दोहोर्याउनकालागि जस्तो मात्रै देखिन्थ्यो ।




