तयारी त डरलाग्दो रैछ है माओवादीको

             “दलालहरुसित चाहिँ थर्काएर लिईन्छ”

सरकार माओवादीले सत्ता कब्जा गर्ने योजना बनाएको भन्छ । माओवादी शान्तिपूर्ण आन्दोलन दमन भए बल्ल युवाहरुले सत्ता कब्जा गर्छन् भन्छ । ‘हामीलाई दबाउन हिंसात्मक हुन्छ भनेको छ सरकारले’ भन्दै माओवादी आरोप लगाउँछ । उता सरकार भने माओवादीले भित्र भित्रै सत्ता कब्जा गर्ने योजनानै बानाएको छ भनेर प्रतिबाद गर्छ । हो चाहिं के त ? यो खुल्दुली मलाई मात्रै होइन, धेरैलाई हुनुपर्छ । के रहेछ बुझ्नु पर्‍यो भन्ने लाग्यो । कसरि बुझ्ने ?

माओवादीका प्रवक्ता दिनानाथ शर्माकै मोबाईलमा घण्टी हानें हिजो । अहँ लाग्दैन ।  एक घण्टै कोसिस गरें हुँला लागेन । कसो गर्ने ? अब केन्द्रिय सदस्यलाई सम्पर्क गर्नुपर्‍यो भन्ने लाग्यो । पहिले पहिलेपनि गफगाफ चल्ने गरेका एक जनालाई फोन धस्काएँ । ‘असाध्यै ब्यस्त छु साथी, आन्तरिक तयारिमा छौं’ भनेर पन्छिन खोजे। तपाईको हाल खबर बुझ्न मन लागेर फोन गरेको भनें । ‘यस्सो सन्चो बिसन्चो सोध्दा देशको खबरपनि बुझ्न मन लागिहाल्छ । सारै खुल्दुली लाग्यो हेर्नुस न वास्तबिकता के छ नेपालको भनेर बुझ्नलाइ’ भनें मैले । पहिलो सुरमै ‘हैन साथी अहिले हामीले प्रतिक्रिया दिनै मिल्दैन, प्रवक्तालाई सोध्नुस्, सब भन्दिहाल्नुहुन्छ नी’ भने। अनि यस्सो तैपनि ल तपाईको तर्फबाट जे जानेको, बुझेको सुनौं न त भनें । उनीसित करिब १५ मिनेट भन्दा बढि गफ हुन पाएन । फोन काटियो, त्यसपछि लाग्दै लागेन । लौ फर्साद पर्‍यो ।

अर्का जिल्ला स्तरिय नेतालाई फोन गरें । सम्पर्क भयो । करिब आधा घण्टै कुरा भयो । शुरुमै भनें – हैन साथी अब के हो सत्ता झ्यापझुप पार्दै छ भन्छन् नी माओवादीले । ‘सत्ता त पाए जनताले झ्यापझुप पार्ने हो, प्रतिक्रियावादीले जोगाउने हो, जनतामाथि दमन गर्ने हो होइन र ?’ भन्दै मैलाई सोधे। न हो न होइन केहि भनिन । ‘है’ मात्र भनेर टारिदिएँ । बिदेशतिर तपाई त पत्रकार के हो सर भनेर सोध्छन् । आफुलाईनै वास्तबिकता थाह छैन । के जवाफ दिने साथी ? के हो, भएको के छ, कसरि तयारि गर्दै हुनुहुन्छ त साथी ? आन्तरिक कुरा नभनेपनि आन्दोलनको तयारिबारे यस्सो बताउनुस् न सुनौं’ भनें। यस्सो कूटनितिक त हुनै पर्‍यो ।

उनले राम्रै सुनाए। पार्टीको तल्लो एकाईसम्म आन्दोलनमा सहभागि हुनेको पुरा सूची तयार रहेछ माओवादीको । केन्द्रदेखि ईकाईसम्म खटेका रहेछन् अहिले गाउँ गाउँमा जनपरिचालन गर्न ।  ‘तयारि एकदम राम्रो छ साथी’ भन्दै थिए उनी । आन्दोलनमा सबै भन्दा अगाडि उनीहरुले जिल्लामा भए जिल्लास्तरिय नेता अगाडि बस्ने र नेत्रित्व दिने, त्यसपछि क्रमानुसार राखेर पछिल्लो पंक्तिमा जनतालाई राख्ने योजना बनाएका रहेछन् । त्यसको लागिपनि पार्टी सदस्यहरुले पुरा नाम सूचीनै तयार पारेका रहेछन् । स्थानिय स्तरबाट चाहिँ जिल्ला तहका नेता सकेसम्म राजधानी जाने तयारी गरेका रहेछन् । तिनले धेरैलाई राजधानी उतार्न घरघर गएर सूची तयार पारेका रहेछन् । ‘हाम्रो पार्टीमा एमाले र कांग्रेसमा जस्तो आन्दोलनमा लुकेर नेता जति पछाडि बस्ने अनि पछि सत्ता चाख्ने बेला अगाडि आउने होइन साथी, हामी अघिल्लो पंक्तिमा बसेर छाती थाप्छौं, जनतालाई पछाडि राख्छौं’ पनि भन्न भ्याए उनले। 

                     दमन भए प्रतिकार

उनको भनाईमा पार्टीले यो आन्दोलन सकेसम्म शान्तिपूर्ण गर्न निर्देशन दिएको रहेछ । सरकारले उत्तेजित बनाएपनि अति संयमित भएर शान्तिपूर्ण रुपले गर्न निर्देशन छ रे । बरु आन्दोलन महिनौं जान सक्छ भन्ने रहेछ । सडकमा महिनौंसम्म बस्नुपर्ने पनि हुनसक्छ भनेर सचेत गराइएको रहेछ । त्यसैले महिना दिन सम्मलाइपनि थेग्नेगरि आवश्यकिय वस्तुहरुको भण्डार गरेर राख्न र ब्यवस्था मिलाउन पूर्व निर्देशन रहेछ । शान्तिपूर्ण रुपमा गर्ने तर महिनौं लागेपनि यो सरकारलाई घुँडा नटेकाएसम्म ज्यान जाला सडक नछोड्ने भन्ने अडान रहेछ । सरकारले दमन गरे पार्टीले तत्कालै अर्को निर्णय गर्छ रे । अनि त्यहि निर्णयका आधारमा संघर्षका कार्यक्रम तय गर्दै जाने रे । ‘भोली आन्दोलनले कस्तो मोड लिन्छ चाहिँ भन्नै सकिन्न’ सुनाए । 

             आन्दोलनका लागि परिस्थिति अनूकुल

उनले अहिलेको अवस्था आन्दोलनकालागि एकदम उपयुक्त भएको पनि बताए । माओवादीको मूल्यांकन के रहेछ भने अहिले सरकारमा अधिकांश मन्त्री हरुवा भएकाले जनतामा अलोकप्रिय छन् । विश्वास छैन । शान्ति संझौतालाई टुंगोमा पुर्‍याउने र नयाँ संबिधान लेख्ने भनेर बनेको सरकारले त्योपुरा गर्न सकेन । ति कारणले गर्दा अन्तर्राष्ट्रिय रुपमा पनि विश्वास गुमाएको छ । संयुक्त राष्ट्र संघसितको संबन्ध विश्वासिलो छैन । एमाले पार्टीगत रुपमै बिभाजित छ । कांग्रेसको हालत उहि छ । गिरिजा प्रसादको म्रित्युसँगै कांग्रेसमा नेत्रित्वका कारणले तिब्र अविस्वास र संकट छ । भारतले संसदको सबैभन्दा ठुलो दल माओवादीलाई त्यसै लत्याएर जान सक्ने अवस्था छैन। किनभने जनतामा विश्वास गुमाएका कांग्रेस र एमालेलाई सधैं च्यापेर उसको भलो हुँदैन । छिमेकी चिनको विश्वास अहिलेको सरकारले गुमाएको छ । किनभने उ धेरै भारतमुखि बनेको छ । चिन सरकारले माओवादीलाई परिवर्तनमुखि र तिब्बतका मामिलामा बढि भरपर्दो भनेर सकारात्मक ढंगले हेरिरहेको छ । देशभित्रैको बौद्दिक तप्का समेत अहिलेको सरकार बिरोधी छ। जनताका समस्याहरुलाई एउटापनि समाधान गर्न सकेको छैन । खिचडी सरकार भएकाले साना दलहरुको विश्वास कुनैपनि बेला तोडिने स्थिति छ । 

              दलालसित नमागेर कोसित माग्ने त चन्दा ?

चन्दा असुलीका बारेमा पनि सोध्नै पर्‍यो। उनले स्थानिय निमुखाहरुसित कहिल्यै जबर्जस्ति नगरिने र नगरिएको दाबी गरे । ‘हामी निमुखा जनताकालागि भनेर लडेका मान्छे, पार्टी, त्यस्ता जनतालाई दुख दिन्छौं ?’उनले मैलाई प्रश्न गरे । ‘गुनासा सुनिएकोले, पढेकोले हो साथी’ मैले भनें। ‘प्रतिक्रियाबादीहरुको कोकोहोलो हो त्यो। अनेक नाममा ठगि गरेर, चुसेर, महँगि बढाएर निमुखा जनतालाई यो प्रतिक्रियावादी, कठपुतली सरकारले पो दिएको छ त दुख । जनतालाई हामीले सहयोग गर, जे सक्छौ त्यहि गर भनेका छौं, जनताले हाम्रो पार्टीलाई जस्तोसुकै सहयोग गर्नपनि तयार छन्’ उनेको दाबी थियो ।

कुरा गर्दा गर्दै उनले के सम्म भ्याए भने ‘ठग र प्रतिक्रियाबादीसित चाहिं थर्काएरपनि लिने रे। ‘ति प्रतिक्रियाबावादी, जनताका दुश्मनलाई चाहिँ जस्तो सहयोग पनि गर्ने, अनेक नाममा जनतालाई ठगि गर्नेसित किन नलिने त ? त्यस्ता ठगहरुलाई थर्काएर लिईन्छ किनभने जनताका दुस्मनलाई सहयोग गर्ने, देश र जनता चुस्नेसित किन नलिने जनताको आन्दोलनका लागि?’।

उनका कुरा सुन्दा जनता यति वाक्क दिक्क भैसके र अहिलेको सरकार यति अलोकप्रिय छ कि लाखौं लाख जनता सडकमा उत्रिन तम्तयार भएर बसेका छन् । उनी कुराकानीका क्रममा अति विश्वस्त देखिन्थे आन्दोलन सफल हुनेमा । एकाध पटक त उनले भनेपनि’ साथी अब जनताको जित धेरै टाढा छैन, अन्तिम लडाई लड्ने बेला नजिकिँदै छ’। त्यसो भन्दा ठूलै लडाई हुने होकि भनेर सरङ्ग पनि हुने । सरकारले दमननै गर्‍यो भने यहि आन्दोलनबाट जनबिद्रोहको घोषणा हुन सक्नेपनि उनले बताए।

तपाइँको प्रतिक्रिया