सरकार दमन र माओवादी प्रतिकारको तयारीमा
देशभरि आन्दोलन गर्न लागेको माओवादी र सरकारबिच केहि सहमती होला भन्ने आशा झन झिनो हुँदै छ । सरकारपनि सहमती र सहकार्यलाई प्राथमिकता दिन चाहिरहेको छैन । उता माओवादीपनि आफ्नै अडान छ । सहमती र सहकार्यलाई होइन देशभर आन्दोलनलाई नै परिचालन गर्ने योजना बनाइरहेको छ । हुँदाहुँदा दलहरुले उच्च राजनितिक षंयन्त्रको बैठकलाई समेत लत्याएर आफ्नै सुरमा लागेका छन् । सरकार पछिल्लो समयमा झन झन आक्रामक रुपमा प्रस्तुत हुँदै आएको छ । माओवादी त्यसलाई झन उग्ररुपमा प्रतिकार गर्ने मनशायमा देखिएको छ ।
सहमती र सहकार्यलाई प्राथमिकता दिनु, छलफल र संवादलाई अगाडि बढाउनु पहिलो जिम्मेवारी हो । तर यतिखेर सरकारले वक्तब्य र भनाईमा सहमती भनेपनि ब्यवहारमा दमनको बाटो रोजेको देखिएको छ । किनभने दलहरुबिच छलफल र सहमती गर्ने उच्च राजनितिक संयन्त्रको बैठकमा सरकार मा सहभागि कांगेस र एमाले दुई दललेनै भाग लि एनन् । तय्सैगरि त्यसैगरि हिजै प्रधानमन्त्री नेपालले सरकारमा सहभागि अन्य साना दलसित बैठक गरेर सरकार पक्षले दमन गर्ने, सबै दल माओवादीको आन्दोलनको प्रतिकारमा रहेको सार्वजनिक गरे ।
उता माओवादी संसदको प्रमुख प्रतिपक्ष हो । प्रमुख प्रतिपक्षका जिम्मेवारी धेरै हुन्छन् । सरकार अज्ञानी भैदिँदा उसलेपनि आफ्ना जिम्मेवारी भुल्नु हुन्न । वार्ता, सहमती र संवादलाई उसलेपनि जारी राख्नुपर्ने हो । एकातिर उसले आफ्नो आन्दोलन शान्तिपूर्ण हुने भनिरहेको छ । तर अर्कोतिर भने देशभरि घरेलु हतियार सहितका तालिम र प्रदर्शनलाई जारी राखेको छ । शान्तिपूर्ण आन्दोलन गर्ने उसको भनाईलाई विश्वस्त पार्न उसले यस्ता हतियार सहितका प्रदर्शन नगर्नु पर्ने हो । प्रश्न उठ्छ, शान्तिपूर्ण आन्दोलन गर्ने भए हतियार प्रदर्शन किन ?
अहिले ब्रिहद शान्ति संझौता भंग नभएको अवस्था छ । त्यसलाई पालना गर्ने हो भने सरकार र माओवादी दुबै पक्षले कुनैपनि हात हतियार प्रदर्शन गर्न पाइँदैन । माओवादीले भने ब्रिहद शान्ति संझौतालाई निरादार गरेर सरकारले हालसालै नेपाली सेनामा प्राविधिकहरुलाई भर्ना लिएको आरोप लगाएको छ । त्यसरि प्राविधिकहरुलाई भर्ना लिनु माओवादीलाई दबाउने र ब्रिहद शान्ति संझौता भंग गर्ने सरकारी चालको रुपमा ब्यख्या गर्दै आएको छ । सरकारले त्यहि संझौता बिरुद्द सेनामा भर्ना लिन हुन्छ भने आफ्नो पार्टीले आत्मरक्षाकालागि घरेलु हतियार सहितको तालिम गर्न किन नपाउने भन्ने तर्क गरिरहेको छ । यहिनिर दुई पक्षबिच बिश्वासको संकट देखिन्छ ।
जे होस, सरकार र माओवादी दुबै पक्ष अहिले ईमान्दार देखिएका छैनन् । दुबै पक्षका गतिबिधी यतिखेर ब्रिहद शान्ति संझौता बिरोधी हुन् । अहिले माओवादी र सरकार अनि सरकार पक्षिय अन्य दल माओवादीसित भिडेर जाने योजनामा रहेका छन् । उता माओवादीले भने त्यसलाई प्रतिकार गर्न लागेको छ । जस्तोसुकै परिस्थितिमापनि उ पछाडि नहट्ने सार्वजनिक गरिसकेको छ । माओवादी आफ्नो योजनालाई सफल पार्न देश भरि आन्तरिक तयारीमा लागेको छ भने सरकार सुरक्षाका सम्पूर्ण निकायलाई कठोर हुन सार्वजनिक रुपमै निर्देशन दिने, अन्य दललाई दमनका लागि आव्हान गर्ने अनि जबर्जस्त माओवादीको आन्दोलन हिंसापूर्ण हुन्छ भनेर दाबी गर्ने गरिरहेको छ । माओवादीपनि सरकार पुरै दमनमा उत्रिएकोले हामी प्रतिकार गर्छौं भनेर आफैं दाबी गर्ने गरिरहेको छ ।




