यि हात फेरि नउठे लोकतन्त्र समाप्त

आज लोकतन्त्र दिवस । तर खोइ लोकतन्त्र ! अहिलेको तन्त्रलाई के भन्नु लोकतन्त्र ! मूलुक लोकतान्त्रिक मूल्य र मान्यतामा चलेकै छैन । लोकतन्त्र छ त भ्रष्टाचारीहरुलाई । लोकतन्त्र छ हार्नेहरुलाई । छ लोकतन्त्र महँगीको रुपमा । हत्या, हिंसा र आतंकककारुपमा छाएको छ । जनताको भावना कहिँ कतै सम्मानित छैन । जनताले लोकतन्त्र केहो कतै हेर्न, बुझ्न र महसुस गर्न पाएका छैनन् । गरिब, निमुखा र दिनदुखिका घरमा लोकतन्त्र पस्न पाएको छैन । जसले लोकतन्त्रकालागि यि हात उठाउँदै सडकमा उत्रिए तिनकालागि लोकतन्त्र आउन सकेको छैन । झुप्रा र अँध्यारा बस्तीहरुले लोकतन्त्रको भेउ पाउन सकेका छैनन् । लोकतन्त्रकाबिरुद्दका गोलीहरु छातीले छेक्नेहरु अझै साँचो लोकतन्त्र कहिले आउला भन्ने प्रतिक्षामा छन् । निरंकुश राजा फालेर लोकतन्त्रका लागि उठेका थिए यि हात । देशैभरि एकैचोटी निरंकुशताका बन्दूक, गोली र ग्याँसका मुस्लाहरुलाई झुकाएर वास्तबिक लोकतन्त्रकालागि जाग्ने हात यिनै हुन् । तर जनताका यि आवाजहरुको कहिँ कतै सम्मान गरेनन हाम्रा दलहरुले । हामीलेनै विश्वास गरेर का नेताहरुले ।

त्यसैले, जनताले यि मुठ्ठि उठाएर ल्याएको लोकतन्त्र भिरको मुखैमा पुगेको छ । यदि फेरिपनि जनताले यसैगरि हात उठाएर देशै भरिबाट खबरदारी नगर्ने हो भने देश अर्को रक्तपातमा जाने छाँट छ । यि हातहरुले हाम्रा दलहरुलाई निरंकुशतन्त्रलाईझैं खबरदारी नगरे आफैंले ल्याएको लोततन्त्र समाप्त गर्ने खेल खेलिरहेका हाम्रा नेताहरुले । देश, जनता, नागरिक र आफुसमेत हार्ने खेल खेल्दै छन् उनीहरु । पेशाकर्मी, नागरिक समाज वा सामान्य नागरिक, लोकतन्त्रका लागि एकजुट भएर मिसिएका यि हातले फेरी हाम्रा नेताहरुलाई तिनका पार्टी कार्यालय, सडक, संसदिय दलको कार्यालय वा संसद भवन जहाँ सकिन्छ त्यहिँ कैद गर्न उठ्नुपर्ने अवस्था स्रिजना भएको छ । सारा सांगठनिक स्वार्थ भुलेर । पार्टीगत भावनाबाट पन्छिएर । नेताहरुका राजनैतिक स्वार्थबाट अलग रहेर । खास जाती, भाषा, धर्म र गुट उपगुटलाई थान्कोपान्को लगाएर । लोकतन्त्र जोगाउनकालागि । गणतन्त्र संस्थागत गर्नको लागि ।

तपाइँको प्रतिक्रिया