कांग्रेसले सत्ता छोड्ने, शक्ति नछोड्ने

नयाँ सरकार गठनका बारेमा झन झन जटिलताहरु थपिँदै गएका छन । ति जटिलताहरुसँगै वास्तबिकताहरुपनि बाहिरिँदै छन । आज स्पष्ठरुपमा गिरिजाप्रसाद कोइरालाका केही भक्तहरु आगामी सरकारको नेत्रित्व कोइरालाले गर्नुपर्छ भन्दै आधिकारिक प्रस्ताब गर्न सिंहदरबार पुगेका थिए । तिन मध्ये क्रिष्णप्रसाद सिटौला, बिनयधोज चन्द र शेखर कोइराला थिए । बेलैमा चाकरी बजाए फेरी मन्त्रि बन्न पाइन्छ भन्ने दाउ होला यि चाकरीबाजहरुको । आजै नेपाली कांग्रेसले आगामी सरकार गठनलाई झन जटिल बनाएको छ । माओवादी नेत्रित्वमा सरकार गठन गर्न नदिन मरिमेटेर लागेको कांग्रेसले आज नयाँ अड्को थापेको छ-माओवादीलाई सरकार छोडेपनि शक्ति पुरै नछोड्ने रे । यो भनेको के होला ?

माओवादीलाई सरकार बनाउन त दिने तर सरकार चाहि आफुले भने अनुसार घुमाउने ? कि माओवादीलाई राजाका मन्त्रि जस्तो बनाउने ? शक्ति बिनाको सरकार भनेको के होला ? कस्तो हुन्छ त्यस्तो सरकार ? एउटा पार्टीको नेत्रित्व तर शक्ति अर्कै पार्टीसित भएको सरकार भनेको कस्तो हुन्छ ? माओवादीलाई सरकार छोडेपनि पुरै शक्ति भने नछोड्ने भनेर कांग्रेसका केहि सदस्यले भनेको होइन । यो कुनै गाइँगुइँ र हल्ला पनि होइन । आज नेपाली कांग्रेसको केन्द्रिय समीतिले नै गरेको निर्णय हो । भनेपछि अब माओवादीको सरकार एक नबन्ने भो, बनेपनि पनीयो चाहिँ नेपाली कांग्रेसलेनै राख्न ज्यान फाल्ने भो । कांग्रेसले सत्ता नछोड्ने देखेपछि आजै माओवादीका नेताहरुले अब बिद्रोहगरेर राज्यसत्ता लिने चेतावनी दिएका छन । जनताको मतको कदर हुँदैन भने अब हाम्रो बिकल्प के त ? यसै भनेका छन माओवादी नेताहरुले । बिराटनगर पुगेका माओवादी केन्द्रिय सदस्य गरिबोल गजुरेलले दिएका हुन त्यो चेतावनी ।

तपाइँको प्रतिक्रिया