एक्कासि किन पुगे राजिनामा नदिने मूडमा प्रधानमन्त्री ?

हिजो प्रधानमन्त्री माधव कुमार नेपालले राष्ट्रका नाममा गरेको संबोधनले माओवादीलाई अचम्मै पारेको छ । अस्ति बेलुकासम्म राजिनामा दिने मूडमा रहेका नेपालले कसरि एकाएक मनशाय बदले ? एमाले बैठकमा अधिकांश सदस्यले सरकारको चर्को बिरोध गरेपछि नेपाल प्रधानमन्त्री पदबाट राजिनामा दिने मूडमा पुगेका थिए । उनले निकटका ब्यक्तिसित छलफलपनि गरेका थिए कसरि राजिनामा दिने भनेर । तर राजिनामा दिने मनशाय बनाएको चौबिस घण्टापनि नबित्दै उनी फेरी किन राजिनामा नदिने मूडमा पुगे ? यसले माओवादी र स्वयं एमालेका नेतालाई समेत अचम्मित पारेको छ ।

माधव नेपालको राजिनामा एमालेको बैठकमै अधिकांश एमाले नेताले मागेपछि माओवादी अब माधव नेपालले राजिनामा दिन्छन् भन्ने पक्का निधोमा पुगेका थिए । त्यसको छन केहि एमाले नेतालेनि माओवादीलाई दिएका थिए । उनले राजिनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सहज नभएपनि अन्तत: आफ्नै पार्टीमा आउँछ भन्नेमा माओवादी ढुक्क थिए । त्यहि अड्कल र विश्वासले उनीहरुले नेपाल बन्द फिर्ता लिएका थिए । तर एक रात पनि नबित्दै प्रधानमन्त्री नेपालले आफ्नो अडान फेरेर राजिनामा नदिने मनशायमा पुगे । हिजो राष्ट्रका नाममा संबोधन गर्ने भनिँदापनि उनले आफ्नो सरकारको बचाउ गर्दै राजिनामा दिने आन्तरिक तयारि जस्तै गरिएको थियो । तर राजिनामा दिन तयार भएका नेपालले भारतीय राजदूत र ओली पक्षबिच छलफल भएपछि मनशाय बदलेर नयाँ वर्षको लागि भन्दै झार टार्ने पाराले राष्ट्रका नाममा संबोधन गरेका हुन् ।

स्रोतहरुका अनुसार मेशिनले पढ्ने राहदानीको काण्डमा जसरि सरकार चुक्यो त्यसपछि राजिनामा दिने मूडमा पुगेका माधव नेपाललाई राजिनामा दिन नहुने भन्दै केपी ओली पक्षले दबाब दिएका थिए । माधव नेपालले राजिनामा दिने पक्कापक्कि जस्तो देखिएपछि केपी ओली सिधै भारतीय दुतावासमा पुगेका थिए । त्यहाँ उनले नयाँ परिस्थितिबारे भारतीय राजदूत राकेश सुद लगायतका भारतीय अधिकारीसित छलफल गरेका थिए । भारतीय दुतावासमा छलफल भएपछि केपी ओलीले आफ्ना पक्षधर नेतासित छलफल गरेका थिए । उनले भारतीय राजदूतलाई माधव नेपाललाई राजिनामा दिन नहुने विषयमा आस्वस्त पार्न आग्रहपनि गरेका थिए । त्यसै अनुरुप भारतीय राजदूत सुदले माधव नेपालसित भेट वार्ता गरेका थिए ।

स्रोतहरुका अनुसार सुदले नेपाललाई कुनैपनि हातलता राजिनामा दिन नहुने बताएका थिए ।  सत्ता छोड्नै परे एमाले र कांग्रेस लगायतका दलहरुले राखेका शर्तमा माओवादीलाई झुकाउनु पर्ने बताएका थिए । अहिले नेपालले सत्ता छोडेमा माओवादीको हात माथि पर्ने राय दिएका थिए । पासपोर्ट काण्डमा सरकार तल परेकै बेला सरकार छोडे भारतीय प्रभाव निस्तेज हुने संभावनाका कारण पनि सुदले अहिलेको सरकारलाई राजिनामा नदिन सल्लाह दिएको बताइन्छ । सुद सँगको परामर्शपछि माधव नेपाल तत्कालकालागि राजिनामा नदिने मूडमा पुगेको बताइएको छ । नेपालको राजिनामा माग्ने एमाले अधिकांश नेता र माओवादीले अब कस्तो निर्णय गर्छन्  भन्ने चाहिँ हेर्न बाँकि नै छ ।

तपाइँको प्रतिक्रिया