माफी र सार्कमा जान दुबै पाउँ-प्रधानमन्त्रि कोइराला

_41619502_koirala_ap_203body.jpgमाफि माग्ने त चलन बस्न लागे जस्तो पो छ त नेपालमा । पहिले आँखा नदेख्ने अनि पछि भरमार बिरोध भएपछि आत्माअालोचित भएँ, भुल भयो, आदि आदि भन्ने । हिन्दि भाषामा सपथ खाएपछि जब जनताले उखरमाउलो मच्चाए अनि उपराष्ट्रपति झाले लौ जनताको भावनामा दुख र चोट परेकोमा दुख लाग्यो भनेका थिए हिजै मात्र । आज प्रधानमन्त्रि गिरिजाप्रसाद कोइरालाले त्यसैको सिको गरे । सबै दलसित सोधिन, सरसल्लाह गरिन, सोध्नु पर्थ्यो, अनुमति सबै दलको चाहिन्थ्यो, त्यसरि नसोध्नु मेरो गल्ति भएकोले म आत्म आलोचना गर्छु । तर मलाई सार्क सम्मेलन जान दिनुपर्‍यो भनेछन आज उनले । त्यो पनि एमाले, माओवादी र फोरमसँग आज प्रधानमन्त्रि निवासमै भएको छलफलमा । माफि माग्न तगडा भएपछि सोचेर काम गर्नै परेन । यो सबैभन्दा सजिलो उपाय हो ल । मनखुशि बोल्ने, काम गर्ने अनि बिरोध भयो, बिग्रियो, आपत पर्‍यो भने लौ माफी पाउँ भन्ने ।

म कहिल्यै पछाडी हेर्दिन भन्ने कोइरालाले हेरेछ्न पछाडी । पारेछन पछाडी हेर्न । जेहोस कसैलाई नटेर्ने गिरिलाई माओवादीले बिस्तारै अलि अलि भएपनि तह लगाएका छन । राष्ट्रपति बन्न नदिएका उनिहरुले आजै फेरि माफी माग्नुपर्ने बनाए । नत्र सार्क शिखर सम्मेलनमा भाग लिन सबिधान सभाको बैठक बोलाएर त्यसबाट निर्णय गराएर भएपनि रद्द गराउछौ भनेका थिए माओवादीले । त्यसमा साथ दियो एमालेले । अनि, लौ प्रधानमन्त्रिले आत्म आलोचना नै  गर्ने हो भने जान दिउँ भन्दै अब उनलाई जान दिने निधो गरियो आज सबै पार्टी भएर । सार्कमा गतिलो उपस्थिति त के हुन्थ्यो उनको स्वास्थ्यकै कारणले पनि जेहोस उनले बिदेश भ्रमण भ्नए गर्ने भए ।

तपाइँको प्रतिक्रिया