गल्ति भएछ कामरेड: प्रचण्ड
सरकार निर्माणका बिभिन्न अड्कलबाजीहरु भइरहेका छन । राजिनामा दिएलगत्तै फेरी प्रधानमन्त्रि बन्ने लोभ हाम्रा ब्रिद्द गिरिजा कोइरालामा मरिसकेको छैन । को प्रधानमन्त्रि बन्ने र कसले सरकारको नेत्रित्व गर्ने भन्ने ताता बहस र तानातान चलिरहेका बेला आज सरकार निर्माणबारे नयाँ संभावनाको अड्कल गरिदै छ । राष्ट्रपति निर्वाचनपछि देखापरेको तिक्ततालाई चिर्दै आज नेकपा (माओवादी) अध्यक्ष प्रचण्ड र एमालेका पूर्व महासचिव माधवकुमार नेपालबिच वार्ता भएपछि सरकार गठनबारे नयाँ अड्कलहरु गरिएको हो । दुइ पार्टीबिचको आरोप प्रत्यारोपलाई चिर्दै आज माओवादी अध्यक्ष प्रचण्ड माधव कुमार नेपाललाइ भेट्न उनैको निवास कोटेश्वर गएका थिए । भेटमा के कुरा भयो होला त ?
भेटमा प्रचण्ड र नेपालबिच नयाँ सरकार गठनबारे वार्ता भएको थियो । वार्ताका क्रममा प्रचण्डले नयाँ सरकार गठनका लागि एमाले र माओवादीबिच सहकार्य हुनुपर्ने बताएका थिए । प्रचण्डले राष्ट्रपति चुनावमा आफ्नो पार्टीको तर्फबाट गल्ति भएको र आगामी सरकार एमाले र माओवादी मिलेरै बनाउनुपर्ने बताएको नेपालप्लसको एक भरपर्दो सूत्रले बताएको छ । प्रचण्डले देशमा प्रतिक्रियावादी चलखेल र बिदेशी हस्तक्षेप ज्यादै बढेकोले एमाले र माओवादीबिच सरकार गठन लगायत आगामी दिनमा सहकार्य हुनुपर्ने प्रस्ताब राख्नेका थिए ।
प्रचण्डले दुइ प्रमुख शक्तिशाली वामपन्थिहरु नमिल्दा प्रतिक्रियावादीहरुलाई फाइदा पुगेको पनि स्मरण गराएका थिए । त्यसैगरि, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा एमाले र माओवादीले गरेका कमजोरीहरुबारेपनि छलफल भएको थियो । एमाले र माओवादीबिच आरोप प्रत्यारोप चलिरहेका बेला र यिनिहरु फुटेपछि हुनपनि मधेशी जनअधिकार फोरम जस्ता मधेश टुक्र्याउन खोज्नेहरुले फाइदा लिइरहेका थिए । र प्रधानमन्त्रि गिरिजाप्रसाद कोइरालाले माओवादीलाई एक्ल्याउन अन्य दलहरुसित भएटघाटपनि तिब्र पार्दै थिए । कमसेकम एमाले र माओवादीबिचको यो संबादले एउटा सहकार्यको उपाय निकाल्न सक्यो भने शान्तिवार्तालाई निष्कर्षमा पुर्याउन, नयाँ संबिधान बनाउन, प्रतिक्रियावादी चलखेल र बिदेशी हस्तक्षेप रोक्न सकारात्मक भूमिका खेल्न सक्छ । ढिलैभएपनि यि दुइ पार्टीबिच सहकार्य भयो भने देशले कुनै न कुनै निकास पाउन सक्छ अग्रगमनको । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा भएका कमजोरीलाई ढिलै भएपनि दुबै पार्टीले कम्तिमा स्विकार गरेभने पनि त्यसले सहकार्यको आगामि मार्गलाई पक्कै सहज बनाउन मद्दत गर्छ ।




