हिन्दी भाषालाई राष्ट्र भाषा बनाउँदै छौं-उपराष्ट्रपति
उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा सपथ लिएकोमा देश भरि बिरोध भइरहेको छ । एक पटक हिन्दीमा सपथ लिँदा त्यत्रो बिरोध हुन्छ भने झन हिन्दीलाई एउटा राष्ट्र भाषानै बनाए होला के ? हो, अब देखि हिन्दी भाषालाई राष्ट्रिय बनाउने अर्को योजना रहेछ मधेशी जनअधिकार फोरमको । फोरमले हिन्दी भाषालाई नेपालको एउटा राष्ट्रिय भाषानै बनाउने निर्णय गरेकोले संबिधान सभामा हिन्दी भाषामा सपथ खाएको बताए आज उपराष्ट्रपतिले । फोरमले हिन्दि भाषालाई नेपालको संबिधानमै किटान गराएर राष्ट्रिय भाषाको मान्यता दिलाउने निर्णय गरेकोपनि बताएछन । आफ्नो पार्टीले राष्ट्रिय भाषाको मान्यता दिलाउने निर्णय गरेकोले आफुले हिन्दि भाषामा सपथ खाएको भन्दै आफ्नो बचाउपनि गरे । उनले हिन्दि भाषा नेपालमा नभइनहुने भाषा भएकाले त्यसलाई एउटा राष्ट्रिय भाषा बनाउनुपर्ने तर्कपनि गरेका छन । आफुलाई तराईका आम जनताले उपराष्ट्रपतिमा चुनेकाले तिनैको सम्मान र आदरकासाथ हिन्दि भाषामा सपथ खाएको बताए । देशभर उनको बिरोध भइरहेको र उनले माफी माग्नुपर्ने माग भइरहेकाले आफुले कुनै गल्ति गरेको आभास समेत नभएकाले माफी माग्नेबारे सोच्न समेत नसक्ने बताएर पन्छिन खोजेका छन उनी । बरु आफ्नो निहित स्वार्थ पुरा गराउन दुष्प्रयास गर्ने केही सिमित तत्वले मात्रै आफ्नो बिरुद्दमा नारा जुलुस र बिरोध गरेको आरोप पो लगाएका छन त झन । यसै त देशभरि बिरोध र नाराबाजी भइरहेको छ । उनको यस्तो गैह्र जिम्मेवार भनाई र हिन्दी भाषालाई संबिधानमै एक राष्ट्र भाषाकारुपमा मान्यता दिलाउने भन्ने उनको भनाईले अब कस्तो असर पार्ला त देश भर ?
तपाइँहरुलाई कस्तो लाग्छ ? के हिन्दि भाषालाई राष्ट्र भाषा बनाउनु उचित हो ?