प्रचण्डमाथि प्रमद्वारा अंग्रेजीमा प्रहार

[मैले हिजो मात्रै प्रधानमन्त्रि पदबाट हटेलगत्तै गिरिजाप्रसाद कोइरालाले फेरि आफैं प्रधानमन्त्रि बन्न षडयन्त्र गर्न लागेको समाचार लेखेको थिएँ । आज जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले जनआस्था वर्ड फाइलमा पठाए । पढ्दै गएको त हिजो मैले लेखेको ” राजिनामा लगत्तै प्रधानमन्त्रि बन्न अर्को षडयन्त्रको योजना” शिर्षकको समाचारलाई पुष्टि हुने एउटा समाचार रहेछ जनआस्था (८  साउन २०६५ बुधबार) मा । जनआस्था यसैपनि राजदरबार, सेना र प्रधानमन्त्रि निवासका समाचारमा झन विश्वसनिय मानिन्छ ।

यसमा गिरिजा आफु राष्ट्रपति हुन नपाएकोमा प्रचण्डसित चुर भएको, राजाले फेरी शक्ति हत्याउन दुष्प्रयास गर्न खोजेको लगायतका केही महत्वपूर्ण प्रसंग छन । रमाइलो त के छ भने आफ्नो पार्टीले सर्वनाक हारेर पनि लाज मान्नुको साटो, जिम्मेवारी लिनुको साटो “म प्रचण्डलाई प्रधनामन्त्रि हुन दिन्न ” भनेका छन गिरिजाले परिवारसँग । गज्जब छ बा, निर्वाचनमा जित्नेलाई प्रधानमन्त्रि हुन दिन्न रे, गिरिजाकै ठेक्का जस्तो यो देश त ! कसलाई के दिने नदिने सबै गिरिजाकै तजबिजमा रे !] बाँकी जनआस्थाकै तलको समाचार हेर्नुहोस— 

प्रचण्डमाथि प्रमद्वारा अंग्रेजीमा प्रहार 

काठमाडौं गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बन्न असफल भए पनि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालामा सत्ताको तिर्खा अझै मेटिएको छैन उहाँले पुनः प्रधानमन्त्री बन्ने अभिलाषा राख्नुभएको सबैले मलाई प्रधानमन्त्री बन भन्छन्, के गरू ? -‘ अस्ति सोमबार परिवारका सदस्यहरूसँ उहाँले यसै भनेर सल्लाह माग्नुभयो आफू बन्ने आधार पेस गर्दै कोइरालाले भन्नुभएको थियो– ‘एमालेसँ मेरो कुरा भइरहेको , साना पार्टीलेपनि सहयोग गर्छन्, प्रम हुन सक्छु     आफूलाई राष्ट्रपति बन्न नदिएकोमा कोइरालाको आक्रोश माओवादी अध्यक्ष प्रचण्डप्रति निकै कडा थियो प्रचण्डलाई आफूले सकेसम्म प्रधानमन्त्री बन्न नदिने उहाँले बताउनुभयो स्रोतका अनुसार आफू राष्ट्रपति बन्नबाट रोक्नमा प्रचण्ड नै मुख्य जिम्मेवार भएको आरोप उहाँको थियो उसले मलाई राष्ट्रपति बन्न नदिएपछि मैले मात्रै उसलाई किन प्रधानमन्त्री बन्न दिने ?’ कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो आफू प्रम बन्न नसकेर माओवादीलाई नै बनाउनुपर्ने अवस्था आए प्रचण्डबाहेक अर्को व्यक्ति खोजिने जानकारी पनि कोइरालाले दिनुभएको थियो अंग्रेजी भाषामा कोइरालाले माओवादी अध्यक्ष प्रचण्डलाईबेबकुफको संज्ञा दिएर मनको तुष पोख्नुभएको थियो बालुवाटार स्रोतका अनुसार कोइरालाले अंग्रेजी भाषामा भन्नुभयो– ‘ही (प्रचण्ड) हिमसेल्फ इज एन इडियट, हि डजन्ट ह्याभ पावर इन पार्टी आफू सत्तामा नरहने अवस्थाको कहालीलाग्दो वर्णनगर्दै कोइरालाले भन्नुभएको थियोमलाई राष्ट्रपति बन्न दिएनन्, मलाई सेनाको दह्रो सपोर्ट थियो, राष्ट्रपति बनेको भए सेफल्यान्डिङ गराउँथे, तर अब शान्तिप्रक्रिया पनि अप्ठ्यारोमा पर्यो नयाँ राष्ट्रपति रामवरण यादवलाई पनि निकै अप्ठ्यारो पर्ने दाबी गर्दै कोइरालाले मुलुक गृहयुद्धतिर गएको तर्क सुनाउनुभएको थियो केही समय यस्तै हो, त्यसपछि सेना अगाडि आउन सक्छ,’ परिवारका सदस्यहरूलाई र्सतर्क गराउँदै उहाँले भन्नुभयो फेरि प्रम बन्ने स्थिति नआए पार्टी हाक्ने उहाँले बताउनुभयो राष्ट्रपति नभएर राजनीति गर्न सजिलो भो, पार्टी हाक्ने अर्को मान्छे तयार बनिसकेकै थिएन,’ कोइरालाको भनाइ थियो  प्रम कोइराला जनमोर्चाका अध्यक्ष अमिक शेरचनसँ भने निकै खुसी हुनुहुन्थ्यो अमिकसँगको आफ्नो गोप्य सहमति र्सार्वजनिक गर्दै उहाँले राष्ट्रपति भए अमिक उपराष्ट्रपति बन्नेगरी प्रयास गरिएकोजानकारी दिनुभयो मैले प्रकाश (नारायणकाजी श्रेष्ठ) लाई पनि मलाई राष्ट्रपतिमा सहयोग गर, तिमीलाई प्रम बनाउन भूमिका खेल्छु भनेको थिएँ, तर उसले मानेनउहाँले सुनाउनुभयोभारतले धेरै खेल्यो  

नागार्जुनमा बसे पनि

 प्रम कोइरालाले नागार्जुनमा बसे पनि पूर्व राजा ज्ञानेन्द्र विल्कुल मौन नरहेको बताउनुभयो उनी भारतस कुरा मिलाउँदै छन् भन्ने सुनेको छु‘- उहाँले निकटस्थहरूलाई सूचित गर्दै भन्नुभयो– ‘कि राजा इन्डिया जान्छन् कि भाजपा कांग्रेस आईको उच्चस्तरीय टोली यहाँ आउँ राजासँ नेगोसिएसन गर्छ नेगोसिएसन केका लागि भनेर कोइरालाले नखुलाए पनि राजालाई पुनः सम्मान दिएर फर्काउनेबारे भारतमा लबिङ भइरहेको जानकारी पाएको उहाँको भनाइ थियो

 

तपाइँको प्रतिक्रिया