राजिनामा लगत्तै प्रधानमन्त्रि बन्न अर्को षडयन्त्रको योजना

                   राजिनामा दिन पनि भातरसितै सल्लाह ?

 _41619502_koirala_ap_203body.jpgतपाइँहरुलाई लागे होला- अब गिरिजा प्रसाद कोइराला सत्ताबाट हट्ने भए । राष्ट्रपति बन्न माओवादीले दिएनन । प्रधानमन्त्रिबाट नहटि सुखै छैन किनभने अब नयाँ सरकार निर्माणको बाटो खुलेको छ । नयाँ सरकार, नयाँ प्रधानमन्त्रि र नयाँ राष्ट्रपति आदि आदि । तर यो सुखद समाचार होइन । राष्ट्र, जनता र सत्ता सधैं आफ्नो बपौति पाए जस्तो ठान्ने गिरिजाले त्यसै छोड्नेवाला छैनन पद । उनले फेरि आफैं प्रधानमन्त्रि हुने अर्को योजना बुनेका छन । नेपालप्लसको एक उच्च स्रोतका अनुसार आज प्रधानमन्त्रि पदबाट राजिनामा दिएलगत्तै उनले कित मधेशी पार्टीहरुलाई उचाल्ने वा पहिलेका सहमति मध्ये कुनै पूरा गर्नै सकिन्न भनेर रडाको मच्चाउने योजना बनाएका छन । सकभर उनले मधेशी जनअधिकार फोरमलाई प्रयोग गर्ने, नसके राष्ट्रपति निर्वाचनमा फोरमसँग दूरी बढाएका अन्य मधेशी दललाई उचाल्ने योजना बनाएका छन । त्यसो भएपछि के हुन्छ ? नेकपा (एमाले), फोरम, नेपाली कांग्रेस र अन्य मधेशी दलबिच गञ्जागोल स्रिजना हुन्छ त्यसो किन गर्न खोजिएको हो त  ?

 सरासर सहमति अनुसार अगाडि बढे भने गिरिजाको भूमिक कहाँ हुने त ? कहिँ न कहिँ । त्यसरि गञ्जागोल मच्चाएर नेपाली कांग्रेसको सभापतिका हैसियतले आफैंले बहस र छलफल गर्ने अनि सहमतिमा ल्याउने । अनि अन्तत गिरिजाप्रसाद मात्रै एक्ला नेता हुन जो मधेशीहरुलाई सहमतिमा ल्याउन सक्छन, अन्य दललाई मिलाउन सक्छन भनेर देखाउने । गिरिजा नहुनासाथ सरकार टिक्दैन, गञ्जागोल हुनथाल्छ, दलहरु बाझ्छन र अस्थिरता स्रिजना हुन्छ भनेर देखाउने । अनि आफ्ना लगौंटियाहरु मार्फत गिरिजाको बिकल्प नै छैन भनेर चर्काउने र अन्तत आफैं प्रधानमन्त्रि बन्ने । तपाइँहरुले बिर्सनु भएको छैन होला नी, प्रधानमन्त्रि पदबाट गिरिजाले राजिनामा दिनासाथ मधेशी दलहरुले निरन्तर रोष्टम घेरेर सभा चल्नै दिएनन । अन्तत गिरिजासँगै वार्ता गरेर सहमति गरियो । हो, गिरिजाले फेरी त्यस्तै कुनै रडाको मच्चाउँदै छन । 

राजिनामा दिन पनि भातरसितै सल्लाह गर्नु पर्ने ? 

यो चाहिँ नेपालको बिडम्बना नै हो कि हाम्रा नेताहरु तिर्खा लाग्दापनि भारतलाई नसोधी पानी खाँदैनन । गिरिजा सातै पार्टीका काम चलाउ सरकार प्रमुख थिए । अन्तरिम प्रधानमन्त्रि । अब राष्ट्रपति चुनियो, उपराष्ट्रपति चुनियो । नयाँ सरकार बन्ने बाटो खोल्न खुरुक्क राष्ट्रपति समक्ष राजिनामा दिए भइगो । यहि होइन गिरिजाप्रसाद कोइरालाले अहिले केहिबेर अघि राष्ट्रपति डा रामवरण यादव समक्ष राजिनामा दिएका छन ।  आज राजिनामा दिनु पहिले उनी पूर्व भारतिय राजदूत केभी राजनलाई भेट गएका थिए । त्यहाँ के के कुराकानी भयो होला त ? त्यो पूर्व राजदूतलाई आजै राजिनामा दिनु पहिले भेट्नुको अर्थ के ? त्योपनि राम्रो हिसाब किताबले भए हाकी हाकी भेट्न के ले रोक्यो ? लुकि लुकी भेटेपछि नियत सफा देखियो त ?

तपाइँको प्रतिक्रिया