मधेशी भेषका भारतिय एजेन्ट

terai_leaders-nepalplus.jpg-एकलाल यादव

तराई मधेश लोकतान्त्रिक पार्टीका नेता महन्त ठाकुर नेपाली कांग्रेसको भर्‍याङ चढेर पटक पटक मन्त्रि भए। तराइका नेता उनलाई कांग्रेसलेनै बनायो । तर संबिधान सभाको चुनाव अघि त्यसैलाई लात हानेर उनले तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) खोले। उनले नेपाली कांग्रेसमा रहुन्जेल मधेश मुक्तिको नारा कहिल्यै उठाएनन । मधेशी जनता अन्यायमा परेकोपनि उनले कहिल्यै देखेनन । वर्षौं वर्षसम्म मधेस समावेशी हुनुपनि परेन । किनभने उनि प्रथम त तराईकै एक शामान्त हुन । जमिन्दार । मधेशी जनताको मत पटक पटक भजाएर उनी मन्त्रि भए। र मधेशी जनतालाई नै चुसिरहे । कंगाल बनाइरहे । कहिल्यै मधेशी जनताको पक्षमा उनले सिन्को सम्म भाँचेनन मन्त्रि हुँदासम्म। तर अहिले उनी एक्कासी मधेश एक मधेश एक प्रदेशको नारा उरालेका छन। किन रे भने मधेश स्वतन्त्र बनाउन

सद्भावनाका नेता राजेन्द्र महतो, एनजिओ का रुपमा दर्ता भएको पार्टी मधेसी जन अधिकार फोरमका नेता शरदसिं भण्डारीपनि पटक पटक मन्त्रि भए । महतो त अन्तरिम मन्त्रि मण्डलमा समेत आपूर्ति मन्त्रि भए। त्यो बेला ईन्धनको भाउ बढाएर ढाड सेक्दा मधेशी जनता संझिएनन। पटक पटक मन्त्रि भएका यिनले कहिल्यै मधेशी जनताको पक्षमा कुनै निर्णय गरेनन । नत मधेश स्वतन्त्रताको उच्चारण नै गरे । आपूर्ति मन्त्रिको पद सकिनासाथ यिनि पहाडेहरुलाई गाली गर्दै मधेश आन्दोलनमा लागेका हुन ।

भण्डारी त झन पञ्चायत कालदेखिकै मण्डले मन्त्रि भए । पछि रंग फेरेर नेपाली कांग्रेसमा भित्रिएपछि पनि यि पटक पटक मन्त्रि भए । त्यो बेला यिनको धन्दा देश लाई लुटेर, क‌गाल बनाउनु मात्रै रह्यो । मधेशी जनताका थाप्लामा ऋणको भारी बोकाए। मल र बिउको भाउ बढाए । भ्रष्टाचार र कालो धन्दा गरेर करोडौं करोड कुम्ल्याए । तर अहिले यिनलाईपनि मधेश स्वतन्त्र चाहियो रे । पञ्चायती कालमा जसरि मोज लुट्नु सम्म लुटेर रंग फेर्दै नेपाली कांग्रेसमा छिरेका थिए, त्यसैगरि नेपाली कांग्रेसमा बसेर फेरिपनि लुट्नुसम्म लुटे। अब फेरि नयाँ रंगमा लुट्नकालागि उनलाई चाहियो मधेसी पार्टी र चाहिए मधेशाका जनता। 

बिजयकुमार गच्छदारपनि उही ठाकुर मार्काकै भइहाले । तराइका महा शामान्त यि नेपाली कांग्रेसमा रहेर पटक पटक मन्त्रि बनेका । सांसद खरिद बिक्रि र भ्रष्टाचारमा पल्केका । वर्षौं वर्ष मन्त्रि बन्दा मधेश मुक्ति र मधेशी जनताकाको मतले विजयि भएर तिनैमाथि राज गरेका उनी अहिले मधेश स्वतन्त्रताको नारा उचालिरहेका छन । अर्का जयप्रकाश प्रसाद गुप्ता नामका पञ्चायती मण्डलेको त झन के कुरा गर्नु ? भ्रष्टाचारमा यिनि पटक पटक अख्तियारको फन्दामा परेका हुन

ह्रिदयश त्रिपाठी झन के कम ? आपूर्ती मन्त्रि देखि उनी वाणिज्यमन्त्रि लगायत पटक पटक मन्त्रि भए। तर कहिल्यै उनले मधेशी जनताको लागि केहि गरेनन । नत मन्त्रि हुँदा उनले पहाडेहरुले मधेशी जनतालाई थिचोमिचो गरेको नै देखे । बरु मधेशीहरुको मत भजाएर उनी तिनै पहाडीहरुसँगै मन्त्रिमण्डलमा सहभागि भइरहे ।

मधेशी जन अधिकार फोरमका उपेन्द्र यादव त झन सिधै भारतिय दूत सरहनै भए । भेटघाट भारत । भेला र बैठक भारत । मधेशी भनिएपनि भाषा बोल्ने ससदमै हिन्दी । आफ्नो देशको मामिलाका निम्ति मध्यस्थता राख्ने भारतिय भारतले सुस्तामा नेपाली भूमी अतिक्रमण गरेको बिरोधमा नेपालीहरु उत्रिदा मधेश आन्दोलनलाई अन्यत्र मोड्न सामान्य घटनालाई उचालिएको भनेर भारतको दलाली गर्ने यिनै हुन। 

तर अब जनता जागेका बेला सधै लुट्न सभव हुन । देश पूनर्सरचित भयो भने यिनका बितेका करतुतहरु जनताले थाह पाउछन त्यसैले यिनिहरु फेरि भिन्न रुप, रग, भेष र मधेश मुक्तिको नारा लिएर अ देखा परेका छन । यिनलाइ वास्तबमा जनताको मुक्ति चाहिएको होइन, नया ढगमा ठग्नु परेको हो। जनताको मुक्ति चाहिएको भए यिनले पटक पटक मन्त्रि हुदा जनताका पक्षमा केहि न केहि निर्णय गर्ने थिए। मधेश मुक्तिको माग लिएर लड्ने थिए । तर अहिले यिनिहरु भारतिय भूमिका, माग, लगानी, उक्साहट, षडयन्त्र र मिलोमतोमा देशलाई टुक्र्याएर अलग भूमीको भिन्न शासक बन्ने सपना देखेका छन। यिनिहरु वास्तबमा यिनिहरु नेपाली नभएर नेपालको सार्वभौमसत्ता बिदेशीलाई सुम्पन भूमिका खेल्नेजन बिरोधी, देश बिरोधी र भारतिय एजेन्ट हुन

हामीलाई बिदेशी उक्साहटमा भिन्न प्रदेश भन्दै भिन्न राज्य चाहिएको छैन । बरु चाहिएको छ समग्र देशको मुक्ति । समग्र देशको विकास । त्यस्तो मुक्ति यस्ता बिदेशी दलालहरुबाट संभव छैन । यिनलाई हाम्र नेता भन्नु वास्तबमा हामी मधेशीको बेइज्जत हो । त्यसैले हामी मधेशका जनताले यस्ता बिदेशी दलालहरुको उक्साहटमा लाग्ने होइन बरु यिनलाई बेलैमा नंग्याउनुपरेको छ। (इमेल बाट प्राप्त यो लेखको झण्डै आधा भाग सम्पादन गरेर स्थान दिइएको हो ।  लेखमा ब्यक्त बिचार लेखकका निजि हुन । यसमा नेपाल प्लसको पूर्ण सहमति वा बिमति दुबै हुनुपर्ने जरुरी छैन)

मधेश संबन्धि अन्य लेखहरु :

भारतको इशारामा सबिधान सभा अवरुद्द

मिडियाका साथिलाइ एक थारुको अनुरोध

मधेसीको ठिक छैन चाला

बाहिर कुरा मिल्यो,भित्र हुने के हो ?  

मधेशको मुद्दामा माओवादी, कांग्रेस र एमालेमा कुन ठिक ?

नयाँ रुप र रंगमा तिन अपराधी

काँचो सुन्तला नखाँदै यो ताल, खाए कुन ताल ?

हरुवा नेता ठाकुरको गर्जन सुन्नुस

गोर्खालीलाई झुकायौ: उपेन्द्र यादव

अब थारुहरु आन्दोलनमा

मधेस हो कि तराई ?

मधेसले मानेन

केन्द्रमा मधेस मुद्दा

मधेसवादी दलको नियत

तपाइँको प्रतिक्रिया