यति धेरै कम्युनिष्ट पार्टीहरुको धन्दा के ?

नेपालका कम्युनिष्ट पार्टीहरुबारे छफलफल हुँदा नामका विषयमा ह्र्स्व राख्ने कि दिर्घ भन्ने विवाद communist-party-of-italy-nepalplus.jpgसुल्झाउन नसकेरैपनि बिभाजन हुन्छन भनिन्छ। हुनपनि त्यस्तै अवस्था छ नेपालमा।   २०४५-४७ सालसम्मपनि अहिलेको नेकपा (माओवदी) का अध्यक्ष नेकपा (मशाल) अर्थात मोटो मशाल (मशाल लेख्दा मोटो श प्रयोग गरिएकोले) मा थिए। अनि उनैका गुरु मोहन बिक्रम सिंह र अहिलेका बाबुराम भट्टराई समेत नेकपा मसाल (अर्थात मसाल लेख्दा पातलो स लेखिने) मा । उनीहरुमा नेत्रित्वको टकराब बढि थियो बैचारिक मत भिन्नता भन्दा पनि । त्यसपछि नेकपा (एकताकेन्द्र) बन्यो प्रचण्डको मोटो मशाल, रुपलाल विश्वकर्माको नेपाल सर्वहारावादी श्रमिक संगठन र निर्मल लामाको नेकपा (चौथो महाधिबेशन) लगायतका टाकुरेहरु मिलेर । माओवादीले जनयुद्द गर्ने बेलामा त्यो फुट्यो । अनि प्रचण्डले बनाए नेकपा (माओवादी)। तर खुल्ला मोर्चाको नाम राखियो जनमोर्चा नेपाल । एकता केन्द्र र माओवादी दुबैले त्यहि नाम राखिरहे । पछि अदालतले बल्ल टुंगो लगाइदियो । 
 
जे होस, नेताहरुबिच टक्कर देखिएपछि पनि पार्टी फुटाउने गर्छन । दुइ चार जना जो जो जससँग कुर्सि र पद कालागि स्वार्थ मिल्दैनन अनि फुटाएर अर्को बनायो । त्यसो भएपछि आफैं अध्यक्ष, महासचिव के के बन्ने हो बन्यो। भन्नलाई अमेरिकालाई हेर्ने सवालमा, भारतलाई हेर्ने सवालमा, र घरेलु साम्राज्यवाद प्रमुख शत्रु कि बैदेशिक साम्राज्यवाद प्रमुख भन्ने विषयमा मत भिन्नता आदि आदि यस्तै भन्यो। केहि कार्यकर्ता मोडिन्छन । ढुक्क । आफु चट्ट नेता बन्यो भाषण ठोक्यो। अनि भाषण गर्दा गर्दै बेला बेलामा एक छिन एक छिन रोकियो ताली बजाउँछन कि भनेर बिचार गर्न। चुनावमा टाउको साउको फुट्ने तिनै कार्यकर्ताको हो।

घर ठड्यायो, गाडी चढ्यो। थाह पाइहाले भने श्रीमतिको, भाईको, सालाको भन्यो पन्छियो ।  एउटै ठुलो पार्टी बन्यो भने त्यसमापनि प्रतिष्पर्धा हुने भयो । सानो भएपछि सजिलो, एक्लै हालीमुहाली । जनता किन पछि नलागेका तपाईको पार्टीमा भनेर सोध्यो भने हेर्नुस हुल मात्रै भएर हुन्छ र निति ठिक हुनु पर्‍यो नि !  हामी थोरै भएपनि बिचारमा स्वच्छ छौं, महान छौं भन्यो उम्कियो। आहा कति मजा ! यति धेरै कम्युनिष्ट पार्टीले राम्रो काम गरेको भए मुलुक झन उकालो लाग्नु पर्ने होइन त? झन ओरालो पो लाग्दै छ त। अनि यिनले वर्षौ देखि के काम गरेछन त ?
यसैपालीको सम्बिधान सभाको निर्वाचनमा भाग लिने पार्टीहरु हेर्दा त छक्कै परिने। चुनावमा भाग लिनेनै कम्तिमा १३ वटा कम्युनिष्ट पार्टी रहेछन । अझ यसमा नेपाल कम्युनिष्ट पार्टी एकता केन्द्र मसाल आदि यस्तै यस्तै भनिनेले त भाग लिएकै छैनन। चुनावमा भाग नलिने अरुपनि छन कम्युनिष्ट पार्टी।  सबै गर्दा झन कति होलान ? जनतालेपनि कसरि चिन्ने होलान ? भोट एउटालाई दिनु छ अनि कति दिन लाएर पढ्ने होला त १३ वटा कम्युनिष्ट पार्टीको घोषणपत्र  ? ति मध्ये कुन राम्रो भनेर छुट्याउन ।  कसरि भिन्नता छुट्ट्याउने होलान ? अचम्म पर्नु छैन त ? अहिलेको सम्बिधान सभाको चुनावमा भाग लिएकै कम्युनिष्ट पार्टी हेर्नुस त ल। के यि सबैमा बिचारकै भिन्नता होला त ?
-नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
-नेपाल कम्युनिस्ट पार्टी (एमाले)
-नेपाल कम्युनिस्ट पार्टी (माले)
-नेपाल मजदुर किसान पार्टी
-नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)
-जनमोर्चा नेपाल
-राष्ट्रिय जनमुक्ति पार्टी
-राष्ट्रिय जनमोर्चा
-नेपाल कम्युनिस्ट पार्टी (एकीकृत)
-नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी)
-नेकपा संयुक्त मार्क्सवादी
-नेपाल साम्यवादी दल
-नव जनवादी मोर्चा

तपाइँको प्रतिक्रिया