सरकार चलाउने नै असन्तुष्ट भए किन टाँस्सिइरहने त कुर्सीमा ?

सरकार एमाले नेत्रित्वको छ । उहि पार्टीको प्रधानमन्त्री । रक्षा, ग्रिह र सञ्चार मन्त्रीपनि । मिलीजुली सरकार हुँदा एउटै पार्टीले यति धेरै शक्तिशाली मन्त्रालय लिएको सायद अहिलेनै होला । तरपनि एमाले स्वयं खुशि रहेनछ । नेत्रित्व गर्न नपाउने, सानो तिनो कम महत्वपूर्ण मानिने मन्त्रालय र त्योपनि थोरै लिएर खुम्चिनु पर्नेको ब्यथा त बुझ्न सकिन्छ नै । तर जसले प्रधानमन्त्रीसहित शक्तिशाली झण्डै सबैजसो मन्त्रालय लिएर सरकार चलाउन पाएको छ उहि बेखुशि ?

नेपाली कांग्रसको संसदिय दलको बैठकमा एमालेले एकलौटि रुपमा सरकार चलाएको, सहमतीको सरकार भएपनि सहमती अनुसार नचलेको, आफ्ना मन्त्रीहरु मन्त्रीपरिषदमा कमजोर देखिएको र विकास बजेटजति ख्वात्तै एमालेले आफ्नो क्षेत्रमा लगेर कांग्रेस हेरेको हेर्‍यै भएको भनेर निक्कै आलोचना भएको थियो । नेपाली कांग्रेसले सरकारमा आफ्नो उपस्थिति सन्तुष्ट नभएको भन्दै निक्कै आलोचना गरेको हो । हिजै कांग्रेसकि परराष्ट्र मन्त्री सुजाता कोइरालाले एमालेले एकलौटी रुपमा सरकार चलाएको र उसले कार्यशैली नबदले सरकारबाटै हत्ने चेतावनी दिईन । कांग्रेस कतिसम्म असन्तुष्ट रहेछ यो सरकारबाट भन्ने त त्यसैले देखाइहाल्यो ।

तर अचम्म के भने एकलौटी रुपमा सरकार चलाएको आरोप खेपेपनि एमालेसमेत निक्कै असन्तुष्ट रहेछ । एमालेको केन्द्रिय कमिटीको बैठकमा निक्कै आलोचना गरे केन्द्रिय सदस्यहरुलेनै सरकारको । पार्टीको भूमिका सरकारमा कमजोर भएको, प्रतिपक्षीले सरकार एमालेकरण भयो भनेर र्‍याख र्‍याखती पार्दापनि केहि बोल्न सम्म नसकेको आरोप लगाए वामदेव गौतमले । शान्ति र संबिधान निर्माणको लागि बनेको सरकारले त्यसैको लागि भूमिका खेल नसके के काम भन्नेसम्म देखिए । बरु त्यसकालागि सरकार छोड्नपनि तयार रहनुपर्ने कुरा उठ्यो ।

नेपाली कांग्रेसले त आलोचना गर्ने कुरो बुझ्न सकिन्छ । किनभने उसैले एमालेलाई सरकार सञ्चालनको प्रस्ताब गरेको हो । कांग्रेस एमाले भन्दा ठुलो पार्टी हो । उ थोरै मन्त्रालयमै चित्त बुझाएर बसेको छ । तर एमालेको ? सरकार आफैंले नेत्रित्व गर्ने, शक्तिशाली मन्त्रालयपनि आफैंले लिने अनि आफैंले सरकारको आलोचना गर्ने भए किन टाँस्सिइरहने त त्यस्तो केहि गर्न नसक्ने सरकारमा ? छोड्नु पर्दैन सरकार सञ्चालनमा कमजोर भइयो भन्ने लागेपछि ?

तपाइँको प्रतिक्रिया