नयाँ रुप र रंगमा तिन अपराधी

madheshi.jpg

तपाइँहरुलाई यो कार्टून कस्तो लाग्छ ? यो केहि महिना अगाडि बेलायत निवासी उही कुमार लामाले पठाएका थिए। त्यतिबेला सान्दर्भिक त थियो नै, अहिलेपनि यो सान्दर्भिक लाग्यो मलाई चाहिँ। झन सान्दर्भिक । यि तिनै जना नयाँ रंग, नयाँ भेष, नारा र रुपमा फेरिएका छन। बिजय कुमार गच्छदार हुन सबैभन्दा देब्रे वा पछिल्ला । उनी वर्षौंवर्ष नेपाली कांग्रेसमा बसे । पटक पटक मन्त्रि बने । तर अँहँ, यिनले त्यो बेला कहिल्यै मधेशलाई स्वायत्त बनाउनु पर्छ भनेनन । कहिल्यै राज्य समाबेशी हुनु पर्छ भनेनन । मधेशी जनताको हक र हित यिनले सोचेननन बरु ब्यक्तिगत सम्पत्ति लुट्नतिरै लागे । त्यहि रुप र रंगमा बसे जनताले पत्याउँदैनन भनेर लागे उनी अर्को रुपको मधेशी संगठनमा । नयाँ रंगमा लुट्नका लागि हाने उनले नपाली कांग्रेसलाई लात्तो । 

बिचका मधेसी जन अधिकार फोरमका उपेन्द्र यादव । उनमाथि लगाइएको ट्याग त झन गज्जबकै छ । साँचो हो, गौर हत्याकाण्डमा उनका हात रगतले पोतिएकै हुन । रगतको बाढि बगाएर उनले सन्तुष्टि लिए । मधेश टुक्र्याउन भारतिय अपराहीहरुसँग साँठगाँठ गरे। अफ्नो देशको मामिलाबारे बिदेशी दुतावासमा छलफल गर्थे। नेपालमा अशान्ति मच्चाउन भारतिय हिन्दू अतिवादीपनि उनैका भए । मधेशको आन्दोलन चलाउन नेपालीको ढाडस, सहयोग र समर्थन होइन उनी सधै भारतियहरुसित बैठक गर्दै हिँड्थे । अहिलेपनि उनि नेपाल टुक्र्याउन कम्मर कसेरै लागेका छन  

अर्का भए झन महाभ्रष्टाचारी जयप्रकाश प्रसाद गुप्ता । यिनले त झन मोबाइल फोन भित्र्याउँदा होस कि टिभी स्टेशन खोल्ने अनुमति दिदा होस, करोडौं करोड कुम्ल्याएका हुन । पटक पटक अख्तियारले समातेको हो भ्रष्टाचारीको अभियोगमा यिनलाई । त्यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बेकम्मा बनाउनुको पिँडा अहिले भोग्दै छ देशले । यिनिहरुलाई त्यतिबेलैदेखि भ्रष्टाचारीको रुपमा कोठरीमा जाकेको भए यस्ता देश बेचिखानेहरु सल्बलाउनै सक्ने थिएनन अहिले । त्यतिबेला देशनै पुरै अपराधी र भ्रष्टाचारीले चलाएको हुँदा यिनिहरुपनि चोखिए । र अहिले फेरि बिदेशी उक्साहट, लोभ, पैसा, बिदेशी समर्थन, बिदेशी स्वार्थ र लगानीमा नेपाललाई टुक्र्याउने एक मधेश एक प्रदेशको माग लिएर उठेका छन यिनिहरुलाई मधेसी जनताको सुख सुबिधा, स्वतन्त्रता, हक र अधिकारसँग संबन्धनै छैन। त्यस्तो हुन्थ्यो भने किन जनआन्दोलन दुई भन्दा अगाडिसम्म यिनले मधेसी जनताको पक्षमा बोलेनन ? किन मधेश स्वायत्त हुनु पर्छ भनेनन ? अहिले खाली मधेसीहरुको कमजोरी, वर्षौं देखिको दमन, गरिबी र मधेसीहरुको भावनालाई प्रयोग गरेर यिनले अहिले देश टुक्र्याउने मेसो गरिरहेका छन बिदेशीको पैसा चाटेर।

तपाइँको प्रतिक्रिया