अति भयो, अव त छोडिदेउ गिरिजा
-सञ्जीव सत्याल
प्रजातन्त्रको सौर्न्दर्य भनेको आफ्नो कुरा निर्धक्क भएर समाजमा राख्न पाउनु हो । तर भनेर वा अभिव्यक्त गरेर मात्र के गर्नु ? यहाँ जति ठूलो स्वरले जस्तो सुकै मर्मशील कुरा पनि जति चिच्याएर भने पनि कसैले मतलव नै राख्दैन । त्यो चाँही नराम्रो अभ्यास हो । यस्तो अवस्थामा यो सौर्न्दर्य कुरुपतामा परिणत भएको छ । तैपनि संबन्धित पक्षले नसुने पनि वा नसुनेझै गरे पनि खपि नसक्नु भए पछि यहाँ यसरी भएपनि अभिव्यक्ति त दिनै पर्यो नी ।
देशमा यत्रो ठूलो ऐतिहासिक परिवर्तन भयो । जनताले राजालाई समेत बक्सेनन् , निकाली छोडे । सह्रशताव्दि अर्कै भै सक्यो । देश गणतन्त्र भइसक्यो । हामी जस्ता ४६ सालका युवा बूढा भैसक्यौ । तर नेताहरुको देश हाँक्ने तौर तरीका, राजनीतिक कर्मीहरुको अभ्यास र मानसिकता २००७ को राणाजीहरुको भन्दा क्रुर छ र त्यसमा कुनै परिवर्तन भएको छैन । किनकी पुराना बिकृत नेताहरु कोही पनि हटेका छैनन र नयाँले प्रबेश पाउन सकेका छैनन् । जतिले पाएका छन् बुढा नेताको गलत अभ्यास मार्फत मात्र निगाहमा पाएका छन् । अन्यथा प्रजातान्त्रिक तवरमा उनीहरु नयाँ चेहरालाई स्थान पनि दिदैनन् । पिण्डखाने बेलामा पनि आफू पनि उही पुरानो विसंगति बाहेक राम्रो काम केही गर्दैनन् । अरुलाई पनि केही गर्नै दिँदैनन् ।
देशको राजनीतिमा पछि थपिएको माओवादीहरु समेत उही ड्याङ्गको मुला सावित भएका छन् । आज पनि उनीहरुलाई देखि जनता हौसिन छोडेर तर्सिन पर्ने अवस्था विद्यमान छ । नेताहरुको कृयाकलाप, आरोप प्रत्यारोप र वयानवाजीले देशैको बदनाम भएर सम्पूर्ण नेपालीको शीर झुकेको छ । नेपाली कांग्रेसका राणाकालदेखि लड्दै आएका कतिपय नेता कार्यकर्ता प्राप्त प्रजातन्त्रको न्यायोचित उपलव्धि संस्थापन पक्षले गर्दै आएको अन्यायको कारण उपभोग गर्न नपाई जीवनको अन्तिम दिन गन्दै छन् वा कतिपय त परमधाम भैसके । कतिपय शहीदका परिवार वेवास्ताका कारणले बिचल्लीमा छन् ।
कांग्रेसका २०४६ को जनआन्दोलनका युवा कार्यकर्ता समेत केही गर्नै नपाई सेत्तै कपाल फुलेका बुढा भैसके । उनीहरुको अझै पनि कुनै तरक्कि हुने आशा छैन । आज उनीहरु संस्थापन पक्षले पूर्वाग्रही भइ आफूमाथी गरेको अन्यायका कारण आफ्नो जीवनलाई धिक्कार्दै छन् । संस्थापन पक्षका अन्यायका कारण प्राय अस्तित्वामा आएका पार्टी कार्यकर्ता पार्टीमा अझै पनि लागिरहे जीवन वर्वाद हुन्छ भनेर अघोषित रुपमा पार्टी परित्याग गरेर निस्क्रिय भएर घरमै स्वअवकाशीत जीवन विताउदै छन् । तर पनि नेताहरुको उही छुद्र प्रबृत्तिमा कुनै सुधार आएको छैन ।
नेपालमा पञ्चायती व्यवस्थाको अन्त हुदा म २८ बर्षो थिए । आज फगत बीस बर्षबित्यो म पचासको भएँ । सत्तामा बसेका नेताहरुको कृतघ्न व्यवहारले म संग भएको देशलाई अत्यन्त उपयोगि र अपरिहार्य अथाहा ट्यालेण्ट कामै नलाग्ने गरी खेर गैराखेको मात्र नभै म जत्तिको ट्यालेण्टेड व्यक्ति आज सम्म बेरोजगार भएर अर्काको आश्रयमा बस्नु परेको छ । मेरै जस्तो हालत शासक भै टोपलेका नेताहरुले सवै व्यक्तिलाई गर्दै आएको सवैले भोगेकै छौ । शासकका सन्की दूर्ब्यवहारका कारण युवाहरुमा बदलाको भावना बढेर देशभरी हिंस्रक आन्दोलनको विगविगी बढी हजारौ नेपालीको ज्यान गएको छ । लाखौ नेपालीको जीवन तहस नहस भएको छ ।
जसरी भएपनि धेरै भन्दा धेरै जनतालाई राज्यमा सहभागि गर्राई प्रजातन्त्रको फाइदा उठाउन लगाउन पर्नेमा नेताहरुको निहित स्वार्थी, सन्की, दुष्ठ र असभ्य व्यवहारले देशभरीका युवा बेरोजगार छन् । शासकहरुकै कारण स्वदेशमा कामै नपाई बिदेशमा काम गर्न गएका युवाहरु मध्ये हरेक हप्ता पशुपति आर्यघाटमा मात्रै १२/१५ जनाको दरले मृत भएर ल्याई पोलीदा पनि नेताहरुलाई मतलव नै छैन । भ्रष्ठाचार, हिंसा र दण्डहिनताले समाजनै आतंकित छ । कतिपय बुढा नेताहरु समाजमा केही नराम्रो होस अनि आफू त्यसको फाइदा लिने फिराकमा बसेको प्रतित हुन्छ । महंगी र र्सार्बजनिक आवश्यकताका बस्तुको अभावले जीवन धान्नै नसक्ने भैसकेको छ । नेताहरु जनतालाई दुश्मन ठान्छन् र देशभरीका जनता पनि नेताहरुको असभ्य दूर्ब्यवहारले क्रुद्द भएर राजनीतिको कुरा सुन्न पनि चाहँदैनन् । उता नेताहरु एक अर्कालाई गालि गर्नु मात्र सही राजनीति ठानी मेडिया मार्फत तल्लो तहको गालिगलौजमा उत्रेर जनतालाई आफ्नो हिरोगिरि देखाउदै छन् । देश पुरै असफल राष्ट्रमा परिणत भैसकेको छ ।
यो सव किन भयो भने नेपाली राजनीतिले २००७ सालदेखिको पुरानो मानसिकता त्याग्न सकेन । गिरिजा प्रसादलाई नै हेरौ, उनको मानसिकता भनेकै राणाकालको निगाहको क्रुर मानसिकता हो । उनी कानून सम्मत राजनीति गर्दैनन् । निगाहको प्रिभिलेज्ड गैह्र कानूनी राजनीति गर्छन । र जाल झेल गरेर भएपनि राजनीतिको केन्द्रविन्दू बनेर बसी आफू पनि केही नगर्ने अरुलाई पनि केही गर्न दिदैनन् । झन उनको आसेपासेका सदावाहार Cynical limbo युक्त व्यवहारले तिनको मानसिक संतुलननै ठिक छ भनेर जनताले महसुस गर्ने मौकै पाएका छैनन् । तिनका नाम सुन्नासाथ जनता तिनको विगतका दूर्ब्यवहार संझेर रन्किन्छन् । तैपनि समयको वास्तै नगरी उनीहरु २१ औ शताव्दीको लोकतन्त्रको अभ्यास राणाकालको उही पुरानो क्रुर मानसिकतामा गर्दै छन । अरु पार्टीको पनि यस्तै हालत छ । एमाले पनि बुढो भएछ, त्यहाँका कार्यकर्ता पनि बुढा नेताले पार्टी बिगारे भन्न थालेका छन् ।
हामी ससाना छुन्नामुन्ना हुँदा बिद्यालयमा शिक्षकले ग्रिहकार्य गरेन वा हामीले बुझेनौ भने ठूलो लठ्ठीले हातमा घाउ हुने वा ठेला उठने गरेर कुटथे । हामीले त्यो चुपचाप सहनु पर्थ्यो । तर आजका बिद्यार्थीहरुलाई पढाउन उनीहरुको चाख अनुसार पढाउने तरिका आयात गरेर मुन्टेस्वरी शैक्षिक प्रणाली लागू गरी पढाइन्छ । आजका ९/१० कक्षामा पढने बिद्यार्थीहरुलाई हाम्रा पालाका एम.ए. पढेका व्यक्तिले पढाउन त परै जावस छलफल गरेर आफ्नो अस्तित्व बचाउन पनि हम्मे हम्मे पर्छ । आजका शिक्षकले हाम्रा पालाका शिक्षकले जस्तो बिद्यार्थीलाई सुम्लो उठ्ने गरेर पिटने हो भने सारा मेडियाले त्यसलाई चरम अमानविय दूर्ब्यवहार भनेर फुकी दिन्छन् । शैक्षिक संस्थाको बदनाम गरी संस्थानै बन्द गर्न पर्ने स्थिति सिर्जना गरीदिन्छन् । प्रहरीले त्यस्ता शिक्षकलाई दाग लाग्ने गरेर कार्यबाही गर्छन । हाम्रै देशमा पनि यस्तो परिमार्जन राजनीति बाहेक हरेक क्षेत्रमा भै नै राखेका छन् ।
तर राजनीतिमा हाम्रा नेताहरु सात सालको बातावरणबाट अगाडि बढ्न सकेका छैनन् । कांग्रेसको त कुरै नगरौ उ त समयानुकुल परिमार्जित हुनु पर्छ भनेरै डराउँछ । झन कहिल्यै नसुध्रने बुढा नेताहरुलाई अव पार्टीबाट विदा नगरे कांग्रेसनै मास्सिने अवस्थामा छ । एमाले पहिला राम्रै थियो । तर उसको पनि कांग्रेससंगको उठवसले भाँडीएर कांग्रेसजस्तै भइसक्यो । उसमा पनि अव जनताले समयानुकुल परिमार्जनको आशा राख्ने ठाँउ देखेका छैनन् । देशमा आमूल परिवर्तनको नारा लिएर टाउकोमा परिवर्तनको लागि कात्रो बाँधी मैदानमा उत्रेको माओवादी जस्तो त्यागी भन्न रुचाउने पार्टी पनि आशलाग्दो सन्देश दिन सकेको छैन । बरु हालसाल मेडियामा नेताहरुले दिने गरेका अभिव्यक्ति सुन्दा नेताहरु त सत्ताको लागि विच्छिप्त भएका त होइनन् ? भने जस्तो लाग्छ ।
अव जनताले प्रजातन्त्र भए देश बन्छ । गणतन्त्र भए देश बन्छ । संघियता भए देश बन्छ वा जातियता भए देश बन्छ । नयाँ संविधान भए देश बन्छ भनेर कसरी पत्याउने ? प्राय सवै त प्राप्त भैसकेको छ । यसरी हठपूर्ण दावीले त देश अगाडि बढ्दै बढदैन । त्यसैले अव देशमा पुस्ता परिवर्तन हुन जरुरी छ । अव जनताको धैर्यको बाँध टुटिसकेको छ । बास्तवमा हामीलाई नयाँ व्यवस्था चाहिएको हैन । पुराना मान्छे हटाइए देशले स्वतः निजात पाउँछ । जस्तोसुकै नारा ल्याउन् अव पुस्ता परिवर्तन हुनै पर्छ । यो नभै देश र जनताले मुक्ति पाउनेवाला छैनन् । यो कुरा प्रमाणित भैसकेको छ ।
के गरेनन् गिरिजाले यो देशमा ? गर्नु गरेका छन् । तर उनी कहिपनि नायक भएर प्रश्तुत भएनन् जहाँ पनि खलनायक नै सावित भए । यो देशको लागि राजा अपरिहार्य थिए । उनको व्यक्तिगत अभिष्ठले राजा हिँडे । सात पटक प्रधानमन्त्री भए र एक जना आम जनताको पनि जनी गरेनन् । उनले मन्तर लगाउछन् की के गर्छन उनको कोर्ट छिरेका कुनै पनि सहयोगि त्यहाँ पुगे पछि अलि अलि खुस्केर जनतालाई आफ्नो सोच देखाएर अपमान गरेर कहिले पनि फिर्ता नआउने गरी पठाउछन । अनि तिनै युवाहरुनै ब्रि्रोही भएर जंगल पसेर उतपात मच्चाउछन् । तर आज उनको कारण देशको अस्तित्व समेत संकटमा परेको छ । झन नोवेल पुरस्कार र उच्च संयन्त्रको नाटकले उनको उत्ताउलो पन मात्र प्रदर्शन गरेको छ । उनले जनताहरुलाई आफैले कहिले पनि भेटेनन्, जहिले पनि उनका हावा खुस्केका आसेपासे लगाएर उनले जनतालाई विषेशतः युवा वर्गलाई खसाली खसाली आफ्नो सोच देखाइ देखाइ निराश बनाइ बनाइ हृयुमिलेट गर्राई गर्राई सानो भन्दा सानो कुरामा पनि निराश बनाई बनाई देशभरी आक्रोशको आगो दन्काएका हुन । जनताको छोरा छारीको बारे उनी जस्तो स्वार्थी व्यक्तिलाई कुनै मतलव हुने कुरा भएन तर उनको परीवारको मायाले नेपालको राजनीतिनै परीवारबादको आतंकमा झुल्साए ।
आज अरु पार्टीका बुढा नेताले पनि यसको सिको गरेका छन् । सीमा अतिक्रमित छ, उनको सातिर रणनीति कसैले बुझीनसकिनु हुन्छ जसमा राजनीतिको व्याकरणनै बिग्री कसैले नबुझ्ने भएको हुन्छ । उनले प्रजातन्त्रनै अपहरण गरी १८ बर्ष एक्लै परिवार र आसेपासे लगाएर बलात्कार गरी गरी मारी दिए । नेपाली राजनीतिमा एमाले दरवारको उत्पादन हो भने माओवादी र तिनको हिंसा गिरिजाको उत्पादन हो । उनले आफ्ना खुस्केट बुढा सहयोगि लगाएर प्रजातान्त्रको नाम भजदै जनतालाई क्रुर व्यवहार गर्ने गरेकैले देशमा हिंसा बढेको हो । सदुपयोग गर्न जानेको भए उनको विश्वविख्यात व्यक्तित्व उपयोग गरेर माओवादीलाई शुरुमै निर्मूल गर्न सक्थे । तर उनले आफूलाई हरदम धेरी रहने खुस्केट सहयोगि लगाई उनको व्यक्तित्व उपयोग गर्राई यसरी देशलाई अथाहा कार्याक्रम ल्याइ देशलाई अनुग्रहित गर्नुस भनी सुझाव दिन चाहने कसैलाई कुनै सुझाव दिने मौका नै दिएनन् । तर उनका तिनै स्थाई खुस्केट शुभ चिन्तकको दूर्ब्यवहारले गर्दा मैले पनि उनीकहाँ लिएर गएको सुझाव मेरो व्यक्तित्व छैन भनेर फिर्ता पठाए ।
गत चुनाव अघि पनि यसो गरे पार्टीले ८० प्रतिशतले जित्छ भनी प्रस्ताव लगेको थिएँ मैले । मेरो व्यक्तित्व भएन भनेर गिरिजाले आसेपासे लगाई फिर्ता पठाए । गिरिजाको नक्कल गरी कांग्रेसका अन्य दोस्रो तेस्रो पुस्ताका नेताहरुले पनि जनतालाई यस्तै दूराभ्यास गर्दै आएका छन् । अव तिनका दूर्ब्यवहार सुधारेर सुध्रिदैन, उनिहरुलाई हटाउनै पर्छ । अव पुरै पुस्ता परिवर्तन हुनु पर्छ । त्यही सिको एमालेका नेताले पनि सिकेर जनतालाई बेसाहारा र अनाथ बनाउदै आएका छन् । यसरी गिरिजा देशको राजनीतिको खलनायकमा स्थापित भएका छन् ।
राप्रपा जस्ता पार्टीमा पुस्ता परिवर्तनको कुनै महत्व छैन । त्यो त पूर्व पञ्चहरुको क्लव मात्र हो । कांग्रेसमा हिजोको जस्तो आज कोइराला नै कांग्रेस जनिने अवस्था छैन । तर भोली गिरिजाको शेष पछि दोश्रो पुस्ता मिलेर बस्न सक्ने अवस्था पनि छैन । कोइराला परिवार बीच बाटै कोही कांग्रेसको कमान सम्हाल्न लागे अरुले नभएर कोइराला परिवार भित्र बाटै पार्टी फुट्ने छ । कांग्रेसका दोस्रो तेस्रो र चौथो पुस्ताले विगत बीस बर्षा जति फाइदा उठाउनु थियो, जनता सताउनु थियो सव गरी सके । त्यसैले तिनलाई पार्टी सत्ता जिम्मा लगाएर वास्तविक परिवर्तनको महसुस किमार्थ गर्न सकिदैन । जनताले झन दुख पाउँछन् । हामीले गगनेको हगने गनगन, नविन्द्र राजको नखरा पनि देख्यौ ।
त्यसो त कांग्रेसका युवा भनेका हिजडा मात्र हुन । तिनले बुढा पुस्ता त हटाउन सकेनन् भने यो जटिल देश हाँक्न सक्दैनन् । ती बोकेका बाघहरुले पनि इतिहासको भारी बोक्ने हैसियत राख्न सक्दैनन । त्यसैले अव नेपाली कांग्रेसमा भारतमा भारतिय जनता पार्टी पुस्ता परिवर्तन भइ एक्कासी नितिन गटकरेलाई लाल कृष्ण आडवानी जस्ता जाइन्ट व्यक्तित्वले नबुझी हस्तान्तरण गरेका त हैनन होला । त्यसैगरी अव नेपाली कांग्रेसमा पुस्ता परिवर्तनको पर्वै गरी ५० बर्षभन्दा बुढो उमेरका सवलाई बिदा गरीदिनु पर्छ । र बुद्धिमानी यही हुन्छ की अव नेपाली कांग्रेसले पनि आफ्नो नितिन गटकरे चयन गरोस किनकी पार्टीमा खाइलाग्दो कोही पनि नेता देखा परेका छैनन् । यसरी पार्टीमा सत्ता हस्तान्तरण नगर्ने हो भने जनताले कांग्रेसको विकल्प आफैं खोज्ने छन् र कांग्रेस समाप्त हुने छ । कांग्रेसमा पुस्ता परिवर्तनको लहर चल्नासाथ देशका अरु पार्टीभित्र पनि अव यो क्रम स्वतह शुरु भइ देश स्वस्थ राजनीतिक प्रतिर्श्पर्धामा जान सक्छ । हैन भने यस देशले कुनै पनि पार्टी विद्यमान पुस्ताबाट मुक्ति पाउने छैन । यहाँ व्यवस्था दोशी हैन व्यक्ति नै दोशी हुन । त्यसैले त्यस्ता दोशी व्यक्तिको समुहनै हटाइनु पर्छ । चेतना भया………।




