“अब ठूला नेताहरुलाई चुट्ने बेला आ’को छ”

picture_097[तपाईलाई संझना छ ? दलु पुन कुनै बेला ईराकमा चौकिदारी गर्थे त्यहाँ । तरपनि उनले ईराक बस्दा केहि सामाग्रि नेपालप्लस मार्फत पाठकसित बाँडे । उनको योजना रहेछ- नेपाल पुगेर फेरी अफ्गानिस्तान फर्किने । तर परिवारले उनलाई अफ्गानिस्तान फर्किन दिएन । उनी हाल नेपालमै एउटा पेशा गरेर बस्दै छन् गाउँमा । निकै समयपछि उनी नेपालप्लसको सम्पर्कमा आए । उनले गाउँ पुगेर पठाएको इमेल मार्फत पठाएको खबर हो यो । उनको यो खबरले गाउँ ठाउँका जनता के सोच्छन् हाम्रा नेता बारे, हाम्रो अवस्थाबारे भन्ने देखाउँछ भन्ने ठानेर यहाँ प्रकाशित गरिएको हो]

ददिजी म त नेपाल आएर पुरै योजना बदलियो । मेरा अरु साथीहरु त अफ्गानिस्तान गए । तर मलाई मेरो परिवारले जान दिएनन् । मेरो भाइले कुखुरा पालेको रहेछ । ‘ त्यसैमा बस्नुपर्छ नजानु भो ‘ भने । त्यसैले म त नेपालमै ब्यस्त छु ।

अहिले नेपाल आएर नेपालका राजनितिक पार्टीहरुको चाल देखेर अचम्म भा’को छु । कुनैपनि पार्टीको नेताहरु ठिक छैनन् । किनकि जहिलेपनि जनतालाई ढाँट्छन् मात्रै । काम केहि गर्दैनन्, कुरा मात्रै गर्छन् । मान्छे भेला गराएर जनता र देशको लागि गर्छु भन्छन् । तर आफ्नो ब्यक्तिगत र आफ्नो पार्टीको लागि मात्रै गर्छन् ।

जबसम्म सम्पूर्ण नेपाली शिक्षित, ईमान्दार, मेहनती र पारदर्शी भईदैन, यो नेताहरुले केहि गर्नेवाला छैनन् । अब ठूला नेताहरुलाई चुट्ने बेला आ’को छ । संबिधान लेखेरपनि के गर्नु र ? त्यो संबिधानलाई हामी सबैले पालना गरेनौं भने त्यसको के अर्थ होला र ?

ल ददिजी यस्तै छ यहाँ हाम्रो हालत !

बिदा भन्छु ।

-दलु पुन,

 विरेन्द्रनगर ८, चितवन

उनले ईराकबाट लेखेको ब्लग हेर्नुस

ईराकबाट एक नेपाली चौकिदारको बयान

बन्दूक बोक्दै ईराकमा नेपाली

यौन

तपाइँको प्रतिक्रिया