कांग्रेसले नछोडेपछि हट्ने भो माओवादी सरकारबाट

भोलीबाट नेकपा (माओवादी) सरकारबाट बाहिरिने भएको छ । आज नेकपा (माओवादी) को केन्द्रिय सचिवालयको बैठक प्रचण्ड निवासमा बसेर यस्तो निर्णय गरेको छ । कोइरालालाई राष्ट्रपति नदिए नेपाली कांग्रेसले सरकार नछोड्ने अडान लिएको भन्दै त्यसलाई प्रचण्डले अस्विकार गरे र दिएछन गिरिजा समक्ष आजै अल्टिमेटम । नेपाली कांग्रेसले जति आलाटाली गर्‍यो उति सरकार चलाइरहन पाउने । संसदमा सबैभन्दा ठुलो दल बनेको माओवादी जति लखरिएर बसिरह्यो उति नयाँ सरकार बन्न नसक्ने । सरकारका बेथितिहरुको उतिनै भागी बन्नु पर्ने । शक्तिशाली मन्त्रालयहरु लिएर नेपाली कांग्रेस बसेकाले कुनै गतिलो निर्णय गर्न नसक्ने, नदिइने। राष्ट्रपति आफुले नपाए गिरिजाप्रसाद कोइराला देशका यावत समस्याहरु जे सुकै होउन भनेर बस्ने । यिनै खेलहरुका बिचमा आज माओवादीले सरकारबाट हट्ने निर्णय गरेको छ । २४ घण्टाभित्रमा प्रधनमन्त्रि गिरिजाप्रसाद कोइरालाले राजिनामा दिएर नयाँ सरकार गठनको मार्ग नखोले सरकारमा रहेका मन्त्रिहरुले राजिनामा दिने अल्टिमेटम माओवादीले पेश गरेका छन आज कोइरालासमक्ष। 

उता आजै माओवादीले यस्तो निर्णय गरेपछि नेपाली कांग्रेसकोपनि भ्याईनभ्याई गरेर बैठक बसेछ । बैठकले माओवादी निर्णयको डटेर सामना गर्ने र आफ्ना शर्तहरुमा अडिग रहने निर्णय गरेको छापाहरुमा आएका छन । यसले अब सहज रुपमा सरकार गठन हुने भन्दा पनि झन द्वन्द स्रिजना हुने अवस्था देखिएको छ । तिन प्रमुख र त्यसपछि साना १३ दलको फेरि बैठक बस्दै छ । तिन दलबिच त पटकपटक बैठक बसेपनि सबै आआफ्नो निर्णयमा अडिग छन । साना दलहरुले गतिलो दबाद दिन सके ठुला दललाई भने समस्याको समाधान निस्केला  छिट्टै । होइन भने अवस्था झन जटिल हुने देखिदै छ  

गत निर्वाचन माओवादी माओवादी सबै भन्दा ठुलो दलका रुपमा देखिएपछि मुलत सरकार बनाउने अधिकार उसैको हुनुपर्ने हो । तर सरकार बाट बाहिर बस्नै नसक्ने नेपाली कांग्रेसको सत्तालिप्साका कारण उसले आफ्नो हार स्विकार्नै सकेको छैन । उसले जब जब दलहरु कुनै विषयमा सहमतिमा पुग्छन तब तब नयाँ शर्तहरु अगाडि तेर्स्याउने गरेको छ  नेपाली कांग्रेस न त आफुले अन्य दललाई साथ लिएर बहुमत पुर्‍याएर सरकार बनाउँछ नत सबै भन्दा ठुलो दल माओवादीलाई सरकार बनाउन बाटो छोडिदिन्छ जसरि हुन्छ सरकारमा टाँस्सिइरहने निति लिएको देखिन्छ कि त उसले आफुले अन्य दलहरुलाई विश्वासमा लिइ माओवादीको भन्दा धेरै सभासद पुर्‍याएर सरकार बनाउपर्‍यो कि त सबैभन्दा ठुलो दलका नाताले माओवादीलाई सरकार बनाउन दिनुपर्‍यो । त्यो भन्दा बाहिर यो वा त्यो नाममा सतामा टाँस्सिइरहने उसलाई नैतिक अधिकार नै छैन ।

तपाइँको प्रतिक्रिया