दरबार हत्याकाण्ड: सीआईएको करामत?

राजेन्द्र महर्जन

royalfamaly3.jpgनेपालको सामन्तवादी इतिहासको पुरातन धारालाई नै नयाँ मोड दिने विशेष दिन हो २०५८ जेठ १९ गते। सोही दिन राति नारायणहिटी राजदरबारमा राजा वीरेन्द्रको वंश विनाश गरिएको थियो। नारायणहिटी राजदरबारमा रचिएको वीभत्स हत्याकाण्डकै तार्किक राजनीतिक निष्कर्ष हुन् ― २०६५ जेठ १५ को शाहवंशीय राजतन्त्रको समूल अन्त्य, ज्ञानेन्द्र शाहको राजाबाट नागरिकमा रूपान्तरण अनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन १ तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह नारायणहिटी राजदरबार हत्याकाण्डबाट सत्तासीन भएका थिए। उनले हत्याकाण्डपछि बेलाइनबाट राजाको पदभार सम्हालेको सात वर्षछि नै उनको राजा पदसँगसँगै अढाई सय वर्षको शाहवंशीय राजतन्त्रसमेत अन्त्य भयो।

यसो हुनुका धेरै कारणमध्ये एउटा मुख्य कारण हो, नारायणहिटी दरबार हत्याकाण्ड र त्यस काण्डमा उनी र उनका पुत्रको संलग्नताको आशङ्का। हत्याकाण्डमा उनको परिवार मात्रै जोगिनु, हत्याकाण्डमा हिंस्रक छविका पुत्र पारसको सक्रिय उपस्थिति हुनु र हत्याकाण्डको वास्तविक कारण पत्ता लगाउनुको सट्टा ज्ञानेन्द्रले ‘स्वचालित हतियार अचानक पड्केको’ झूटो बयानबाजी गर्नुले जनतामा आशंका जन्माए। त्यसमाथि जनताको आशंकालाई बल पुर्‍याउने गरी निरङ्कुश राजा भई जननिर्वाचित सरकार र संसद् भङ्ग गर्न तथा संविधानलाई नै रछ्यानमा फ्याँकेर मनपरी ढङ्गले सरकार बनाउने–बिगार्न दुष्कर्मको लर्क लगाए। दरबार हत्याकाण्डको प्रतिगामी परिणामपछि त आमजनताको सशंकित मनमा अमिट छाप बस्यो ― ज्ञानेन्द्र नै भाइमारा हुन्।

हत्याकाण्डबाट फाइदा लिनेहरू राजा र युवराजको दुर्व्यवहार हेरेपछि आममानिसको मस्तिष्कमा पर्‍यो ― ज्ञानेन्द्र र उनका पुत्रले निरङ्कुश राजा बन्नकै लागि नारायणहिटी हत्याकाण्डको रचना गरेका हुन्। जनताको यस्तो आशङ्काकै क्रममा राजा वीरेन्द्र र ज्ञानेन्द्रका सैनिक सचिव भएर काम गरेका विवेकविक्रम शाहको दाबी छ, ― त्यो हत्याकाण्ड हुनुका पछाडि राजनीतिक षड्यन्त्र रहेको र त्यसमा देशी–विदेशी एजेन्सीहरूसमेत संलग्न रहेको पक्ष छ। पुस २०६४ आइतबार १५ को ‘नेपाल’ मा शाहले भनेका छन्, बिहेको किचलोले गर्दा ‘एक्सटि्रम’ मानसिकतामा पुगिसकेका दीपेन्द्रलाई त्यो हत्याकाण्ड गर्न उक्साउने देशी–विदेशी को थिए, त्यसको अनुसन्धान भएन। त्यसमा कुनै विदेशी ‘इन्टेलिजेन्स’ को हात रहेको आशङ्का गरिन्छ, त्यो पाटोको पनि खोजबिन हुन सकेन। यसै क्रममा पूर्वअमेरिकी नौसैनिक अधिकारी र ‘काउन्टरपञ्च’ का स्तम्भकार वाइने र्याडसनको दाबीअनुसार सो हत्या युवराज दीपेन्द्रबाट भएको होइन, सीआईएबाट प्रशिक्षित स्पेसल र्स्वाडले गरेको थियो र त्यस हत्याकाण्डको पृष्ठभूमिमा पागल प्रेमले जन्माएको अन्धो आक्रोश होइन, दक्षिण एसियासँग जोडिएको अमेरिकी र भारतीय भू–राजनीतिक रणनीति रहेको छ।

उनले अमेरिकी पत्रिका ‘मन्थली रिभ्यू’ को सेप्टेम्बर, २००२ को अङ्कमा लेखेका छन्, ‘नेपाली शाही परिवारको हर्यामा अमेरिकी गुप्तचर एजेन्सी सीआईएको संलग्नता रहेको छ, जसले नेपालमा चलिरहेको विद्रोहमाथि अन्तराष्ट्रिय हस्तक्षेपसँगै अमेरिकी र भारतीय भू–राजनीतिक र्वार्थाई बढावा दिएको छ।’

पूर्वअमेरिकी नौसैनिक अधिकारी र ‘काउन्टरपञ्च’ का स्तम्भकार वाइने र्याडसनका अनुसार नेपालमा कू देता गर्नभर्दा केही महिनाअगाडिदेखि नै महाराजगञ्जस्थित अधिराजकुमार ज्ञानेन्द्रको निर्मलनिवाससँगै सीआइएले आफ्नो अपरेसन अफिस खोलेको थियो। निर्मलनिवाससँगै खोलिएको सोही अफिसबाट सीआइएले हत्याकाण्डको ब्यूह रचना गरेको थियो। सो अफिसमा नेपालका प्रहरी र सेनाका अधिकारीहरूको लर्क नै लाग्ने गरेको दृश्य प्रत्यक्षदर्शीहरूले देखेका थिए। त्यस्तै त्यहाँ सीआईएका अपरेटिभ्सहरू र अमेरिकी सेनाका उच्चाधिकारीहरू पनि बाक्लै आवत–जावत हुने गरेको दृश्य पनि देखिएको थियो।

नागरिक भेषमा आतेजाते गर्नहरूमा सीआईएका प्राइभेट मिलिटरी कन्ट्रयाक्टरहरू पनि थिए, उदाहरणका लागि एमपीआरआईजर्ता फौजी कम्पनीका अधिकारीहरू। २०५९ मा ‘नेपाल’ मा ‘माओवादी–अमेरिका आमने–सामने’ शीर्षको आवरणकथामा सम्पादक सुधीर शर्माले निर्मलनिवाससँगै रहेको सम्भवतः सोही अफिसको बारेमा रिपोर्टिङ गरेका थिए। उनको रिपोर्टनुसार, ‘महाराजगञ्जको ‘निर्मलनिवास’ पछाडि एउटा सुनसान घरमा वासुको नेतृत्वमा रहेको अमेरिकी अखडा छ। कुनै साइनबोर्डनभएको तर छतमा लामा–लामा एन्टेना र एरियल जडान गरिएको सो घरबाट वाकिटाकी रेडियो सम्पर्केखि टेलिफोन टेपिरुरुसम्मका काम हुने सूत्र उल्लेख गर्छ। सूत्रका अनुसार, केही समययता अमेरिकी जासुसहरूले केही ठूला होटेलहरूलाई पनि थाहै नदिईकन सुरक्षित कायालयका रूपमा प्रयोग गरिरहेका छन्।’ सुधीर शर्माको रिपोर्टअनुसार वासु अमेरिकी दूतावासको स्पेसल सेक्युरिटी युनिट ‘एसएसयू’ का नेपाली हाकिम सिनियर सेक्युरिटी इन्भेस्टिगेट सुकुमार वासु हुन्, जो १९९९ अप्रिल २६ अघिसम्म नेपाल प्रहरीको प्रति–आतङ्कवाद इकाइका निरीक्षक थिए।

मुख्यतः माओवादीलगायत अमेरिकाविरोधी समूहहरूको गुप्तचरी र अमेरिकी कूटनीतिज्ञहरूको निवास–कार्यालयवरिपरि सुरक्षा रेखदेख गर्न काम एसएसयूको जिम्मामा रहेको सूत्र उल्लेख गर्छ। एसएसूको मातहत तीनवटा इकाइ रहेका छन् ― सर्विलेन्स डिटेक्सन युनिट (एसडीयू, सेक्युरिटी इन्भेस्टिगेसन युनिट र क्लोज प्रोटेक्सन युनिट। वाइने र्याडसनको ‘कर्म्यारिजन्स बिरुिरुवन रिसेन्ट युएस र्याक्ड कुप्स – काराकस एन्ड काठमान्डू’ का अनुसार २०५७ सालको वसन्त ऋतुमा यूएस स्पेसल अपरेन्स फोर्सजका अधिकारीहरू काठमाडौँ आएका थिए, एउटा गोप्य मिसन लिएर। उनीहरूले ‘बेली नाइटिङ्गेल वानु नामक कोड नाममा गोप्य अर्यास गरेका थिए। त्यस अर्यासलाई देखावटीको रूपमा भूकम्पीय विनाश न्यूनीकरणको अर्यास नाम दिइएको थियो। तर पछि घटनाबाट थाहा भयो, उनीहरूको दिमागमा अर्कै विनाशको योजना रहेछ। सो सैनिक टिममा अमरिकी साइकोलोजिकल अपरेसन्स (पीएसवाईओपीएस) का र्टाफहरू पनि थिए, जो प्रेममा पागल युवराजले आफ्नो परिवारको हलिरुड शैलीमा हत्या गरेको प्रचारबाजी गर्न आएका थिए।

विश्वस्त स्रोतका आधारमा वाइने र्याडसनले दाबी गरेका छन्, दरबार हत्याकाण्डमा सीआईएको नीतिनिर्देशनमा युएस स्पेसल अपरेन्स फोर्सजबाट प्रशिक्षित शाहीसेनाको कमान्डो दस्ताको संलग्नता रहेको थियो। ती कमान्डोहरूले राजा वीरेन्द्र र उनको परिवारलाई अति कम समयमा सखाप पारेका थिए। उनीहरू दीपेन्द्रकै विभिन्न रूप धारण गरी एक्सनमा उत्रिएको अनुमान गरिएको छ।

डीसी इन्डिमिडियाको रिपोर्टनुसार दरबारभित्रकै प्रत्यक्षदर्शी कर्मचारीहरूले दरबारमा धेरै दीपेन्द्र घुम्दै हिँडेको देखेका थिए। विशेषतः दरबारबाट कहिल्यै घर नफर्किएका एक भान्छेले धेरै दीपेन्द्र देखेको खबर आफ्नो घरमा पठाएका थिए। वाइने र्याडसनका अनुसार हत्याकान्डमा आफ्नो खुबी देखाएको नेपाली सेनाको कमान्डो युनिटलाई यूएस स्पेसल अपरेन्स फोर्सजले ‘बेली नाइटिङ्गेल वानुकै क्रममा प्रशिक्षित गरेको हुनसक्छ। सो फोर्सजलाई युएस र्यासिफिक कमान्डर इन चिफ डेनिस ब्लेयरले पठाएका थिए, जो पूर्वी टिमोरमा नरसंहार मर्चाउने इन्डोनेसियाली जनरल विरान्तोलाई हुर्काएका थिए। यसरी लामो प्रशिक्षण र तम्तयारीपछि सम्पन्न गरिएको हत्याकाण्डको क्रममा गोयबल्स शैलीमा प्रचारबाजी गर्ना लागि अमेरिकी सरकारको रक्षा मन्त्रालय पेन्टागनको ‘अफिस अफ स्ट्रेरुिरुजक इन्फ्लुयन्स’ (पीएसवाईओपीएस डिभिजन) ले भारतको गुप्तचर विभाग रिसर्च एन्ड एनालाइसिस विङ (रअ) को सहयोगमा अनेक झूटा कथा बुनेको थियो। तिनले बुनेको एउटा कथा हो, देवयानीसँग बिहे गर्न आफ्नी आमाद्वारा अस्वीकार गरिएको कारणले दीपेन्द्रले हत्याकाण्ड मच्चाएका हुन्।
अर्का फर्जी कथा हो, स्वचालित हतियार अचानक पड्केर वीरेन्द्रको वंशनाश भएको हो। यस्ता झूटा प्रचारबाजीले नेपाली मनमस्तिष्कलाई खासै प्रभाव पार्न सकेन, किनभने त्यस बेलासम्म नेपालीको जनमानस प्रश्न उठाउनसक्ने र आलोचनात्मक विश्लेषण गर्नसक्ने स्थितिमा पुगिसकेको थियो र आलोचनात्मक चेतयुक्त मिडियाको विकास पनि भइसकेको थियो। फलतः सीआईए र रअ लगायत उनीहरूका नेपाली अधिकारीका प्रचारबाजीको एकल प्रभुत्व कायम हुन सकेन। वाइने र्याडसनको दाबीअनुरूप दरबार हत्याकाण्डमा सीआईए र शाहीसेनाको कमान्डो युनिट संलग्न रहेको सत्य हो भने त्यसबारे पुनः गम्भीर छानबिनको माग गर्न जायज हुन्छ। यसमा पूर्वराजा ज्ञानेन्द्र, उनका पुत्र पारसलगायत अरू जोजो सहभागी भए, उनीहरूलाई न्यायको कठघरामा उभ्याउनु आवश्यक छ। साभार-विक्लीनेपाल डट कम

तपाइँको प्रतिक्रिया