नक्कल गर्‍यो एमालेलेपनि माओवादीकै

माओवादीको यूवा सगठन योङ कम्युनिष्ट लिग (वासियल) बिघटन गर्नुपर्ने माग गर्दै थियो अस्ति सम्म एमालेले । न दिनसक्यो दबाब त्यो बिघटन गराउन । न निर्णय गराउन सक्यो सरकारबाट। तर अचम्म, आफैले गरेको मागबारे न कुनै निर्णय भयो, न आयो परिणाम। दुइ महिनापनि नहुदै उसले ठ्याकै माओवादीको सिको पो गर्‍यो। यसबाट एमालेले फेरि देखायो कि उसमा मौलिकता, नितिगत स्पष्ठता र अडान छैन भनेर । उसले युथ फोर्स गठन गर्ने भनेको छ। परिभाषा जसरि दिएपनि, ब्याख्या जसरि गरेपनि यो युथ फोर्स भन्ने सगठन माओवादीकै वासियलको समानान्तर हुनेगरि गठन गरिएको छ। परिभाषा समान छ। उनीहरुले हतियार नबोक्ने र समूहमा नबस्ने भनेका छन। फरक यत्ति हो वासियलसग । अब प्रश्न उठ्छ-यूवाहरुलाई सगठित गर्न उसको प्रजातान्त्रिक राष्ट्रिय यूवा सङ्घ हुदाहुदै किन चाहियो युथ फोर्स ?
यो माओवादी वासियलसघ टक्कर दिनका लागि हो। र एमाले महासचिव झलनाथ खनालले त्यसको झल्कोपनि दिए आज ” आफ्नो सुरक्षा आफै गर्न र आइलाग्नेमाथि जाईलाग्न” भन्दै। देशका यूवाहरु सगठित हुनु राम्रो हो । त्यस्ता यूवाहरु मिलेर सामाजिक चेतना जगाउन, विकास निर्माण गर्न, खराब चिजहरु नियन्त्रण गर्न, जनतालाई कुनै न कुनै तरिकाले सहयोग गर्न वा देशको हितका कुनैपनि पक्षमा सहायक र सहयोगी बन्न सके राम्रो हो । त्यस्तो काम गर्न प्रजातान्त्रिक यूवा सघ अहिलेसम्म किन परिचालित हुन सकेन ? तर अब राजनितिक दलहरुले प्रतिशोध को भावनाले धमाधम यूवा सगठन गठनगर्दै प्रतिकारमा उत्रिदा हालत के होला ?
मलाई लागेको अर्को पक्ष के भने, एमालेले वासियल बिघटन के का लागि गरेको रहेछ त ? वासियल गलत लागेर होइन कि आफुसग त्यस्तै दस्ता नभएर । नत्र आफुले बिघटन गर्न माग गरेको जस्तै दस्ता उसले किन खोल्थ्यो ? गलत हो भनेत त्यसलाई जसरि पनि बिघटन गराउनतिरै लाग्ने वा सुधार्नतिर लाग्नुपर्ने होइन र ? आफुले चाहि त्यस्तै दस्ता गठन गर्दा के उचित भयो त ? एमालेले वासियल बिघटनको माग गरेर के गल्ति गरेको देखिएन त अब ? यस्तै एउटा विष्लेषण हाम्रो ब्लगमापनि छ। हेर्ने भए  यहाँ  क्लिक गर्नुहोस।

तपाइँको प्रतिक्रिया