किन आए के भी राजन काठमाडौ ?

भाई फुटे गवार लुटे भनेझै हाम्रा दलहरुको सरकार बनाउने झैझगडा र किचलोबाट फेरी बिदेशीले चलखेल गर्न थालेका छन। नेपाली काग्रेस, एमाले र माओवादीको सत्ता किचलो परेका बेला आज नेपालका लागि पूर्व भारतिय राजदूत के भी राजन नेपाल आएका छन। स्रोतका अनुसार अहिले उनी काठमाडौस्थित होटल याक एण्ड यतीमा बसिरहेका छन। आफ्नो आगमन बारे सकभर गोप्य राख्नकालागि उनी दिल्लीबाट सिधै काठमाडौ नआइ गल्फ एयरबाट उत्रेका थिए। उनी होटलमा तिन दिन बस्नेछन। आजै उनले नेपाली काग्रेस, एमाले र माओवादीका नेतासग सरकार गठन र सत्ता साझेदारीका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ। अब उनले के के शर्त राख्ने हुन। कसलाई हकार्ने, कसलाई, लडाउने पछार्ने र कुन चाहिलाई घुर्की देखाउने हुन।

आजै राजाका मुख्य सचिव पशुपति भक्त महर्जन प्रधानमन्त्रि निवास वालुवाटार छिरेका छन। उनले त्यहा प्रधानमन्त्रि गिरिजा प्रसाद कोइराला सग पूर्व राजाका विषयमा छलफल गर्ने बुझिएको छ। ज्ञानेन्द्र शाहलाई सुरक्षा, वास र अन्य सुबिधा दिलाउनकालागि छलफल गर्न गएको स्रोतले उल्लेख गरेको छ। उनले त्यहा ज्ञानेन्द्रका माग र धारणाहरु प्रस्तुत गर्नेछन नागरिक भएपछि पनि केहि सुखसुबिधा पाउनकालागि।

तपाइँको प्रतिक्रिया