के छ त माओवादीको गोप्य सर्कुलरमा ?

पहिले राजा फाल्ने अनि सत्तामा जान तयार देखिन्छन माओवादीहरु। तर राजा फाल्नपनि सकिएन र सरकारमा जानपनि दिएनन वा सकेनन भने के गर्ने ? के त्यत्तिकै चुप लागेर बस्छन त ? अवश्यै बस्दैनन। त्यसो भए गर्लान के त ? माओवादीको पछिल्लो केन्द्रिय समितिको बैठकका निर्णयहरु सहितको गोप्य सर्कुलर नेपालप्लसले फेला पारेको छ। जसमा सरकारमा कसरि जाने, जान पाए के गर्ने भन्ने थुप्रै निर्णय गरिएको रहेछ। चुनावका बारेमा के कस्तो मुल्यांकन गरेका रहेछन भन्ने देखि पार्टीको महाधिवेशन सम्मका निर्णय छन। केन्द्रिय समितिका निर्णय सहितको सर्कुलर बैशाख २० गते जारि गरिएको रहेछ जसमा प्रचण्डको हस्ताक्षर छ। (सर्कुलेर हेर्न भित्र जानुहोला। स्क्यानिङ गर्दा समस्या परेकाले मैले जेपिजे फाइलका रुपमा राखेको छु । त्यसको लागि क्षमा माग्छु।। सर्कुलर एउटै हो तर फाईल बनाउँदा कठिनाई भएकाले दुइवटा भएका छन । निर्णय हेर्नका लागि फोटोको आकार बढाउनुहोला कि त त्यसलाई सेभ गरेरपनि हेर्न सक्नुहुन्छ ) 

maoist-circular.jpg

circular-2.jpg

सर्कुलरमा गत निर्वाचनको लेखाजोखा गरिएको छ। केन्द्र, राज्य र जिल्लाका बिच राम्रो राम्रो तालमेल भएका ठाउँहरुमा निर्वाचनको परिणाम राम्रो आएको तर त्यसो हुन नसकेका ठाउँमा भने परिणाम राम्रो आउन नसकेको उल्लेख छ । निर्वाचनको प्रक्रियामा केहि सिमा र कतिपय कमजोरि रहेको पनि उल्लेख छ तर के के कम्जोरि हुन भन्ने चाहि उल्लेख छैन । महत्वपूर्ण निर्णय त के गरिएको रहेछ भने अध्यक्ष प्रचण्डको नेतृत्वमा मुख्य नेताहरुसहितको टिम सरकारमा सामेल हुने, माओवादीकै नेत्रित्वमा सहमतिका आधारमा संयुक्त सरकार बनाउने, आफ्नै नेतृत्वमा एकलौटी सरकार बन्ने स्थिति आएमा त्यसकालागि पनि तयार रहने, संविधानसभाको पहिलो बैठकमा गणतन्त्रको कार्यान्वयन गर्ने, माओवादी पार्टीकै नेत्रित्वमा सरकार बन्ने स्थिति पैदा नभएमा सरकारमा सामेल नहुने र प्रभावकारी ढंगले जनआन्दोलन अगाडि बढाउने । 

संबिधान सभाको निर्वाचनका क्रममा बिभिन्न समूहबाट आएकाहरुलाई स्थिति र स्तर हेरि पार्टी, जन वर्गिय सगठन र मोर्चाहरुमा सगठित गर्ने निर्णय भएको रहेछ। पार्टी एक्लै वा संयुक्त सरकारमा गएको खण्डमा सरकारका कामहरुलाई सहयोग पुर्याउन, देश तथा जनताका हक हितको रक्षा गर्न नयाँ संविधान निर्माणगर्ने लक्ष्य अनुरुप काम अगाडि बढउन सरकारलाई सजग तुल्याउनका लागि व्यापक रुपमा जनपरिचालन गर्ने निर्णय गरेका रहेछन। यो त पक्कैपनि राम्रो निर्णय हो नै।

तर सर्कुलरको ५ नंबर बुँदा को निर्णय नम्बर ङ अलि डरलाग्दो र आफ्नै निर्णयमा बाझिएको छ। किनभने त्यसमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्ने स्थिति नआएमा व्यापक रुपमा जनपरिचालन गरी जनआन्दोलनलाई प्रभावकारी ढंगले अगाडि बढाउने उल्लेख छ। जबकि सोहि सर्कुलरमा निर्णय नम्बर चार को ख मा संयुक्त सरकारकोलागि पनि तयार रहने उल्लेख छ। माओवादीको केन्द्रिय समितिको बैठकले निर्वाचनताका एमाले छोडेर माओवादीमा प्रवेश गरेका साहित्यकार रामचन्द्र भट्टराईलाई केन्द्रिय समितिमा राख्ने निर्णय गरेको रहेछ।

तपाइँको प्रतिक्रिया