कहाँनेर चुकेका छन डा. भट्टराई ?

dr-baburam-bhattarai-nepalplus.jpgयहि जेठ ६ गते अथवा अप्रिल १९ का दिन डा बाबुराम भट्टराईका अति निकट विश्वदिप पाण्डेको कान्तिपुर दैनिकमा एउटा लेख आयो। लेख लेख आफैमा त्यति बलियो र स्पष्ठ त देखिदैन। तर त्यसमा पार्टीभित्र सत्ताकालागि तिब्र विवाद छ भन्ने चाहिँ प्रष्टै देखायो। त्यो लेखले बाबुराम भट्टराईलाई कति प्रभाव पार्छ वा पार्दैन भन्न गाह्रो छ। विश्वदिप पाण्डेलाई चाहि पक्कै पर्ने छ। किनभने पार्टीका एक शक्तिशाली नेता जो प्रचण्डका गुरु र निकट मानिन्छन मोहन बैद्द (किरण) ले गम्भिरताका साथ लिएको बताइसके। यहाँ उल्लेख गर्न खोजिएको प्रसंग भने अलि बेग्लै छ। त्यो हो- बाबुरामको प्रशिक्षण वा सांगठनिक क्षमतामा के छ कमजोरी ? कहाँनेर चुकेका छन उनी कार्यकर्ता निर्माणको पक्षमा  ?

नेकपा माओवादी पार्टी थुप्रै साना दलहरु मिलेर बनेको हो । त्यो क्रममा नेकपा एकता केन्द्र बन्दा डा बाबुराम भट्टराई मोहनबिक्रम सिं महामन्त्री रहेको मसालबाट बिद्रोह गरेर आए। त्यहिँबाट बिद्रोह गरेर आए ढिलो चाँडो दिनानाथ शर्मापनि । शर्मा मसालबाट नेकपा माओवादीमा प्रवेश गर्दा शर्मा र अर्का एक जना शिक्षक फाँटका गौतम गरि दुई जना मात्रै माओवादीको केन्द्रिय समितिमा परेका थिए। अहिले गौतम पार्टी त्यागेर यूरोपतिरै पलायन भएका छन।   बाबुरामको निकट मानिने केन्द्रिय समितिका अन्य दुइ जना थिए क्रिष्णधोज खड्का र रेखा शर्मा। माओवादीको बिद्दार्थी संगठन अनेरास्वबियू क्रान्तिकारीका पूर्व अध्यक्ष र नेकपा माओवादीका केन्द्रिय सदस्य थिए खड्का। उनैकि पत्नी शर्मा अखिल नेपाल महिला संघ क्रान्तिकारी अध्यक्ष थिइन। दुबै डा बाबुराम भट्टराइकै निकट मानिन्थे । जनयुद्दकालमा सैनिक अधिकारीबाट पक्राउ परेपछि पार्टी गोप्यता खोलेको आरोप लाग्यो ति दुबैमाथि । सैनिक बर्दीमा पार्टीका सेल्टरहरु देखाउँदै हिँडेको, पार्टीका नेता तथा कार्यकर्ता पक्राउ गराउन सहयोग गरेको र पार्टीका अन्य गोप्यताहरु सेना समक्ष खोलेको आरोप लाग्यो। सैनिक क्याम्पबाट छुटेपछि उनीहरु दुबै पलायन भए पार्टीबाट । पार्टीमा भट्टराईका अर्का निकट थिए मुमाराम खनाल। बौद्दिक क्षेत्रमा पार्टीभित्र राम्रो हैसियत बनाएका थिए । तर उनीपनि टिकेनन। भूमिगत अवस्थामा उनलाई सेनाले पक्रेर यातना दियो। सैनिक ब्यारेकमा निकै समय राखियो उनलाई। तर पार्टीको गोप्यता खोलेको आरोप लाग्यो उनमाथिपनि । उनीपनि पार्टीबाट पलायन भए। अहिले स्वतन्त्र बुद्दिजिवीका रुपमा कार्यरत छन उनी। उनले मौका पाउँदा  समर्थन भने झण्डै झण्डै आँखा चिम्लेर गर्छन अहिलेपनि बाबुराम भट्टराईको । 

भट्टराईका निकट थिए अर्का मुक्ति प्रधान। काठमाडौको नेवार समूदायमा राम्रो पकड भएका। कानून व्यवसायी भएकाले पार्टीकालागि मुद्दामामिलामा निकै सहयोग गरेका। बाबुराम भट्टराईको नेत्रित्वमा बनेको संयुक्त क्रान्तिकारी परिषदमा उनीपनि थिए एक सद्स्य। तर किन हो उनीपनि टिक्न सकेनन। मानव अधिकारवादीको शरणमा गएर उनले नेकपा माओवादी त्यागेको घोषणा गर्दै स्वतन्त्रतापूर्वक बाँच्न चाहेको बताएर वक्तब्य निकाले। त्यसले बबाबुराम भट्टराईलाइ कति घाटा पर्‍यो कुन्नी तर सांगठनिक रुपमा भने काठमाडौमा निकै घाटा परेको चर्चा सुनिन्थ्यो।  

हुन त पार्टीमा कार्यकर्ता र नेताहरु बन्ने र बिग्रिने भइरहन्छ। पुराना बिग्रने मात्रै होइन नयाँ पनि थपिन्छन। प्रचण्ड निकट भएर बसेका रबिन्द्र श्रेष्ठनै पार्टीबाट हिँडे। प्रचण्डकापनि त्यस्ता अन्य निकटहरु पलायन भएका होलान। मणी थापा पनि भए। तर नेकपा माओवादीका वरिष्ठ नेताहरुको कार्यकर्तामा पहुँच र प्रभाव हेर्दा बाबुराम भट्टराई निकटहरु पलायन भएको धेरै देखिन्छ स्थापितहरु मध्येमा। यसको वास्तबिकता के होला ? के संयोग मात्रै होला कि पार्टी संगठन निर्माणमा कतै चुकेका छन उनी ?

तपाइँको प्रतिक्रिया