मूर्दा राष्ट्रवाद

-अकेला

Akela-Shretha-columnist-nepali-210121अचेल, मुलुकको मूर्दा राष्ट्रवादलाई जिवित सावित गर्न मानिसहरु निकै डण्डा पेलिरहेका छन् । त्यो राष्ट्रवाद, जो चीन र भारतमा पानी पर्‍यो भने काठमाण्डौँमा छाता ओढिन्छ र जस्को भक्तिको कुनै अर्थ एवं प्रयोजनै छैन, त्यसमा प्राण फुँक्न यहाँ जुन नौटङ्की गरिँदैछ, त्यो रोचक र आर्श्चर्यजनक दुवै छ । जनताको तिरो खाएर बलमत्ता बनिरहेका यहाँका बलबहादुर, बुद्धिबहादुर र धनबहादुरहरुद्वारा एक अर्कालाई रेस्लिङका लागि खुलेआम च्यालेञ्ज गर्नथालिनाले जमानामै मरिसकेको मूर्दा राष्ट्रवाद अव सहनै नसकिने गरी गन्हाउन थालेको छ ।

 नेपाली राष्ट्रवाद यतिखेर यस्तो दोधारे तरवार बनेको छ, जसले यो राष्ट्र, यसको राष्ट्रियता र यहाँको राष्ट्रवादीहरुलाई नै टुक्रा टुक्रा पार्नखोजिएको छ र नेपाली राजनीतिको अवशान हुने घडिको उल्टो गिन्ति थालिएको छ । शायदै मानिसहरुले मात्र यस घडिको कल्पना गरेका हुँदाहुन् र यसको पूर्वाभास शायदैलाई मात्र भएको हुँदो हो ।

 राजनीति प्रती मानिसहरुको बढ्दो आकर्षा, रुची, चासो र चिन्ता आजको निम्ति र्सवाधिक खतरनाक कुरो छ । मानिसहरु राजनीत्रि्रति यतिबिध्न आकृष्ट छन् कि कुनै पनि व्यक्ति, समूह वा वर्ग राजनीतिसँग लिसोझैँ टाँस्सिन खोजिरहेका छन् र त्यसैसँगै सहिद हुने वा सति जाने तर्खरमा छन् । अराजकतामार्फत मुलुकमा देखिएको दण्डहिनता एवं कानूनी राज्यको उपहास त्यसैको नतिजा हो ।

 आजादी, आज सबैलाई चाहिएको छ । युगौँदेखिको विभेदकारी व्यवहारबाट आज सबैले आजादी खोजेका छन् र चाहिएको पनि छ । जातजाति, वर्ग, भाषा, लिङ्ग, समूह, क्षेत्र सबैले आफ्ना हक अधिकारलाई उनीहरुले नयाँ नेपालको अग्रगामी संविधानमा सुनिश्चित गर्न खोजिरहेका छन् र त्यसै मार्फत उनीहरु आफ्नो रोज मर्दा जिन्दगीको शेष जीवन बिताउने स्वप्न देखिरहेका छन् ।

 आजादी हासिल गर्न इतिहासमा थुप्रै रक्तपातपूर्ण उथलपुथलहरु भैसकेका छन् । जतिसुकै बलिदान एवं कत्लेआम भए पनि अन्त्यमा मानिसहरुले त्यसलाई हासिल गरेरै छाडेका छन् र यहाँका मानिसहरुले त्यस्को लक्षण पनि देखाईसकेका छन् । दश-दश वर्षम्म मुलुकमा हतियार उठ्नु र विना कुनै राजनीतिक आहृवान पौने तीन करोड मानिसहरु एकाएक सडकमा खनिनु आजादीकै निम्ति थियो । उनीहरुले हिजो खोजेको-रोजेको आजादी यो किसिमको आजादी नभै एक यस्तो आजादी थियो, जसमार्फत आम नागरिकले मुलुकको कायापलट चाहेका थिए । र सामन्तवादका सबैखाले चटुषष्टीयोगिनी, नन्दीभृङ्गीहरुको सर्वनाश चाहेका थिए । परन्तु, भैदियो त्यसको ठीक बिपरित ।

 पिँजरामा राखिएको एउटा पंछी आजादीका निम्ति फडफडाउँछ । खोरमा राखिएको बाख्रो पनि मुक्तिका निम्ति म्याँ म्याँ गर्छ र बाहिर निस्कन छटपटाउँछ । तर आजादीका नाममा मुलुकका राजनीतिक स्वाँठहरुद्वारा आफ्ना नागरिकहरुसँग जुन किसिमको धोखाघडी एवं छल गरिएका छन् र जुन किसिमको सम्झौता गरिएका छन्, त्यो आजादीको निम्ति नभै राजनीतिक सत्ताका निम्ति थियो । र स्वाँठहरुद्वारा सम्झौताको जामा पहिर्‍याईएको धोखाघडी एवं छल आम नागरिकसँग गरिएको एउटा यस्तो राजनीतिक बेईमानी थियो, जसको सिलसिला आजका दिनसम्म आम नेपालीको दैनिकी बनिरहेको छ ।

 अढाई शताब्दिदेखि सामन्तवादबाट आजादी खोजिरहेका नेपाली जनताले अझै पनि कैयन बाधा, अड्चनहरुको सामना गरिरहेका छन् । राजावादी सामन्तहरुको चंगूलबाट आजाद भएका नागरिक यतिखेर नवसामन्तवादी तथा नवहैकमवादीहरुद्वारा थापिएका पासोमा परेर आजादीका निम्ति फडफर्डाईरहेका छन् र पनि आजाद हुनसकिरहेका छैनन् । किनकि, नवसामन्तवाद एवं नवहैकमवादीहरुको यो पासो यति मजबुत छ कि त्यसको शिकार भएकाहरु चाहेर पनि त्यसबाट आजाद हुनसकिरहेका छैनन् र फडफर्डाई नै रहेका छन् ।

 अहिले उब्जिएको जातीय, वर्गीय, लिङ्गीय, भाषीय, क्षेत्रीय उत्पीडनको चर्को नारा र व्यक्तिगत, दलगत, भाषागत, क्षेत्रगत सोँचहरु र्सवाधिक खतरनाक छन् । जुन मुद्धालाई यहाँका स्वाँठहरुले राजनीतिको रङ्गीचङ्गी रङ्गले रर्ङ्गाईरहेका छन्, यो झिलिमिलि देखेर आजादी खोज्नेहरुका आँखा तिर्मिराएकै भए पनि तिनले त्यो झिलिमिलि र तडकभडकभित्रको भयानक रुप देख्न, अनुभव गर्नै पाएका छैनन् । जुन दिन त्यो आडम्वरी च्यादर हट्नेछ, जातीय, वर्गीय, लिङ्गीय, भाषीय, क्षेत्रीय उत्पीडनको चर्को नारासँग पनि त्यत्तिखेरै साक्षात्कार हुनेछ । परन्तु, समय बितिसकेको हुनेछ । अर्थात, राजनीतिक द्युतक्रिडामा पाण्डवहरुले स्वास्नी, छोराछोरी लगायत सम्पूर्ण राजपाट हारिसकेका हुनेछन्, गुमाईसकेका हुनेछन् ।

 जनमतद्वारा अनुमोदित सरकारलाई आतङ्ककारीकै सूचिमा राखिछोड्नु, राज्यको ढुकुटीमा तर् मार्ने नेपाली सेनाद्वारा सरकारी आदेशको अवज्ञा गरिनु, त्यसबाट नागरिक सर्वोच्चताको उल्लंघन भएको अनावश्यक भैरवी राग अलापिनु, शान्तिप्रक्रिया नै खल्बल्याउने हेतुले असान्दर्भिक र अनावश्यक सीडी प्रकरणलाई जनताका सामुन्ने ल्याईनु, जननिर्वाचित सरकारलाई सरकार छाड्न बाध्य पारिनु, आम नागरिकको अभिमत र ऐतिहासिक निर्वाचनका लागि राष्ट्रले खर्चेको अरबौँ बजेटलाई बेवास्ता गरी चार पैग हृवाईट वाईन्को हैङ्गओभरमै सरकार छाडेको घोषणा गरिनु र फेरी आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्ने र त्यो नभए व्रि्रोह गर्ने चेतावनी दिईनु जस्ता घिनलाग्दा घटनाहरु जिवित राष्ट्रवाद हैनन्, मूर्दा राष्ट्रवाद हुन् । फेरी, कस्तो राष्ट्रिय सरकार ? कस्तो बिद्रोह ? चौरासी कटेका बुद्धाका कण्ठबाट नेपाली सेनालाई हाई र्एलर्टमा रहन निर्देशन दिईएको र हतियार थन्क्याएर सेफ ल्याण्डिङ गरी बसेका बिद्रोहीहरुलाई एलटिटीई बनाईने जस्ता अत्यन्तै घिनलाग्दा, अपाच्य र छुद्र बचनहरु निकालिनु जस्ता अर्काथरी राजनीतिक द्युतक्रिडाहरु यस्ता छन्, जस्ले आम नागरिकलाई टाटै पार्नखोजिरहेका छन् ।

 सत्तासीन पार्टी नेता, कार्यकर्ताहरुद्वारा माओवादीलाई मुलुकको शान्ति प्रक्रियाका निम्ति खतरा ठानिनु, भारत, अमेरिका जस्ता दादाहरुले माओवादीलाई नै नराम्रो देख्नु र प्रतिगामी एवं यथास्थितिवादी तत्वहरुले माओवादीलाई नै आँखाको कसिङ्गर ठानिनु र समस्त हिन्दुहरुको आस्थाका प्रतिक पशुपतिनाथको पुजारीका रुपमा सरकारद्वारा नियुक्त गरिएका भारतीय पुजारीहरुमाथि हातपात गरेर त्यसलाई राष्ट्रवादको रामनामी च्यादर ओढाउन खोजिएको स्थिति एवं कुनै दलले चीनको र कुनै दलले भारतको आरती उतारिनुलाई यहाँ जुन हिसावले बिशुद्ध राष्ट्रवादको अत्तर र्छर्केर गन्हाईसकेको मूर्दा राष्ट्रवादलाई बास्नादार बनाउनखोजिँदै छ, त्यो नितान्त घातक, भयानक र निन्दनीय  छ । राष्ट्रवादको यो कालो धब्बा मेट्न यहाँका राष्ट्रवादीहरुलाई युर्गौ युग लाग्नेछ ।

 दशौँ हजार सहिदको चितामा दातवत्ति दिएर नथाकेको यहाँको राजनीति र यहाँका राजनीतिक दलहरुका अवाञ्छित भनाई-गर्राईले पौने तीन करोड नागरिकलाई घरको न घाटको बनाएको छ । आज मानिसको भोक-न्रि्रा गायव छ । मानिसहरु निधो गर्नसकिरहेका छैनन् कि राजनीतिक दलका नेता, कार्यकर्ताहरुको यो चुरीफुरी केका निम्ति र कहिलेसम्म ।

 जुन देशमा भाषा र सँस्कृति अटाउँदैन, जहाँका मानिसहरु व्राहृमणवादी सोँच र पुरातन चिन्तनबाट कहिल्यै आजाद हुनसक्तैनन् र आजाद हुनै चाहँदैनन्, जहाँका मानिसहरु सधैँभरी राजनीतिक दम्भमै फुलिरहन्छन् । र जहाँको राजनीति व्यक्तिगत, नातावाद, फरियावाद, मामा-भाञ्जावाद वा दलीय, वर्गीय, क्षेत्रीय स्वार्थभन्दा माथि उठ्नै सक्तैनन्, त्यहाँ राज्यको पूनर्संरचना तथा अग्रगामी संविधानको कल्पनै मात्र गर्दा पनि डरलाग्ने भैसकेको छ । अग्रगामी जीवनको एकमात्र आधार, अग्रगामी संविधान हो, जहाँ भाषाभाषी, जातजाति, वर्ग, क्षेत्र, लिङ्ग आदि जस्ता सबै कुरा अर्टाईनु पर्दछ । तर सकिरहेको छैन । संकिर्णतावादी चिन्तनबाट माथि नउठिएसम्म राष्ट्रवादका ढोङ्गहरु सबै एकदम बकवास र बेकार छन् ।

 राजनीतिक हस्तीहरुद्वारा राष्ट्रवादको जामा पहिर्‍याईएका कुनै पनि मुद्धाहरु आज जिवित छैनन् । जुन राष्ट्रवादलाई उनीहरु जिवित रहेको ढोँग गर्दैछन्, त्यो केवल राष्ट्रवादको रामनामी च्यादर ओर्ढाईएको मूर्दा राष्ट्रवाद हो र सबैजना त्यही मूर्दा राष्ट्रवादसँगै सति जानखोज्दैछन् । जिवित राष्ट्रवादलाई आईसीयूमा राखेर मूर्दा राष्ट्रवादलाई व्यूँताउन खोजिनु यो कस्तो राष्ट्रवाद हो र यी कस्ता राष्ट्रवादीहरु हुन् ?

 जिवित राष्ट्रवादको रक्षार्थ केही गर्न खोज्नेहरुलाई जुन हिसावले झुठ्ठो वृहस्पति बनाउन खोजिँदैछ, त्यसलाई दुनियाँले आफ्नो हाई पावर चस्माले छर्लंगसँग देखिसके । यदि यो मुलुकमा वास्तविक राष्ट्रवादको वकालत कसैले गरिरहेको छ र त्यसको रक्षा कसैबाट सम्भव छ भने त्यो हो-खूद् नेपाली जनता । त्यसकारण, मूर्दा राष्ट्रवादको पछि नलागी राजनीतिक रेस्लिङद्वारा आईसीयूमा सुताईएको मुलुकको सिकिस्त राष्ट्रवादलाई बचाउनेतिर यहाँका राजनीतिक गफाष्टहरु लागून् र आम नागरिकलाई उनीहरुको घिनलाग्दो राजनीतिबाट आजाद गरुन् । आजको लागि यत्ति काफी छ ।

तपाइँको प्रतिक्रिया