सुजाताको पद संगै कोइरालाबादको अन्त्य

sujata_KOIRALA_20090908[1]गत संबिधान सभाको निर्वाचनमा जनताद्वारा  अस्विकार गरिएकी सुजाता कोइराला उपप्रधानमन्त्री बने संगै नेपालबाट कोइरालावादको अन्त्य भएको छ । त्यसैले जनताद्वारा अस्वीकृत व्यक्ति देशको उपप्रधान मंत्री बनेपनि यो भने खुशीको खबर हो कि अब धेरै लामो समय कोइरालाबाद टिक्ने छैन नेपालमा । नेपाली जनताले कोइरालाबादको तानाशाहीकरण, पदलोलुपता,व्यक्तिवाद, हैकमवाद, प्रजातान्त्रिक आचरणका नाममा परिवारवादको हस्तक्षेप र मनपरी सहनुपर्ने छैन ।

नेपालमा कोइरालावाद्को ईतिहांस निकै लामो थियो । नेपाली कांग्रेसका सभापती गिरिजाप्रसाद कोइरालाका दाजु बीपी कोइरालालाई महामानव भन्छन मुख्य त नेपाली कांग्रेसका नेताहरु । साहित्यिक फाँटमा उनी नेपालका धरोहर हुनपनि । तर राजनीतिज्ञका रुपमा उनी भारतीयहरुसित झुके र मेलमिलापको नारा बोकेर तत्कालिन तानाशाही सरकार समक्ष झुकेका हुन् भनेर विश्लेषण गर्नेहरुपनि छन् । राष्ट्रिय हित हेर्ने सवालमा भने देशका नदीनाला भारतलाई  सुम्पेर उनी चुकेकै हुन् । तर केहि कमजोरीका बाबजुद पनि उनी सफल राजनेताका रुपमा रहिरहे । उनले भारतीय राजनीतिमा देखा परेको परिवारवादलाई नेपालमा जरो गडाए ।

उनले भारतीय राजनीतिमा झैं सारा परिवारलाई राजनीतिमा होमे । मात्रीकाप्रसाद कोइराला आए । उनले राजतन्त्रको मलजल गरेर गए । प्रकाश कोइराला आए कोइराला वादबाटै । तर निरंकुशता ढाल्नुपर्ने बेलैमा उनी राजतन्त्रको पक्का सेवक बने । उनैकी  भान्जी शैलजा आचार्यलाई राजनीतिमा ल्याए । तर उनले पनि अन्तिम समयसम्म प्रजातन्त्रका लागि अडान लिन सकिनन् र राजा र कांग्रेस मिल्नुपर्ने तर्क गर्दै बसिन । जीवनका पछिल्ला समय र नेपाली जनताले निरंकुशतासित लडिरहेका बेला उनले  जनताको पक्षमा साथ दिईनन । बीपी कोइरालाकै सहोदर भाई गिरिजाप्रसाद कोइराला आए  । नेपालको सबैभन्दा पुरानो  प्रजातान्त्रिक पार्टीको नेतृत्व सम्हाले । तर पद र पैसामा कहिल्यै नफसेका नेता गणेशमान सिंलाई पार्टीबाट निकाल्ने वातावरण बनाए ।

हुँदाहुँदा कृष्णप्रसाद भट्टराईको हालतपनि नेपाली कांग्रेसबाट बाहिरिएर राजतन्त्रको निकट पुग्ने बनाए  । पटक पटक  देशको प्रधानमंत्री बने । उनले भ्रष्टाचार, मनपरी, बेथिति, नातावाद र कृपावादलाई मलजल गराए । सारा परिवारका सदस्यहरुलाई नेपाली राजनीतिमा जबर्जस्ति हुलेर शक्तिशाली पदको वरिपरी घुमईरहे । कोइरालावादको हाली मुहाली संगै न त नेपालमा प्राजातान्त्रिक संकार गतिलो बन्यो । न त मुलुकले निकाश पायो न त उनैले हाँकेको पार्टी बलियो भयो । बरु नेपाली जनताको मन र मस्तिस्कबाट नेपाली कांग्रेसलाई कमजोर बनाउने काम गरे । नत नेपाली कांग्रेसमा प्राजातान्त्रिक संस्कार बस्यो । पार्टी र नेतालाई जनताप्रति उत्तरदायी बनाएनन् कि कोइराला परिवारप्रति उत्तरदायी बनाए ।

अहिलेपनि उनी प्रजातान्त्रिक संस्कार, प्रजातान्त्रिक  आचरणलाइ बलियो बनाउन लागिरहेका छैनन् । बेलैमा संबिधान बनाउने, दश वर्षभन्दा लामो द्वन्दलाई सहि ढंगले दिर्घकालिन रुपमा समाधान गर्ने, अन्य पार्टीहरुलाई विश्वास र सहमतीमा लिएर काम गर्ने अनि देशको आर्थिक उन्नती गर्ने पक्षमा उनी छैनन् । बरु जनताद्वारा अस्वीकृत आफ्नी छोरी र नातापातालाई राजनीतिमा जबर्जस्ति उच्च पद दिएर स्थापित गराउने काममा लागिपरेका  छन् । कोइरालाको यो कदमले उनी कति प्रजातान्त्रिक छन् । उनी देशका समस्या हाल गर्न चाहन्छन कि परिवारवादको सेवा चाहन्छन भन्ने उनको सक्कली अनुहार देखाऊँछ । अब गिरिजाप्रसाद कोइरालाले गर्न सक्ने यो भन्दा बढी केहि छैन । उनले  परिवारवाद हाबी गराउन  सबै शक्ति र विकल्पको प्रयोग गरिससेका छन् । यो भनेको उनकी नालायक पुत्री सुजातासंगै कोइरालावादको अन्त्य हो ।

तपाइँको प्रतिक्रिया