कछुवाको गती भन्दा ढिलो हिंड्दै देश

-राजेन्द्र कुमार लाल/काठमाडौं

rajendra-prasad-lal-layastha-kathmandu-nepal-01020विगतमा झै अब यो सरकारको काम पनि वार्ता गर्ने र सहमति गर्नेमै सिमित भएको छ । कुनै पनि समूह वा संस्थाले वन्द गर्ने वितिकै वार्ता गर्ने र सहमति गरी सहि छाप गरि हाल्ने काम मात्र यो सरकारले गर्ने गरेको छ । लोकतन्त्र स्थापना भए देखि हालसम्म कति हौं कति सहमति भएका छन् । तर यसको कार्यान्वयन र अनुमगन भए वा नभएको हेर्ने कुनै निकाय छ भने व्यवहारमा देखिदैंन् । यस्तै हो भने त नयाँ संविधान वने पनि व्यवहारमा लागु र पालना गरिएन् भने त्यो नयाँ संविधान वने पनि काम नलाग्ने हुन्छ ।

 वेलायत जस्तो मुलुकमा संविधान नभए पनि मुलुक द्रुत विकासको गतिमा अगाडी वढिरहेको छ । तसर्थ हामी आम नेपालीलाई नयाँ संविधान चाँडै वा ढिलो सँग आओस् अव सरोकार छैन् । तर नेपालमा कानूनी राज्य संचालन हो र हरेक नेपालीले नेपालको जुनसुकै कुनाकाप्चामा पूर्वक खान, वस्न, काम गर्न पाउन् भन्ने चाहना रहेको छ । त्यसै अनुरुप अव नेपाल सरकारले हरेक विषय वस्तुमा आफनो आधिकारिक धारणा कडा रुपमा प्रस्तुत गर्दै अगाडी वढ्नु पर्ने देखिन्छ । किनकी हदैसम्मको लचकताले पनि सवै कुरा समाधान हुन्छ भन्ने धारणा राख्नु पनि गलत हो ।

 यदि वास्तवमा दुईवटै विकसित छिमेकी मुलुक सँगै अगाडी वढ्न आज यो देशलाई बावुराम भट्र्राईले भने जस्तै भ्यागुता जस्तो उफ्रिएर भन्दा पनि मेरो विचारमा खरायो जस्तो हाम्फालेर देशलाई आर्थिक क्रान्ति गरी विकासको मार्गमा कुदाउनु पर्ने हो तर । यो सरकारले देशलाई कछुवाको गतिमा पनि हिडाउन सकिराखेको छैन् भन्दा अतियुक्ति नहोला ।

तपाइँको प्रतिक्रिया