नेपालका राजनीतिज्ञलाई राजनीतिज्ञ मान्ने कि नमान्ने ?

                      तेस्रो धारको स्वागत किन नगर्ने ?

-सञ्जीव सत्याल

sanjib-satyal-nepal-columnistयो लेख कुनै व्यक्ति विषेश वा समुह विषेशलाई पूर्वाग्रह राखी लेखिएको हैन । राजनीतिको नालायकीपनका कारण अव जनताले अर्कैबाटो लिन बाध्य भएकोले यो र्सार्वजनिकआहृवानको रुपमा प्रस्तुत गरीएको हो ।

 कांग्रेसबाटै शुरु गरौं: आजको घडीमा नेपाली कांग्रेसमा नरहरि आचार्यले पार्टीबाट बिद्रोह गरी निक्लि अर्को पार्टीले कांग्रेसका ७० प्रतिशत  कार्यकर्ता/समर्थक र जनताले उनलाई साथ दिन्छन । त्यसमा राम चन्द्र पौडेलको थप साथ पाए अरु १५ प्रतिशत बढछ (यद्यपि उनको पार्टी र आफ्नै गृह जिल्लामा पनि पकड देखिएको छैन) । गिरिजा र शुसिलको अत्याचाले त्यो पार्टी अहिले कार्यकर्ताको मनोवल गिरेको मात्र नभई कतिपय नेता कार्यकर्ता त मन्द मानसिक रोगीनै भइसकेका छन् । शेर बहादूरजीले अहिले कांग्रेसको प्रधानमन्त्री नभएको अवस्थामा बिद्रोह गरे २०/२५ प्रतिशतले पनि साथ नदिन सक्छन् । अहिले गिरिजालेनै बिद्रोह गर्न परे २० प्रतिशत  भन्दा माथी जाँदै जाँदैन । उनको पालो सक्किसक्यो । अरु नेता भनाउँदाहरुको कुनै महत्व नै छैन । जनताले तिनलाई विश्वास गर्दैनन् । तर अहिले पार्टीबाट एकले अर्कोलाई निकाल्ने अवस्था भने छैन । यहाँ प्रजातन्त्रमा विश्वास राख्ने नागरीकको हैसियतले मैले गरेको मुल्याङ्कन हो यो, जनता कस्तो नेतामा भरोशा गर्न चाहान्छन् – भनेर ।

 पार्टीमा नरहरि आचार्यको खासै पकड छैन । तर जनताकोबीच बिद्रोह गरेको अवस्थामा जनताले चाहेको कांग्रेस नरहरिले मात्र बनाउन सक्छन् किनकी कांग्रेसमा जनताको सम्मान गर्ने, जनतालाई मालिक संझी व्यवहार गर्ने, सत्तचरित्र भएको र जनतासंग जनताकै तहमा उत्री घुलमिल हुने, सुसंस्कृत, अरुको मन दुख्ने कुरा कहिल्यै नगर्ने, एक सभ्य व्यक्ति र कांग्रेसी नेताहरुमा नर्मल नेता भनेको उहाँ एक जना मात्र हो । नरहरिले कांग्रेसबाट बिद्रोह गरे देशमा प्रजातान्त्रिक धारमान्ने प्राय सवै जनताले उनलाई साथ दिन्छन् । अरु कांग्रेसी नेताको दाँजोमा उनको व्यवहारले त्यही कुरो जनाउछ । फलाक्नलाई जसले जे फलाके पनि हुन्छ, जनता चित्त नबुझे पनि सुनिदिन्छन् । तर अरु कांग्रेसी नेताहरुले जनतासंग कहिल्यै मैत्रिय व्यवहार गरेनन् । आफूलाई विशिष्ठ तप्काको व्यक्ति बनेरै बसे । जनतालाई होच्चयाएर अपमान गर्छन् । जनतासंग कुरा गर्नु र भेटनु भनेको उनीहरु आफ्नो अपमान ठाँन्छन् । उनीहरु जनता संग अशिष्ठ र असहिष्सुण छन् । अथवा कांग्रेरीहरुमा सभ्यता भनेको कसैसंग पाँच पैसाको पनि छैन । उनीहरुको लक्ष भनेकै कसरी हुन्छ आफू मात्र ठिक भनी देखाउनु र ठूलो (फूलेल) बनेरै जनतालाई होच्च्याएर कुरा गर्नु, वा दासको व्यवहार गर्नु वा टाङ्ग मुनिबाट छिराउनु, तर जनताको काम केहीपनि नगर्नु । नरहरि बाहेक जनतालाई ठेँस लाग्ने गरेर नवोल्ने कांग्रेसमा कोही पनि छैन ।

 जसले जनताको सम्मान गर्दैन त्यो कुनै प्रजातन्त्रवादी पनि होइन र राजनीतिज्ञ पनि होइन ।  त्यसैले म कांग्रेसमा अरु चुनिएका नेता र कार्यकर्तालाई राजनीतिज्ञनै मान्न तैयार छुइन । उनीहरु पार्टीमा होलन् तर राजनीतिको फ्रेमवर्क भन्दा बाहिर बसेर व्यवहार गरीराखेका छन् । जनतामाथी विभिन्न तरीकाका गुण्डागर्दी गर्नु, असभ्य व्यवहार गर्नु , सत्ताको आतंक मच्चाउनु, धम्की दिनु , तर्साउनु , अपहरण गर्नु , जनताको अपमान गर्नु, नीच मानेर, खसालेर कुरा गर्नु राजनीतिको फ्रेमवर्क भित्र आउदैनन । यस्तै गरी गरी यिनीहरुले राजनीतिको व्याकरणनै बिगारेका छन् । त्यसैले नरहरि आचार्यले आफ्नो खासै महत्व नभएको कांग्रेसबाट बिद्रोह गरी तेस्रो धारको नेतृत्व गरे देश र जनताले वास्तवमा साँच्चैनै प्रजातन्त्रको उपभोग गर्न पाँउने थिए । यो कांग्रेसबाट प्रजातन्त्र असम्भव छ ।

 कांग्रेसको यस वीस बर्षो राजनीतिमा एक जना आम जनताले पनि प्रजातन्त्रको स्वतन्त्र उपभोग गर्न पाएको छैन । मैले नरहरि बाहेक कांग्रेसका अन्य चुनिएका नेता भनाउँदाहरुमा सामान्य राजनीतिज्ञको चरित्र समेत देखेको छैन । अरु त कूतर्क दिइदिइ जनताको हुने काम पनि विगारीदिने, जनतालाई ‘तँ’ को व्यवहार गर्ने, जनतालाई हप्किदप्कि गरेर नेता कहलाउन चाहने, जनताको अपमान गर्ने र जनताको कुनै पनि सम्भव कुरालाई असम्भव गर्ने मानसिक रुपमै कता कता रोगी पाएको छु । यो नेपाली कांग्रेस नभएर नेपाली असम्भव पार्टीभन्दा फरक नपर्ला । यिनीहरुको यही व्यवहारले लाखौं जनतालाई बाँच्नै गाह्रो हुने गरी निस्सासिनु परेको छ । कांग्रेसको यस्ता प्रवृत्तिका कारण जनता अभावग्रस्थ हुन पुगेर आत्महत्याको तहमा पुगेकाले ‘मर्ता क्या नही करता’ भनेरै बिद्रोहीहरुको सशस्त्र आन्दोलनमा लागेका हुन् ।

 यि व्यक्तिहरुलाई जनताको हैसियतले म यसरी हेर्छु, मेरो नजरमा गिरिजा प्रसाद कोइराला नेपालबाट आङ्ग साङ्ग सूकी, सोनीया गान्धि, नेल्सन मण्डेला, खालिदा जीया, टोनी व्लेयर जस्ता विश्वको कुनै पनि देशका पढेलेखेका आम जनताले चिन्ने नेतामा पर्छन । तर उनीहरुले आफ्नो समाजको लागि कत्रो त्याग गरेका छन् गिरिजाले प्रजातन्त्रको दुरुपयोग, देशलाई विर्गाने, देशको विभिन्न ठाँउको सीमाना बेचेर खाने (गिरिजा प्रधानमन्त्री भइ छाए देखि आज सम्म ५२ ठाँउमा उनकै सहमतिमा भारतले सीमा अतिक्रमण गरेको हो, भित्र पैसा खाने अनि सीमा सहमतिमै मिचिने भएकोले गिरिजा सीमा मिचिदा पनि नवोलेका हुन), देशमा अस्थीरता पैदा गर्ने र परिवारलाई भर्ने भन्दा बढी के गरेका छन ? राजनीतिक तवरमा गिरिजा बनाउने भन्दा भाँडने भडुवा पो सावित भए । पञ्चायतकालमा पनि उनको वास्तविक क्रियाकलाप बदनामपूर्ण थियो । सुनसरी र मोरङ्ग क्षेत्रमा रमेश मल्लिक र अमात्य जस्ता साथी लगाई धेरैको घरमा उनले डकैति गरे ।

 मनमोहन सिंहले कसैलाई गालि नगरी, मेडियामा कहिल्यै नआएर भलादमी तरीकाले काम गरी गरी भारतलाई धेरै विकास गराइसके, तर गिरिजाले २० बर्षो शासनमा देशलाई हिंसा र जटिलताको दलदलमा फसाउने बाहेक के गरे ? उनको हर दिन जस्तो मै मात्र ठूलो हूँ भन्ने आशयमा आउने उनको आपत्तिजनक अभिव्यक्ति जनताले इरिटेटेड भएर भएपनि सुन्नै पर्छ ।  भलै गिरिजाले हामी आम जनतालाई कहिल्यै प्रजातन्त्र दिएनन् र उनको मानसिक रोगीजस्तो व्यवहार गर्ने सहयोगीहरु लगाइ हरेक जनतालाई अपमान गरेर पठाउथे । तर विश्वको तमाम प्रजातान्त्रमा विश्वास गर्ने राष्ट्र र सरकारले जहिले पनि उनलाई नेपालका प्रजातान्त्रिक नेताको रुपमा  सहयोग गर्न तैयार रहन्थे /छन् । त्यसैले होला उनी आफूलाई भगवान ठाँन्दारहेछन् क्यार । जहिले पनि हामी जनता उनको मान्छे बाट अपमानित हुनु पर्छ । मैले उनको यही अन्तराष्ट्रिय व्यक्तित्व देखेर उनलाई सवै नेपालीको छोटो समयमा मुक्ति हुने, सवैलाई रोजगारी मिल्ने, र नेपाललाई तीव्र गतिमा विकास गर्ने नेपालको माटो हावापानी सुहाउदो ५ करोड नेपाली होउन्जेल मासिक हजार डलर आमदानी हुने कार्यक्रम बनाई अप्रोच गर्दा उनले अरु जनतालाई जस्तै बारम्वार आफ्ना मानसिक रोगी सहयोगीलगाई अपमान जनक व्यवहार गरी पठाउने गरे  ।

 वास्तवमा गिरिजाको संगत पर्नासाथ मान्छेलाई के हुन्छ हुन्छ, उसको अलिअलि दिमाग खराब भै हाल्छ, (गिरिजाको क्याम्पमा मैले कोही पनि नर्मल मान्छे देखेकै छैन) उ आफूलाई केही विशेष देखेर जनतालाई र्व्यवहार गर्न थालीहाल्छ । आज त्यस्तो विश्व प्रसिद्ध गिरिजाले आफूलाई नेपालकोलागि प्रयोग नगराएर छोरीकोलागि आफ्नो तहबाट सामान्य नेपाली भन्दा तल झरेर स्वयमलाई  दुरुपयोग गराइराखेका छन् । गिरिजामाथी मेरो गम्भिर आरोप यो छ की उनले सत्ताको लागि सु्स्ता बेचे । पार्टीमा एकोहोरो हैकम गरे । गिरिजाले जनतालाई कहिले पनि सम्मान गरेनन्, जनताको सामुने झुकेर व्यवहार गर्न जानेन्, के त्यो प्रजातान्त्रीक चरित्र हो ? मालिक जनता कि गिरिजा ? उनले जहिले पनि आफै मात्र ठूलो हूँ भन्ने आशयमा अभिव्यक्ति दिन्छन । माछा जस्तै सत्ता र पद नभए छटपटाउने उनी कसैलाई हक ‘अधिकार’ दिदैनन् मात्र अरुलाई ‘निगाह’ गर्न चाहन्छन ।

 निगाहको राजनीति गर्ने कुनै पनि हालतमा प्रजातान्त्रीक हुनै सक्दैन । उनी आफ्नो लागि जतिसुकै तल र्झन तैयार हुने र अर्काको लागि केही पनि नगर्ने व्यक्ति हुन । उनैको पालामा नेपालको ५२ ठाँउमा सीमा मिचिए, तर उनले सत्तामा भएर पनि कहिल्यै बोलेनन् र ती फिर्ता ल्याउने प्रयास पनि गरेनन् । किनकी ती सीमा उनैले बेचेका हुन । (सरकार सञ्चालन गर्न भारतसंग अर्वौ अर्व रुपैया सापट लिने, अनि त्यो पैसामा कांग्रेसको प्रचलन अनुसार पहिल्यै २५ प्रतिशत कमिशन पैसा ल्याउनेले लिने कसैलाई थाहा नदिइ राज्यको नाममा आएको त्यो पैसा आफ्नै खास खास कार्यकर्तालाई लगाइ खर्च गर्ने अनि भाखा पुगेपछि नेपाल सरकारसंग पैसा तिर्न मागे पछि लामो समयसम्म तिर्न नसकेको कारण भारतले त्यसोभने हामी हामी तिम्रो यो ठाँउको सीमाना अतिक्रमण गरी त्यो ऋण असुल उपर गर्र्छौ भनी सहमति गरेर भारतले सीमा अतिक्रमण गर्ने गरेको हो । हैन भने भारतलाई पञ्चायतकालमा नगरेको सीमा अतिक्रमण गर्न आवश्यक नै पर्दैन) गिरिजाले सत्तामा हुँदा अतिक्रमित सीमाको प्रतिवाद नगर्नु को कारण अरु के हुन सक्छ त ? त्यस्तै गरी उनले यही सुत्र परराष्ट्र मन्त्री बनेकी छोरीलाई सिकाएकाले दाङ्गमा सिमा विवाद हुदा सुजाताले उल्टो भारतीय राजदूतको लोलीमा बोली मिलाएकी हो । भोली सुजाताले भारतलाई सिमा अतिक्रमण गर्न लगाएरै भारतको आडमा प्रधानमन्त्रीको पद हत्याउन के बेर लगाउछिन् ।  जे भएपनि अव नेपालको प्रजातान्त्रिक राजनीतिमा म (जनता) गिरिजा र गिरिजा प्रबृत्ति चाहान्न ।त्यसैले उनको विरुद्ध तेस्रो धार विकसित भए देशले उनी र उनको प्रवृत्तिबाट मुक्ति पाउँथ्यो ।

देउवा कुनै निश्चित व्यक्तिको र्सकल बनाई बस्ने र आफ्नो क्षेत्रका बाहेक अन्य नागरीकलाई नागरीक नै नमान्ने, नभेटने र भेटेपनि कुकुरलाई जस्तै अपमान जनक असभ्य व्यवहार गरेर पठाउने, हप्काउने, हेप्ने र अरुसंग कुरा गर्नु आफ्नो अपमान ठान्ने गर्छन् । देउवाले आम जनतालाई ‘ तँ’ को व्यवहार गर्छन् ।  मैले उनलाई भेटन १८ महिना प्रयास गर्दा पनि उनले मलाई भेट दिएनन् , जनतालाई यस्तो अपमान गर्नेलाई नेता त छोडिदिऔं राजनीतिज्ञनै कसरी मान्नै ? उनमा शिष्ठाचार छदैछैन । उनमा कुनै नेतामा हुने गुणै छैन । उनलाई एक असभ्य व्यक्ति भने हुन्छ । 

 शुसिल कोइराला भनेको कूतर्क गरी जे पनि असम्भव बनाउने असभ्य र नकरात्मक व्यक्ति हुन । तिनको व्यवहारले तिनको मानसिक स्थितिनै ठिक छैन भन्ने देखिन्छ । पार्टी आम जनताको लागि उनी चल्तीफिर्ती आतंक नै हुन । उनको कारणले पार्टी आम जनतामा विनसित्तिमा लाखौंको जीवन वर्वाद भएको छ, त्यसमा म पनि सामिल छु । गत चुनावमा शुसिल नै कांग्रेस सभापति भएकैले पार्टी हार्र्यो । मैत्रिय र नरमपन नभएका र राजनीतिको फ्रेमवर्क भित्र राजनीति नगर्ने यिनलाई म राजनीतिज्ञ मान्दिन ।

 त्यसको साथै मैले कृष्ण प्रसाद सिटौला, महेश आचार्य, बीमलेन्द्र निधि, प्रकाशमान सिहहरुले जस्ता आफूलाई ठूलो मानेर जनतालाई जनावरलाई जस्तो अपमानजनक व्यबहार गरेको पाएको छु, उनीहरुसंग मेरो अनुभव यस्तै छ । त्यस्तालाई कसरी राजनीतिज्ञ मान्ने ? कांग्रेसमा यही स्तरका कथित नेता मानसिक रुपमा नै अस्वस्थ , भ्रष्ट, आपराधिक प्रबृत्तिकाहरु पनि भेटेको छु । एक दुइजना राम्रा व्यक्ति छन् तर ती पनि गिरिजा र देउवाका चाकडिवाज भएर मात्र बाँचेका छन् । कसरी मान्ने तिनलाई राजनीतिज्ञ भनेर ? बाँकी शामन्ती दुष्ट प्रकृतिका छन्, तीनलाई राजनीतिज्ञनै मान्न मिल्दैन । अरु त अरु आजका युवा कांग्रेस पनि उही पुराना पुस्ताका पाइला पच्छाउदै छन् । उनीहरुपनि जनतालाई सम्मान गर्ने खालका छैनन । त्यसैले म उनीहरुलाई म राजनीतिज्ञ भन्न चाहान्न, बरु नपुंसक भन्न रुचाउछु । हैन भने आज सम्म उनीहरुले पार्टीबाट बेकारका र बेढङ्गी बुढा पुस्तालाई निकालेर पार्टीलाई आफ्नो कव्जामा लिनसक्थे । नविन्द्र र गगनहरुमा पनि ठूलो भएको घमण्ड र बुढाको दुष्ट प्रबृति प्रबेश गरिसकेको छ । त्यस्तै कांग्रेसी युवाहरुले  माओवादी र तर्राई आतंक विरुद्ध केही गरेर देखाउन सकेनन् । युवा राजनीतिज्ञ नै हुन भने बेतुके तर्क र गुड्डी हाँक्या भरमै राजनीतिज्ञ मान्न म तैयार छुइन । ती त जनता तर्साउन गिरिजाले बोकेका बाघ हुन्, बोकेको बाघले शिकार गर्दैन । 

 

सीमा वारम्वार मिचिदा पनि केही गर्ने र बोल्ने, विरोध गर्ने हिम्मत यिनले गरेनन् पार्टीबाट पागल बुढाहरुलाई निकाल्ने हिम्मत पनि यिनीहरुमा छैन भने यि त गिरिजा र अन्य नेताले कोरम पुराउन राखेका नपुंसक पाखण्डी प्यादा मात्र हुन् यिनीहरु । कुनै राजनीतिज्ञ हुदै होइनन् ।  आज यिनले पनि जनतालाई कांगे्रसका बुढाहरुले जस्तै असभ्य व्यवहार र अपमान गर्ने गरेका छन् । यिनलाई कसरी राजनीतिज्ञ मान्ने ?

 एमालेका युवा पुस्ताका आजकल भन्न थालेका छन् कि ” झलनाथ, माधव नेपाल, अमृत बेहराहरुको पुस्ता ठिकै छन् तर त्यो भन्दा तलको पुस्ताका नेताहरुले पार्टीमा हाम्रो भविश्य बर्बाद गरे” त्यसैले अव हामी पनि यिनका पछि नलागेर तेश्रो धार तिर लाग्ने छौं । यी वीचका एमाले नेता चुनाव हारेर सत्तामा जोखिमपूर्ण शासनमा फस्दा पनि चेतेका छैनन् , यिनलाई पनि कांग्रेसको शामन्ति भूखार लागेको छ । त्यसो त एमाले आफै सिद्धिने बाटो तिर लागेको छ । पार्टीमा चरम फूट र गुटवन्दी सतहमै देखा परेको छ । एमालेको त भविश्यै अन्धकार छ । गाली शिरोमणी के.पि.शर्मा वोलीलाई गाली गरेकै भरमा कसरी राजनीतिज्ञ मानौं ?

 राजनीति राम्रोको लागि गर्ने कुरा हो, तर आज माओवादीले जातियतालाई प्रश्रय दिएर देशलाई भावात्मक रुपमा टुक्र्याइसके । उनीहरुले एक दशक गणतन्त्र र संविधान सभाको माग राखी लडे, र यि दुवै कुरा पाए । त्यति मात्र होइन जनताले उनीहरुलाई भारीमतले संविधान बनाउन चुनेर पनि पठाए । तर उनीहरु आफैले सिर्जना गरेको आफ्नो संविधान बनाउने ऐतिहासिक जिम्मेवारी बिर्सी सत्ताको उपभोग गर्न गए । फेरी आफै निहूँ खोजेर सत्ता त्यागे । अहिले त्यही सत्ता पाउन आन्दोलनको सुनामी ल्याउने तैयारीमा छन् । उसले आन्दोलन गरेर समाजनै अस्तव्यस्त गर्न सक्ला, तर त्यही संसदबाटै सरकारमा जाने बाटो छ र उ नै सवैभन्दा बढी मत लिएर त्यहाँ बसेको छ । अलिकति समीकरण मिलाए उसले त्यहीँबाट सजिलै सत्ता पाँउछ भने ‘दिल्ली जाने कुत्तिको बाटो’ भनेझैं फेरी आन्दोलन गर्नुको औचित्य बुझन सकिएन । के यो कस्तो राजनीति हो ? सो परि अहिले भारतले भनीदिइसकेको छ की माओवादीले आन्दोलन गरेर माधव नेपालको सत्ता ढाले पनि उसले माओवादीको नेतृत्वको सरकार स्वीकार्दैन भनेर । त्यसैले आज सत्ता नपाएर र भारतको यो अभिव्यक्तिबाट रन्थनीएर आन्दोलन गरौं कि नगरौं ? सत्तानै नपाउने भए आन्दोलनको औचित्य छैन ) भनी बोखलाएको छ । जति अग्रगमन भनेपनि माओवादीको राजनीतिले देशमा विनाश नै विनाश गरेको छ । देश २४० बर्षपहिलेको २२ से /२४से राज्य जस्तै आज उ बिभिन्न जातिय गणराज्यमा उसले टुक्राउदै छ ।  विनाश र देश टुक्राउने राजनीतिलाई पनि राजनीति भनिन्छ भन्या ? त्यसमाथी प्रचण्ड र गिरिजाका एक आपसमा हुने गाली गलौज मेडियामा सुनेर जनतानै आतंकित छन्, लज्जित छन्, विश्व सामू नेपालै बदनाम भैरहेको छ भने त्यस्तो राजनीति पनि राजनीति मान्ने ?

 नेपालका अभाव ग्रस्थ जनतालाई असम्भव कुरामा उरालेर जनताको भावनासंग खेलबाड गरी नेता बन्ने प्रयासमा जस्तो विनाश गर्न पनि तैयार/जस्तो विस्फोटक मुद्दा उठाएर समाजलाई अस्तव्यस्त पार्न लागि परेका केही स्थानिय फटाहाहरुले प्रयोग गर्ने र आफ्नो मतलव निकाल्न र अभिष्ट पूरा गर्न समाजको शान्ति स्थाई रुपमा खल्वलिने काम गर्ने, हत्या हिंसा, अपहरण गर्ने गराउने, जातिय अराजकता भडकाउने, जातियताको नाममा जनताको सरसम्पत्ति कव्जा गर्ने र हुदा हुदा नेपालमै कुनै समुदायले नवोल्ने हिन्दी भाषालाई सदन र देशैमा अनायासै मान्यता दिलाउन अराजक धम्की दिने र राजेन्द्र महतो र तमलोपाले जस्तो आफ्नो अस्तित्व देखाउन देशै टुक्राउने धम्की दिने माओवादी, मधेशी जनअधिकार फोरम वा कुनै पनि जातिय पार्टीको राजनीतिलाई कसरी राजनीति मान्ने ? त्यसैले अव यि सवलाई जीत्न सक्ने विगतका विसंगतिलाई दवाइ देशलाई एक नयाँ स्पिरिट दिन सक्ने  एकदम सशक्त ड्यासिङ्ग नयाँ राजनेता तुरुन्त चाहिएको छ । अन्यथा अहिलेको राजनीतिलाई राजनीति भन्नै मिल्दैन, यसले केही स्वइच्छाचारी नेता भनाउदा बाहेक देश र जनता कसैको कल्याण गर्दैन भने यसलाई राजनीति कसरी भन्ने ? त्यसैले अव जनता यि सवै थाङ्गने कुरा छोडेर देशमा सकरात्मक आमोल परिवर्तनको लागि तेस्रो धार निर्माण गर्न लागेका छन् , त्यसलाई हामी जम्मै मिलेर चाँडो भन्दा चाँडो माथी उठाऔं । र अहिलेको कथित राजनीतिकबाट देश र समाजलाई मुक्त गराऔं ।

तपाइँको प्रतिक्रिया