मधेशवादको व्यापारीकरण

-कृपा थापा

 राष्ट्रिय राजनीतिमा मधेशीवादी दलहरूले आफनो परिचय अवसरवादी दलको रुपमा दिदै आएको छ । ऐतिहासिक मधेश आन्दोलन पछि उदायका मधेशीदलका नेताहरूले आफनो राजनीतिक छवि बनाउन भन्दा पनि बढि व्यत्तिगत र व्यापारिक छवि बनाउन व्यस्त रहेका छन् । शोषित, उपेक्षित र पीडित मधेशी जनतालाई भर्‍याङ्ग बनाएर राजनीतिको शीर्ष स्थानमा टेक्न सफल भएका यी मधेशीदलहरूको स्वार्थका कारणले गर्दा मधेशको विकास हुन सकेको छैन् ।

नेपाल अधिराज्यको करिब आधा भन्दा बढि जनसंख्या मधेशीहरूको छ । तर जहिलेपनि मधेशीहरूले मात्र भोट दिने, पार्टिको सक्कल दर्जाको कार्यकर्ता बन्ने तर आफनै जनतालाई न्याय दिलाउन नसक्ने यी मधेशी नेताहरू आफनै जनताको कमसल नेता सम्मपनि आजको दिनसम्म बन्न सकेका छैनन ।

 मधेशको मुद्दालाई उठान गर्ने जननिर्वाचित मधेशी नेताहरू आफनै जनताप्रति उतरदायि, इमान्दार, पारदर्शी र सक्षम हुन नसक्नु तर आफू सधै मधेशी भएको कारणले पछाडि परेको भनेर भम्र फैलाउदै आफना कार्यकता र मधेशी जनताहरूलाई उदण्ड र उग्रवादी बनाउन अग्रसर भएका यी मधेशीदलका नेताहरूले मधेशमा आफैले आतंकवाद, भष्टाचार, अपहरण, बलात्कार र हत्याहिसांलाई उद्योगको रुपमा प्रश्रय दिइरहेका छन । सत्ताको नाममा सम्पति बटुल्ने यी राजधानी केन्द्रित मधेशीदलहरूको आन्तरिक योजना मधेशमा अराजकता फैलाएर मरुभूमि बनाई राजनीतिको नाममा मधेशीहरूलाई नै शोषण गरि मधेशको नामलाई मात्र आत्मसाथ गरि आफनो बचाउने षडयन्त्रमा अहोरात्र लागिपरेका छन । मधेशीको नाममा होलसेल र खुद्रा पसल अनगिन्ति खोल्ने तर व्यापारिक वैमनस्यता र गुणस्तरहिन सामानको विक्रि गरि आफनै जनतालाई ठग्ने र लुटने प्रवृतिको रुपमा रहेको मधेशको राजनीति दिन प्रतिदिन व्यापारिकरण भैरहेको छ । सदियौ देखि शोषिण र उत्पीडनमा परेका मधेशीहरूको भावनालाई नारा, जुलुस, आन्दोलन लगायत अनेक नाटकिय क्रियाकलाप बाट मधेशी जनतालाई नै समय समयमा र किसिम किसिमले मधेशका नेताहरूले नै ठग्ने काम गरिरहेका छन । आफूले गरेको कु-कृत्यलाई ढाकछोप गरेर आफू इमान्दार बन्नकै लागि भएपनि आरोप भने सधै गैर मधेशीहरूलाई नै दिने गर्छन ।

 राजनीतिमा बामे र्सन थाले देखि नै खसहरूलाई गाली गर्ने यी मधेशी नेताहरूले आफू दौडिन जानिसके पछि पनि खसहरूलाई गाली गर्न छोडदैनन । पहाडी, खस, गोर्खाली, शोषक र अनेकौ नामले गैर मधेशीको न्वारण गर्ने यी मधेशी नेताहरूको कुल गुरू नै खसहरू हुने गरेका छन । विभिन्न नाराबाजी र बहानाबाजीको नाटक मधेशी जनताहरूको अगाडी गरे पनि यी मधेशी नेताहरूले खस को भजन किर्तन गर्दै खसको मन्दिरमा गएर दिक्षित हुदै ठुलो पुण्य आर्जन गर्ने काम गरका छन । अनौप्ाचारिक रुपमा खसकै संरक्षण र सम्बद्धनमा हुकर्ने मधेशी नेताहरू औपचारिक रुपमा भने आफू मधेशको सपूत हुँ भनेर दाबि गर्ने गर्छन ।

 पहाडी-खसहरू बाट मधेशको विकास हुन नसक्ने र पहाडी-खसहरूकै कारणले मधेशी उपेक्षित भएको अनेकौ उदाहरण दिने यी मधेशी नेताहरूले बास्तवमै आफैले आफनै मधेशी जनताहरूलाई ठग्ने गरेको अनेकौ उदाहरणहरू देखा पर्न थालेको छ । प्राकृतिक, धार्मिक, सास्कृतिक, आर्थिक स्रोत र साधनले भरिपूर्ण छ मधेश । आयको खानी र उद्योग कलकारखानाले सु-सज्जित मधेशलाई राजनीति र अधिकारको नाममा विभिन्न तरिका बाट लुटने र टुक्राउने काम मधेशीदलहरूले गरिरहेका छन । विकासको नाममा विनाशलाई भित्राएका यी मधेशी दलहरूको इशारामा नाङ्गै नाच्ने सशस्त्र समूहहरूको गठन र पालन पोषण मधेशमा त्रि्र रुपले भइरहेको छ । मधेशवादलाई भर्‍याङ्ग बनाएर सत्तामा मात्र टिकिराख्ने मधेशी नेताहरूको साम्प्रदायिक चरित्र सुधार भयो भने मधेशका आधा भन्दा बढि समस्या समाधान हुनुको साथै विकासले पनि मधेशलाई समेटथ्यो । मधेशी राजनीतिक दलहरूको पहुँच सत्तामा भएता पनि मधेशले विकाशको मुख देख्न पाएको छैन । पहाडी दूर्गम जिल्लाहरूमा भन्दा मधेशको जीवन सरल र सुविधा सम्पन्न छ तर यी सबै हुदा पनि मधेशले विकास नपाउनु भनेको मधेशका नेताहरूको गैर जिम्मेवारीपन हो भन्दा अत्युक्ति नहोला ।

 खुल्ला सिमाना, नदिनाला, समथर उब्जाउ भूमि र स्रोत साधनहरू उपलब्ध हुँदा विकाशको सानो अशं पनि मधेशले पाउन सकेको छैन । नेपालमा रहेको स्रोत र साधनहरूको अत्यधिक विनियोजन मधेशमै भएको छ । मधेशी नेता, मन्त्री, सभासद्हरूको सरकारमा बाहुल्यता हुदा पनि मधेश माथि नै लुटपाट र कमिशनको  खेल चलिरहेको छ । विभिन्न एन.जि.ओ र आइ.एन.जि.ओ. ले लगानि गरेको १०० प्रतिशतको २० प्रतिशत मात्र मधेशमा लगानि गर्न सकेको भए मधेशमा विकाश सम्भव थियो तर यो सबै विकास निर्माणको कार्यले मधेशलाई नसमेटनुको कारण नै मधेशका जिल्ला विकास कार्यालय देखि, एन.जि.ओ, आइ.एन.जि.ओ.लगायत मधेशवादिदलहरू विचको भष्टाचारि नै कारण हो । विकास कहाँ गरियो भनेर नियाल्ने हो भने प्रष्ट रुपमा देखिन्छ विकासको दुश्यहरू मधेशी दलहरूको खल्ति भित्र अनि मधेशको विकास कागजि तथ्याकंमा मात्र सिमित हुन्छ ।

 राज्यको बाध्यता र आवश्यक्तालाई मधेशवादी नेतृत्व पक्तिका मानिसहरूले हु-बहु जनतालाई जानकारी दिने हो भने नेपालमा रहेको साम्प्रदायिक आन्दोलन मत्थर भएर जान्छ । मधेशी दलहरूले आफना जनताहरूलाई प्रशिक्षण दिनुको साटो आरक्षणको नाममा सरकारमा सामिल गराउनु पर्ने माग राख्ने गर्छन । मधेशीहरूलाई प्रशिक्षित गर्नुको साटो आरोपको राजनीति गर्छन । आफना सभासद्हरूलाई प्रशिक्षण दिनु मधेशीहरू दलहरुको प्राथमिकतामा पर्दैन तर सोही सभासद्ले मन्त्री पद पाएन भनेर गुनासो सधै रहन्छ । योग्यता विना नै आफना सभासद्हरूलाई मन्त्री बनाउने काम गरिरहेका छन । आफनो पार्टिले सिफारिश गरेकोे मन्त्रीको योग्यता यति सम्म छ कि कुनै कार्यक्रममा बोलाइयो भने पनि सहि रुपमा केहि बोल्न सक्दैनन । यस्ता मधेशवादीहरूबाट मधेशको विकासको अपेक्षा राख्नु भनेको मूर्खताबाहेक केहि होईन । नेपाली भाषा, झण्डा र नेपाली पोशाकमा राष्ट्रियता खोज्छन अधिकाशं मधेशी नेताहरू । नेपाल चाहिने, सरकारी जागिर चाहिने र त्यो पनि उच्च आय आर्जनको जागिरमा आरक्षण चाहिने तर यी मधेशी नेताहरू सधै भाषा, झण्डा र राष्ट्रिय पोशाकमा प्रति-राष्ट्रियता खोज्ने गर्छन । राष्ट्रको पक्षमा, मधेशी समुदायको पक्षमा र आफनै मातृभूमिको पक्षमा इमान्दार छैनन मधेशी दलका नेताहरू………। स्रोत: मधेश दर्पण फिचर सेवा ।

तपाइँको प्रतिक्रिया